विज्ञापन क्षेत्रमा एआईको असर
०२ फागुन २०८१
•
६ मिनेट पाठ
विज्ञापन क्षेत्रमा एआईको असर
नेपालको विज्ञापन उद्योगले विगतका दशकहरूमा ठूलो रूपान्तरणको अनुभव गरेको छ। प्रविधिको विकास, डिजिटल मार्केटिङको उदय र ग्राहकहरूको बदलिँदो अपेक्षाले उद्योगलाई लगातार परिष्कृत गरिरहेको छ। यतिबेला कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगले यस उद्योगमा धेरै सम्भावना मात्र होइन, महत्वपूर्ण चुनौतीहरू पनि निम्त्याएको छ।




एआईले विज्ञापन सामग्री निर्माण, डेटा विश्लेषण र लक्षित मार्केटिङको प्रक्रियालाई स्वचालित बनाउँदैछ। यसले सँगसँगै सिर्जनात्मक डिजाइन, सामग्री लेखन र बजारसम्बन्धी योजना जस्ता क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई विस्थापन गर्ने सम्भावना पनि बढाएको छ।

एआई टुल्स, जस्तै– च्याटजिपिटी, मिडजोर्नी र अन्य ग्राफिक डिजाइन प्लेटफर्महरूले सिर्जनात्मक कार्यहरू (जस्तै–क्याम्पेनको विचार विकास र ग्राफिक डिजाइन) लाई धेरै छिटोछरितो र सस्तो बनाएका छन्। यद्यपि परम्परागत विज्ञापन निर्माण प्रक्रियामा प्रयोग हुने दक्ष जनशक्तिको ज्ञान र सिप अब एआई प्रविधिको आगमनसँगै अप्रासांगिक हुन सक्ने जोखिम पनि बढेको छ। लामो समयदेखि तिनै काममा निपुणता हासिल गरेका जनशक्तिको माग बजारमा कम हुँदा त्यसले नेपाली विज्ञापन क्षेत्रमा सिर्जनात्मकता र मौलिकतामा कमी ल्याउनुका साथै सामाजिक तथा सांस्कृतिक समस्यासमेत निम्त्याउन सक्ने सम्भावना छ।

एआईको विश्वव्यापी प्रकृतिका कारण स्थानीय संस्कार, भाषा र संवेदनशीलतालाई समेट्न कठिनाइ हुन सक्छ। यो कमजोरीलाई सम्बोधन गर्न विज्ञापनकर्मीहरू अझै बढी सशक्त र सचेत हुनुपर्ने देखिन्छ। एआईले छिटो, सस्तो र गुणस्तरीय सेवा दिन्छ भन्ने दुनियाँलाई लागेको छ। उक्त आशाले विज्ञापन एजेन्सीहरूलाई थप दबाबमा पार्न सक्छ।

विशेषगरी नेपालका साना तथा मझौला स्थानीय एजेन्सीहरूलाई एआईले निकै असर पार्ने देखिन्छ। एआईले विज्ञापन बनाउनलाई सहज बनाइदिएपछि यो क्षेत्रमा प्रवेश गर्ने नयाँ प्रतिस्पर्धीहरूको संख्या पनि बढ्न सक्छ। यसले अनुभवी जनशक्तिलाई थप दबाबमा पार्न सक्छ। विज्ञापनको गुणस्तर मापनको मापदण्ड पनि फेरिन सक्छ।

एआई उपकरणको अर्काे सीमितता के हो भने यसले नेपाल जस्ता बहुसांस्कृतिक समाजका स्थानीय सन्दर्भ, भाषिक विविधता र सांस्कृतिक संवेदनशीलतालाई बुझ्न सक्दैन। यसले विज्ञापन बनाउने प्रक्रियामा थप मेहनतको आवश्यकता पर्न सक्छ। एआईको प्रयोगले विज्ञापनकर्मीहरूको अनुभव र सिपको महत्वमा ह्रास ल्याउन सक्छ।

अनुभवी व्यक्तिहरूलाई पनि नयाँ प्रविधिहरूसँग अद्यावधिक हुन चुनौतीपूर्ण हुन सक्छ। एआईको सहयोगबाट उत्पादित सामग्रीले प्रतिलिपि अधिकारको उल्लङ्घन मात्र गर्दैन। यसले गलत जानकारीको प्रचार वा असंवेदनशीलता उत्पन्न गर्न सक्ने जोखिम पनि उत्तिकै रहन्छ। यसले विज्ञापन उद्योगको प्रतिष्ठामा नराम्रो असर गर्न सक्छ।

