इजिप्टमा प्राचीन कथन अहिले पनि प्रचलित छ– “चन्द्रमा देखियो भने मध्यरात उज्यालो हुन्छ। एउटी विवेकी नारीले घर उज्यालो बनाउँछिन्। असल नायकले राष्ट्र हँसिलो बनाएर राख्छन्।” नायक खोज्दैछन् नेपाली जनता आज।
यस्ता उखान, आख्यान र संकथन प्रशस्तै छन्। भेष बदलेर देश बुझ्न पैदल यात्रा गर्ने कैयन् शासकले बहुरूप धारणा गरेर पनि जनताको पिर बुझ्थे। अहिले अथाह साधनस्रोतका धनी कतिपय देशमा जस्तो नेपाली जनताका भागमा पिर र नेताका भागमा खिर थिएन। राष्ट्र र जनतालाई प्रशन्न गरेपछि मात्र नायकहरू खुसी हुन्थे।
जनता अपमानित, हेलित, प्रताडित र वञ्चित भएको अनुभव गरेपछि विद्रोह गर्छ। विषमताको गर्भबाट द्रोह, विप्लव र विद्वेष जस्ता विखण्डनका कारकहरू पैदा हुन्छन्। त्यसपछि समाज अस्तव्यस्त बन्छ।
अफगानिस्तानलाई अमेरिकाले दिएको वार्षिक ६ अर्ब डलर (रु. ७ खर्ब २९ अर्बभन्दा धेरै) रकमका भान्से थिए, अर्थमन्त्री खालिद पायन्डा। उनी केही महिनायता अमेरिकामा ट्याक्सी चलाएर पेट पाल्दैछन् भन्ने कुरा ‘वासिङ्टन पोस्ट’ पत्रिकाले प्रकाशित गरेको छ। तालिवानले राष्ट्र कब्जा गरेपछि करोडौँं डलर र उच्च पदका स्वामीहरू भागेर भयाक्रान्त भएका छन्। ५० वर्षअघिदेखि गणतन्त्रले धुरुक्क रुवाएको छ, त्यहाँका जनतालाई।
काबुलका पूर्व सञ्चारमन्त्री सइद सादात साइकल चढेर घर–घरमा ‘पिजा’ (रोटी) पुर्याइरहेका छन् भन्ने खबर आयो मिडियामा। उनी जर्मनीका सहरमा पिजा बोकेर परिवार पालिरहेका छन्। यो उनको रहर होइन, बाध्यता हो। समाज र राष्ट्रबाट आफ्नै कारणले विस्थापित भएपछि काजीहरू रातारात ‘पाजी’ बन्छन्।
विकारको आयु लामो हुँदैन। चन्द्र सूर्यमा ग्रहण लाग्छ तर स्थायी हुँदैन। स्थायी त सूर्य हो। चन्द्रमामा सूर्यको ज्योति पुगेन भने चन्द्रमा चम्किँदैन। सौरमण्डलमात्र होइन, वसुधामा पनि परस्परामा आश्रित छन्, प्राणी र पदार्थ। ‘ढुंगाको भर माटो, माटोको भर ढुंगा’ भन्ने उखानै छ। एकता प्रेम र सामथ्र्य दोपाया र चौपायाको मात्र होइन, प्रकृतिको आधारभूत चरित्र हो। जब हामी अप्राकृतिक वा कृत्रिम बन्छौँ, समस्याको जड त्यही हो। नक्कली विचार, कृत्रिम व्यवहार तथा प्रवञ्चनाको बोली आत्मघाती गोली बन्छ। नेपालमा झन धेरै देखियो।
घरबाट बाहिर जाने बेलामा हाच्छ्युँ आएमा, कालो बिरालोले बाटो काटेमा वा जुत्ता चप्पल उल्टो भएमा अशुभ हुन्छ भन्ने अन्धविश्वास व्याप्त छ, नेपाल–भारत सबैतिर। झण्डै बीस वर्षपहिलेको कुरा हो, म नेपाल टेलिभिजनमा ‘टक सो’ (अन्तर्वार्ता) चलाउँथे। ऊबेला प्रदीप ज्ञवाली गोरखापत्र दैनिकमा लेखहरू लेखिरहनुहुन्थ्यो। मैले उहाँलाई आग्रह गरेपछि टेलिभिजनमा आउनुभयो।
