मधेस प्रदेश संसदीय दलको नेता चयन गर्न नेपाली काँग्रेसले निर्वाचन गर्ने भएको छ। सहमतिमा दलको नेता चयन नभएपछि निर्वाचन समितिले बिहीबार निर्वाचन गर्ने घोषणा गरेको हो।
निर्वाचन समितिको संयोजक तथा काँग्रेस मधेश प्रदेश समितिका उपसभापति चन्द्रशेखर यादवले निर्वाचनको मिति बिहीबार तोकिएको जानकारी दिए। उनका अनुसार समिति तथा पार्टीका शीर्ष नेताहरुले सहमतिमै दलको नेता चयन गर्ने प्रयास गरेका थिए। तर सहमति नभएपछि चुनावी प्रक्रियाबाट दलको नेता टुङ्गो लगाउने भएका हुन्।
सङ्घमा सरकार गठनको समीकरण फेरबदल भएपछि दलको नेता चयन गर्न केही ढिलाई भएको हो। एक साता पहिले काँग्रेस प्रदेश समितिका उपसभापति चन्द्रशेखर यादवको संयोजकत्वमा पुस ७ गते तीन सदस्य निर्वाचन समिति गठन भएको थियो। दलको नेतामा मुख्यत दुई जना अकांक्षी देखिएका छन्।
संसदीय दलको नेताका लागि मधेस प्रदेशका निवर्तमान मन्त्री रामसरोज यादव र कांग्रेस मधेस प्रदेशका सभापति कृष्णा यादव प्रमुख अकांक्षी छन्। कृष्णा नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट मधेश प्रदेशका सभापतिमा निर्वाचित भएका थिए भने रामसरोज पराजित भएका थिए।
यसअघि मधेस प्रदेशको सभापति हुनका लागि प्रतिस्पर्धा गरिसकेका उनीहरू फेरि संसदीय दलको नेताको लागि प्रतिस्पर्धामा उत्रेका छन्।