एआईको व्यापक उपयोगले मानवीय सम्पर्क र विज्ञापनमार्फत प्रदान गरिने भावनात्मक अनुभवलाई कमजोर बनाउन सक्छ। एआईको अत्यधिक प्रयोगले मानव सिर्जनशीलतालाई समेत हतोत्साहित गर्न सक्छ। विज्ञापनकर्मीहरूले एआईको सहायतामा मात्र काम गर्न थालेमा दीर्घकालीनरूपमा व्यक्तित्वपूर्ण र मौलिक सिर्जनाहरू हराउन सक्छन्।

मानिसले आफ्ना सिर्जनात्मक क्षमता प्रयोग गर्न छोड्न सक्छन्। लामो समयसम्म यसरी सिर्जनात्मकता हराउँदै जाँदा नेपाली विज्ञापन क्षेत्रको मौलिकता गुम्ने भय रहन्छ। हाम्रो पहिचान नै धरापमा पर्ने सम्भावना हुन्छ। त्यसकारण भोलिका दिनमा कृति अवार्ड जस्ता विज्ञापन क्षेत्रको विकास र उत्प्रेरणका लागि हुने महत्वपूर्ण कार्यक्रमहरूको महत्व कम हुन सक्छ।

विज्ञापनकर्मीहरूले नयाँ एआई टुलमा दक्षता राख्दै विज्ञापन क्षेत्रलाई प्रतिस्पर्धात्मक बनाउन पनि नेपाल जस्तो मुलुकमा सहज अवस्था छैन। एआईले स्थानीय सन्दर्भहरूलाई पर्याप्त सम्बोधन नगरेको अवस्थामा विज्ञापनकर्मीहरूले स्थानीय ज्ञान र अनुभवको उपयोग गर्नुपर्छ। यसले कामलाई दोहोर्‍याएर गर्नुपर्ने बाध्यता सिर्जना गर्छ र बढी समय खपत गराउँछ। एआईको प्रयोगलाई केवल लागत घटाउने माध्यमका रूपमा हेर्दा दीर्घकालीन सिर्जनात्मकता र प्रभावकारितामा समस्या सिर्जना हुन थालेको छ। हरेक व्यक्तिले प्रविधिमा पहुँच राख्ने क्रम बढिरहेको अवस्थामा वास्तविक विज्ञापनहरू विज्ञापनकै भीडमा हराउने जोखिम पनि देखिन्छ।

एआईका कारण नेपालको विज्ञापन क्षेत्रले सिर्जनात्मकता, प्रविधि र व्यावसायिक दृष्टिकोणलाई पुनः परिभाषित गर्ने अवसर त पाएको छ तर के त्यो अवसर नेपालको संस्कृति तथा नेपालीपनसँग नजिक छ? यो सोचनीय विषय हो। विज्ञापनकर्मीहरूले समयानुकूल नयाँ सिपहरू अपनाउँदै एआर्ईसँग सहकार्य गरेर र स्थानीय सन्दर्भलाई सधैँ प्राथमिकतामा राख्दै काम गर्ने सम्भावना नेपालमा न्यून नै छ।

दीर्घकालीन दृष्टिकोण र विवेकपूर्ण कार्यदिशाले एआईलाई सकारात्मक दिशामा डोर्‍याउन सहयोग गर्ला तर के हामी यति छिटो परिर्वतन भइरहेको एआई उपकरणहरूका बारेमा दूरदर्शी छौँ? पक्कै पनि हामी यस विषयमा धेरै जानकार छैनौँ। यस्तोमा कसरी दीर्घकालीन दृष्टिकोण र विवेकपूर्ण कार्यदिशा निर्माण हुन सक्छ ? के राज्य यसका लागि तयार छ ? पक्कै पनि छैन।

भएको एउटा विज्ञापन बोर्डलाई समेत राजनीतिक भर्ती केन्द्र बनाउने राज्यले यस्ता विषयमा गलितो मार्गनिर्देश गर्ला भनेर आश गरिहाल्ने अवस्था छैन। तर एआई प्रविधिको तीव्र विकासले विज्ञापन क्षेत्रमा प्रत्यक्ष असर गर्न थालिसकेको छ। तर दुःखको कुरा यससम्बन्धी कुनै उचित ऐननियम हामीसँग छैन। राज्यले एआईको प्रयोगले शक्तिमा रहेका मान्छेलाई समस्या नपारोस् भन्नका लागि आफ्नो फाइदा सोचेर केही टिपोट गरेको छ। त्यसले एआईको विराटतालाई कुनै पनि हालतमा सम्बोधन गर्दैन।