कार्यक्रम ‘रेकर्ड’ भइरहेको थियो। कुराकानीका क्रममा ज्ञवालीले घाँटी कन्याउनु भयो। त्यसपछि दाहिने हातका सबै औँला जोडेर दुई सेकेन्ड जति ‘फु फुः’ गर्नुभयो। सम्पादन गर्ने क्रममा प्राविधिकहरूले सो दृश्य हटाउँदा राम्रो होला भन्ने सुझाव दिएपछि मैले भने– “यो ‘फु फू’ चर्चित हुनेछ। कम्युनिस्टहरू रुढीवाद, देवीदेवता, पुराना चलन र टुनामुना मान्दैनौँ भन्छन् तर उनीहरूका पुर्खा कम्युनिस्ट थिएनन्। त्यसैले उनीहरूबाट देखेको, सुनेको कुरा कताकता बोली (राम राम, शिव शिव जस्ता शब्द) र घाँटी छोएपछि तत्काल फुकेन भने गलगाँड आउँछ भन्ने जस्ता रुढीवाद अन्तरमनमा टुक्रुक्क बसेको हुन्छ। प्रदीपजीले पनि थाहै नपाइ त्यो देखाउनु भएको छ।” सबै हाँसे र दृश्य सम्पादक अम्बिका अधिकारी ‘मास्टर कन्ट्रोल रुम (एमसिआर) थर्किने गरी हाँसिन्। त्यो दृश्यमा अन्तर्वार्ताका पात्रहरूको भूल थिएन। पारिवारिक पृष्ठभूमिको एउटा रसायन थियो।
मभन्दा कान्छा प्रदीपजी र हामी जुन समाजमा हुर्कियौँ र आजका केटाकेटी हुर्किँदैछन्, त्यसमा ठूलो अन्तराल बढेको छ। सोच फरक छ। चालचलन फरक छ। ब्रिटेन, जर्मनी, फ्रान्स, जापान, स्विडेन, नर्वे, डेनमार्क जहाँका मान्छे भेटे पनि सभ्यता, संस्कार, संस्कृतिको चिन्ता गर्छन्। आधारभूत चरित्रको चर्चा गर्छन्। अर्थात हजारौँ सालसम्म संसारलाई सजीव राख्ने धरातल धर्म हो, संस्कृति, भाषा, साहित्य, कला र परम्परा हो। ब्रिटेनको कन्जरभेटिभ पार्टीलगायतका पुरातनपन्थीहरूको तर्क छ, ‘रुख जतिसुकै अग्लो भए पनि जरा कुहिएपछि ढल्छ। तसर्थ जरा बचाउनुपर्छ।’
आज हामी जरामा तातोपानी र नून खन्याइरहेका छौँ। रुखलाई नै सुख र डेमोक्रेसीको आधार मानेर चुनाव चिह्न बनाएको दलले गणतन्त्रको विदेशी एसिड हालेर रुख सुकायोँ। सत्तरी वर्ष पुरानो दलले संसदीय चुनावमा जम्मा २३ सिटमा चित्त बुझायो। सूर्यतिर थुकेर आफ्नै मुखमा छिटा पार्ने हुन् वा किसान–मजदूरको घाँटी रेट्न पनि पछि नपर्ने हँसिया–हथौडापन्थीहरू, धेरैजसो साम्राज्यवादी र विस्तारवादी भन्दै हिजो आफैँले तुच्छ शब्द प्रयोग गरेकाहरूलाई ‘ख्वामित हजुरको म त दास पो हुँ’ भनिरहेका छन्। यो भूल होइन, दासत्व र दम्भ हो।
भूल उनीहरूले मात्रै गरेका छैनन्, जनता पनि दोषी छन्। सबै उम्मेदवार अयोग्य, भ्रष्ट र गैरजिम्मेवारी भएमा त्यस्तालाई जनताले ‘मतदान गर्दिनँ’ भन्न पाउँछन् कैयन् राष्ट्रमा। अधिवक्ता र पत्रकार स्वागत नेपालले नेपालमा यसबारे बहस चलाइरहनुभएको छ। भारतमा सन् २०१३ अर्थात नौ वर्ष पहिले ‘मतदान गर्दिनँ’ भन्ने मान्यतालाई सर्वोच्च अदालतले स्वीकृत दियो।
भोटिङ मेसिनमा पनि ‘माथिका कुनै पनि होइनन्’ भन्ने ‘अप्सन’ राखियो। यसले राजनीतिलाई निर्मूल होइन, निर्मल बनाउँदै लैजान्छ। आफ्नो दलको नेता जनताबाट पुरस्कृतमात्र भइरहून्, तिरस्कृत नहुन् भनेर यसमा अधिकांश टाठाबाठा नेपाली मौन छन्। यो जनताको भूल हो। वस्तुपरक विश्लेषण गर्न नसक्ने अज्ञानी र अर्धज्ञानीमात्र होइन, आफूलाई सर्वज्ञरत्न ठान्नेहरू पनि यसमा बोल्दैनन्। आफूले रुचाएको दल विजयी भएमा ‘आसचपु’ (आर्थिक सहायता, चन्दा, पुरस्कार) मात्र होइन, गतिलो पद मिल्ला भन्ने दरिद्र चिन्तनले कतिपय कथित बुद्धिजीवीहरू सत्य बोल्ने साहस गर्दैनन्। भ्रष्टाचारमा समेत मौन देखिएका छन्। शास्त्र भन्छ– “सभामा राम्ररी बस्न जान्नेलाई सभ्य भनिन्छ। सभ्यहरूको समाजले जे बनाउँछ, त्यो सभ्यता हो।”
वेद, पुराण, बाइबल, कुरान वा कुनै पनि प्राचीन ग्रन्थमा एक्काइस केजीको माला लगाउने ‘हाँस्य कलाकार’ भेटिँदैनन्। अयोग्य अगुवालाई उकास्ने र देवांश मान्ने काम जनताले गरेका छन्। उदाहरणका लागि, सर्लाहीका जनताले एउटै चुनावमा २२/२३ जना सांसद पैदा गरे। जात, धर्म, क्षेत्र, धन, हतियार र जनताको तुच्छ स्वार्थ चुनावरूपी कारखानामा प्रयोग गरेपछि ‘नेता’ नामको अद्भूत अवतार पैदा हुन्छ। हत्यारा, तस्कर, डाँका, चोर आदिले पनि मौका पाउँछन्। त्यसबेला अपराधी र बेइमानले पनि जित्छन्, डेमोक्रेसी हार्छ। लुकेर बसेकाहरूलाई सांसद वा नेताको लाइसेन्स दिने जनताले मतपत्रको दुरूपयोग गरेकै कारण नेपालले सुखद नतिजा देख्न नपाएको इमानदारहरूको गुनासो छ। मतदान भनेको सत्पात्रलाई दिने दान हो भन्ने बुझ्नुपर्छ जनताले।
‘माथिका कसैलाई पनि भोट दिन्न’ भन्ने व्यवस्था (नन् अफ द अवोभ अर्थात नोटा) बहसको केन्द्रविन्दु भएन नेपालमा। आमाले दाजु वा भाइ भनेपछि ऊ ‘पदेन मामा’ हुन्छ। चिन्नुजान्नु परेन। दलका नेताले कोसेली र धनसँग लोभिएर अपराधीलाई टिकट दिएपछि ऊ स्वतः उम्मेदवार बन्छ। केही गर्नैपरेन। ऊ राजनीतिज्ञ कहलाउँछ। छेउमा जाँदा आलो रगत ठस्स गन्हाउँछ। हजारौँको हत्या गर्नेहरू ‘अठार हजार त होइन, पाँच हजार मान्छे मारेको जिम्मा लिन्छु’ भन्नेलाई स्वदेशी, विदेशी मिलेर राजनीतिज्ञको गेरुबस्त्र ओढाए। एकजना मार्नेलाई कारावास हुन्छ तर पाँच हजार नेपाली मारेको जिम्मा लिनेलाई ‘महामानव’ बनाउने पनि जनता हुन। यस्तो प्रवृत्ति पुनः दोहोरियो भने कसलाई दोष दिने ? देश धरातलबाट भासिएर रसातलमा जान्छ।
गलत मान्छे कानुन बनाउने कारखाना (संसद्) भित्र पुगेपछि के हुन्छ ? त्यसैले त्यस्तालाई रोक्न ग्रिस, इन्डोनेसिया, युक्रेन, स्पेन, बेलारुस, बंगलादेश, बुल्गेरियालगायतका राष्ट्रमा अयोग्यलाई प्रवेश निषेध गर्न ‘माथिका कसैलाई पनि मतदान गर्दिनँ’ भन्ने प्रावधान मत–मसिन र कानुनी प्रावधानमा अनिवार्य गरियो। डेमोक्रेसीका ठूला कुरा गर्ने र जनमतसँग तर्सिने नेपालका दलनायक, गुटनायकहरू सत्य सुन्न पनि चाहँदैनन्। एउटै मान्छे दश वर्षमा राजावादी, गणतन्त्रवादी, सबैथोक भइदिन्छ। मानौँ ऊ आलु हो। चप, समोसा, अचार, चुकाउनी सबै बन्छ।
सन् १९६१ को आमचुनावमा भारतमा ‘कुनैलाई पनि मत दिन्न’ भन्ने उदार व्यवस्था रहेको पाइन्छ। षडयन्त्रकारीहरू मिलेर त्यो हटाए। झण्डै ५३ वर्षपछि सर्वोच्च अदालतले त्यस्तो व्यवस्थालाई पुनः मान्यता दिएपछि डकैती, बुथ क्याप्चर र मतपत्र च्यात्नेहरू डराए। कति नेताले त ‘प्रतिगामी’ भन्दै न्यायपालिकालाई गाली गरे। नेपालमा ‘जनमत बनाउने’ र ‘स्वतन्त्रता बचाउने’ भनेर खुलेका कतिपय मिडिया र तत्सम्बन्धी कामका तल्सिङ, पटवारी, दिवान, जमिनदार र कामतीय संस्थाहरू आफ्ना दलका नेताको मोजा पखालेर सर्वत पिउन पनि तयार छन्।
तसर्थ, उनीहरूका लागि राष्ट्र र सार्वभौमसत्ता महत्वहीन छ। प्रणाली अर्थहीन छ। मालिकको मुहारमा उनीहरू ब्रह्मा–विष्णु–महेश देख्छन्। पत्रकारिताका नाममा चाटुकारिता बढ्ने कारण यही हो। दलको मुख्यालयबाट टिकट पाएपछि मात्र पत्रकारको नायक बन्न पाइने शायद एकमात्र राष्ट्र हो, नेपाल। अधिकांश पत्रकारले हिजोआज खबर होइन, नेताको आदेशमा ‘फैसला’ लेख्छन्। यो सबै सहज मान्ने जनता कति निर्दोष छन्, भनिरहनु परोइन। अन्य संघ/संगठनको हालत पृथक छैन।
कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, प्रेस, नागरिक समाज आदि र सरकारी तलबजीवीमध्येका धेरै धनयुद्धमा व्यस्त छन्। ‘अण्डा, लार्वा, प्युपा र पुतली’ झैँ विद्यार्थी संघ, संगठनदेखि राष्ट्र हाँक्ने प्रायः धेरैले पद र धनबाहेक कुनै कुरा महत्वपूर्ण छैन भन्ने सोचिरहेझैँ लाग्छ।
जब राष्ट्र नै सुरक्षित रहँदैन, त्यो बेला यत्रतत्र सर्वत्र फैलिन्छ आगो। राष्ट्रिय झण्डादेखि कुम हल्लाउँदै हिँडेका धेरैले त्यो बेला कतै शरण पाउने छैनन्। मोरङको लेटाङमा हालै कर्तव्य पालना गर्दागर्दै अराकजताको सिकार भइन, उर्मिला श्रेष्ठ। एकदिन राष्ट्रघातीहरूलाई भिडले त्यस्तै राक्षसी पाराले दण्ड दियो भने बचाउने कोही हुने छैनन्। लोकप्रिय, जनप्रिय वा धेरै सुरक्षित ठान्ने सुविधाभोगीहरू पचासौँ अंगरक्षकको घेरामा हिँडेका छन्। साहस छ भने उनीहरूले सडकमा आधा घण्टा एक्लै हिँडेर देखाए हुन्छ, त्यहीँ ठहरिनेछ जनमतको परिणाम। सक्छौ?