अझ विज्ञापन क्षेत्रलाई पटक्कै पनि सम्बोधन गर्दैन। त्यसकारण विज्ञापन एजेन्सीहरू आफ्नै पहलमा चाँडोभन्दा चाँडो विज्ञापनमा एआईको प्रयोगसम्बन्धी स्पष्ट नैतिक मान्यता निर्माण गरिहाल्नु आवश्यक छ। अन्यथा साना र माध्यम किसिममा एजेन्सीहरूलाई ठूला र माल्टिनेसनल एजेन्सीहरूले निकै पछि पार्नेछन्। त्यसले नेपालको स्थानीय उत्पादन र बजारलाई निकै नकारात्मक असर पार्नेछ।

एआईलाई एक पूरक उपकरणका रूपमा मात्र प्रयोग गरिनुपर्छ, त्यसमा कुनै विवाद छैन। तर नेपाली विज्ञापनमा स्थानीय ज्ञान, भाषा र संस्कृति मिसिएको हुनुपर्छ। यो एआईले गर्न नसक्ने काम हो। मानवजनित भावनात्मक र सांस्कृतिक पक्षले विज्ञापनमा प्राण भर्ने काम गर्दछन्। प्राण नै नभएको विज्ञापनले बजारमा प्रभाव पो कति पार्ला? यो सोचनीय विषय हो।

एआईले कामलाई स्वचालित बनाउँदा मानिसमा ‘म आवश्यक छैन’ भन्ने भावना विकास हुन सक्छ। विशेषगरी लामो समयदेखि यो क्षेत्रमा योगदान दिएका व्यक्ति आफ्नो क्षमतामाथि शंका गर्न थाल्न सक्छन्। परम्परागत विज्ञापन प्रक्रियामा दशकौँको अनुभव भएका विज्ञापनकर्मीहरूले आफ्नो सिपलाई अप्रासांगिक ठान्न थाल्न सक्छन्। एआईले कामको गति बढाए पनि यसले दीर्घकालीनरूपमा विज्ञापनकर्मीहरूको रोजगारी सुरक्षित रहने सुनिश्चित गर्दैन।

विज्ञापन उत्पादन कार्यमा ग्राहक र सिर्जनात्मक टोलीबीचको परस्पर अन्तरक्रिया हुनुपर्छ। तर एआईको प्रयोगले यो सम्बन्धलाई मेसिनद्वारा प्रतिस्थापन गर्ने प्रयास गर्दा भावनात्मक सम्बन्ध कमजोर बन्न जान्छ। नेपाली समाज भावनात्मकताविनाको सिर्जनालाई धेरै नजिक राख्न मन गर्दैन। यस्तोमा यो प्रणालीलाई कमसेकम नेपालको हकमा भने पूर्ण विश्वास गर्न सकिँदैन। यसको प्रयोगले नैतिक मूल्यमान्यता र मर्यादामा ठेस मात्र लाग्नेछ।

कुनै पनि प्रविधि नवप्रवर्तन हो। त्यो बाधा होइन भन्ने कुरामा दुई मत छैन तर एआईले नेपाली विज्ञापन क्षेत्रलाई अवसरभन्दा बढी चुनौती दिएको छ। विज्ञापन केवल उपकरण र प्रविधिमा निर्भर हुँदैन। यसले मानिसको सोच, सिर्जनशीलता र सांस्कृतिक बोधको समेत मार्ग प्रदान गर्छ। यदि यी तत्वहरूलाई प्रविधिसँग गाँस्न सकिएन भने विज्ञापन उद्योगको भविष्य र आत्मा गुम्ने दिन आउँदैन भन्न सकिँदैन। 
अर्को समाचार
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
०८ साउन २०८२
•
३ मिनेट पाठ
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
जुम्लाका ६ स्थानीय तहले करार कर्मचारी हाजिर नहुन विषयमा सूचना जारी गरेका छन्। यस्तो सूचनाले धेरै करार कर्मचारी प्रभावित हुने देखिन्छन्। जुम्लाको सिंजा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, तिला गाउँपालिका, तातोपानी गाउँपालिका, पातारासी गाउँपालिका र गुठिचौर गाउँपालिका संघ र प्रदेशबाट स्रोत सुनिश्चितता नभएका कर्मचारीहरूलाई साउनबाट हाजिर नगर्न, नगराउन सूचना जारी गरेका हुन्।




प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरमा जारी सूचनामा कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम कुनै व्यक्तिलाई ज्यालादारी वा करार नियुक्ति गर्न नपाइने र स्थानीय सेवा - गठन तथा सञ्चालन नियमावली २०८१ को नियम ११ (१) अनुसार पद नभई करार कर्मचारी नियुक्त गर्न नहुने, प्रदेश र संघबाट बजेट सुनिश्चितता भएका करार कर्मचारीबाहेकका कर्मचारीले २०८२ साउन १ गतेबाट हाजिर नगर्न नगराउन सूचना जारी गरेको छ।

कर्णाली प्रदेशको कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम स्थानीय तहले ती कर्मचारीले स्थानीय तहमा हाजिर हुन पाएका छैनन्। जुम्लाको   पातारासी गाउँपालिकामा १ सय २ जना, कनकासुन्दरी गाउँपालिकामा ८४ जना, तिला गाउँपालिकामा ६२ जना स्वास्थ्यकर्मी, कार्यालय सहयोगी सहितका कर्मचारी प्रभावित हुने भएका छन्। शिक्षकको भने तथ्यांक आउन बाकीँ नै छ।

यसैगरी तातोपानी गाउँपालिकामा २५ जना, सिंजा गाउँपालिकामा २४ जना, गुठिचौर गाउँपालिकामा २१ जना, हिमा गाउँपालिकामा झण्डै ७० कर्मचारी प्रभावित हुने छन्। यस ऐनको कार्यान्वयनपछि स्वास्थ्य र शिक्षा क्षेत्रका कर्मचारी प्रभावित हुने भएका छन्।

यता जुम्लाको तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जानकारी हितानकाे अनुसार यो निर्णयले तिलाका ४ आधारभूत स्वास्थ्य संस्था प्रभावित हुने भएका छन्। यहाँका अनमी र कार्यालय सहयाेगी गरी ९ जना नभएर खोप सेवा समेत प्रभावित हुनेछ।

यस्तै कनकासुन्दरीमा ३६ जना स्वास्थ्य क्षेत्रका, २९ जना शिक्षा र अन्य ८४ जना कर्मचारी प्रभावित भएका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले बताए। यस्तै पातारासी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नविन शाहीकाे अनुसार ५४ जना शिक्षक सहित १ सय २ जना कर्मचारी प्रभावित भएका छन्।

पातारासी गाउँपालिकामा जसरी पनि जागिर सुनिश्चित गर्नुपर्ने माग गर्दै करार शिक्षकले तालाबन्दी समेत गरेका छन्। पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले तालाबन्दीकाे विषयमा छलफल भइरहेको बताउँछन्।

गाउँपालिका तालाबन्दी भएपछि गाउँपालिकामा प्रहरी पुगेको छ। गाउँपालिका तालावन्दी भएपछि काम प्रभावित भइरहेको छ। यता जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले नगरपालिकाका ७ जना मात्र रहेको बताए।

अरू करार सबै कर्मचारी ओएनएमभित्र परेका छन्। नगरपालिकाले आन्तरिक स्रोतबाट तलब खुवाउने गरी ओएनएम पास भइसकेको छ। खासै प्रभावित हुने कर्मचारी छैनन्। उनले भने, ओएनएम भित्र नसमेटिएका ७ जना मात्र छन्। जसमध्ये फाएर फाइटर ३ र सुइपर ४ जना छन्।

प्रदेश सरकारको ऐनका विषयमा भने गाउँपालिकाहरुले भने असन्तुष्टि जनाएका छन्। हिमा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष लक्ष्मणबहादुर शाहीले कर्णाली प्रदेश सभाबाट पारित “कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१” ले संविधानको मर्ममाथि गम्भीर प्रश्न उठाएको छ।

उनकाे अनुसार उक्त ऐनको दफा १४ (१) अनुसार “कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्त गर्न नपाइने” तथा सो व्यवस्था विपरीत नियुक्त गरे नियुक्ति गर्ने पदाधिकारीवाट सरकारी बाँकी सरह असुल उपर गरिने भन्ने व्यवस्था गरिएको छ। यो व्यवस्था कार्यरत करार कर्मचारीहरूलाई चेतावनीसहित सेवा बाहिर धकेल्ने कानुनी हतियार बनाइएको बताए।
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४३ सेकेन्ड अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरले बेलिब्रीज पुनर्जडानका लागि ठेक्का लगाउने काम अन्तिम चरणमा पुगिसकेको जनाएको छ।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस