नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आइतबार दाङ कांग्रेसको जिल्ला सम्मेलनमा पार्टी भित्र आन्तरिक ‘माया–प्रेम’ हराउँदै गएको बताए। नेता तथा कार्यकर्ताको बिचमा आपसी सद्भाव बढ्नुको साटो बेमेल बढ्दै गइरहेको उनको अभिव्यक्तिको अर्थ थियो।
महामन्त्री थापाले भने जस्तै जिल्लामा कांग्रेस भित्र व्यक्तिगत स्वार्थ/टकरावले बेस्सरी जरा गाडेको छ। यहाँ सम्मकी कैयन कांग्रेसीहरुको बोलचालै समेत बन्द छ। कांग्रेस भित्र ‘गुट’ को संस्थागत विकासले जिल्लाका कांग्रेसीहरुलाई पनि विभाजित बनाउँदै लग्यो, अन्ततः उनीहरु बिच एक अर्का प्रति सद्भाव भन्दा पनि दुरी बढ्दै गयो।
पार्टीको १२ औँ महाधिवेशनबाट सभापतिमा सुशील कोइराला चुनिएपछि कांग्रेस भित्र गुट संस्थागत बन्दै गएको देखिन्छ। सभापति कोइरालासँग उनका प्रतिस्पर्धी शेरबहादुर देउवाले खोजेको भागको संस्कारले गुटलाई अहिले सम्म संस्थागत बनाइदियो। देउवाले पार्टी भित्र तथा बाहिर आफ्नो समूहलाई ४० प्रतिशत भाग पुर्याउन अडान कस्न थाले। यसले कार्यकर्ता पङ्क्तिलाई समेत विभाजित बनाउँदै लग्यो।
गत स्थानीय तहको निर्वाचनमा देखिएका केही परिणामले संस्थागत गुटका असरहरू प्रस्टै पारिदिए। पार्टीका केही पदाधिकारीहरू वडामै पराजित हुनुलाई उनीहरूले यसको मूल कारण ‘गुटको सिकार’ मानेका छन्।
पार्टीका जिल्ला उपसभापति गिरीराज सुवेदी वडा सदस्यमा पराजित बने अनि जिल्ला सहसचिव राजु आचार्य पनि वडामै पराजित बने।
यसै गरी कांग्रेसका केन्द्रीय सदस्य तुलसीपुर उपमहानगरको मेयरमा पराजित बने। घोराही उपमहानगरको उपमेयरमा कांग्रेस दाङ २ का पूर्व क्षेत्रीय सभापति भुपबहादुर डाँगी पराजित हुनुलाई पनि कांग्रेस भित्रको ‘अन्तरघात’ मुख्य कारणका रुपमा निष्कर्ष निकालिएको छ। स्थानीय तहमा भएको अन्तरघातको बदला कांग्रेसीहरुले प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा लिन खोजे।
उक्त निर्वाचनमा पनि अन्तरघातका बाबजुद आफूहरूले निर्वाचन जित्न सफल भएको निर्वाचितहरूको निष्कर्ष छ। माओवादीसँग चुनावी गठबन्धन बनेका कारण कांग्रेसीहरुको अन्तरघात विफल बनेको विश्लेषण उनीहरूको छ।
यसरी निर्वाचनमा खुलेआम असहयोगमा उत्रने कांग्रेसीहरुको यो प्रतिशोधले सम्बन्ध चिसाउँदै लगेको मात्रै छैन, बोली समेत बाराबारकाे स्थिती पैदा गरिदिएको छ।
महामन्त्री थापाका अनुसार यो गलत संस्कारको अन्त्यका लागि गाउँ जागरण अभियानकै नितान्त आवश्यक रहेको भन्दै पार्टी नेतृत्वले यो अभियान तत्कालै सुरु गर्ने बताए।
२०१५ सालको कांग्रेसको आवश्यक महसुस गरेका थापाले त्यही पुरानो सशक्त पार्टी निर्माणमा लाग्नु पर्ने बेला आएको समेत उनको भनाई थियो।कार्यक्रमको प्रमुख अतिथिका रुपमा थापा बोल्दा उनी भन्दा अगाडी जिल्लाका दर्जन काँग्रेसी नेताहरुले आफ्नो भनाई राखिसकेका थिए। ती वक्ताहरूको बोलीले थापाले भनेजस्तै आपसी प्रेमको अभाव झल्काइरहेको थियो। कार्यकर्ताहरूको मनोभाव बुझेर कार्यक्रमको अन्त्यमा थापा बोले ‘पूर्वको काँग्रेसीलाई चोट लाग्दा पश्चिमका कांग्रेस रुने हाम्रो पाटी भित्रको प्रेम, सद्भाव खोइ? हामीलाई त्यो कांग्रेस चाहिएको हो, अहिले त माया प्रेम मरेर गयो।’
महामन्त्री थापाले भने जस्तै जिल्लामा कांग्रेस भित्र व्यक्तिगत स्वार्थ/टकरावले बेस्सरी जरा गाडेको छ। यहाँ सम्मकी कैयन कांग्रेसीहरुको बोलचालै समेत बन्द छ। कांग्रेस भित्र ‘गुट’ को संस्थागत विकासले जिल्लाका कांग्रेसीहरुलाई पनि विभाजित बनाउँदै लग्यो, अन्ततः उनीहरु बिच एक अर्का प्रति सद्भाव भन्दा पनि दुरी बढ्दै गयो।
पार्टीको १२ औँ महाधिवेशनबाट सभापतिमा सुशील कोइराला चुनिएपछि कांग्रेस भित्र गुट संस्थागत बन्दै गएको देखिन्छ। सभापति कोइरालासँग उनका प्रतिस्पर्धी शेरबहादुर देउवाले खोजेको भागको संस्कारले गुटलाई अहिले सम्म संस्थागत बनाइदियो। देउवाले पार्टी भित्र तथा बाहिर आफ्नो समूहलाई ४० प्रतिशत भाग पुर्याउन अडान कस्न थाले। यसले कार्यकर्ता पङ्क्तिलाई समेत विभाजित बनाउँदै लग्यो।
‘पहिला पनि कांग्रेस भित्र आन्तरिक प्रतिस्पर्धाहरू भए, गुट सामान्य नभएका पनि हैनन्, तर गुटलाई पनि समेट्न सक्ने नेतृत्व थियो र यति धेरै बेमेल त्यो बेला पैदा हुन पाएन,’ जिल्लाका एक पुराना काँग्रेसी नेता भन्छन् ‘तर जब देखि ६०/४० को भागबन्डाको गलत संस्कार बस्यो, यसले गुटलाई संस्थागत गरिदियो, जुन अहिले झन् पछि झन् भयावह बन्दै गएको छ।’पार्टी केन्द्रमा विकसित दुई गुट मात्रै हैन, जिल्लामै व्यक्तिगत ‘उपगुट’ मौलाउनुले कांग्रेस कार्यकर्ताहरूलाई दिक्क बनाउँदै लगेको छ।
‘कुनै नेतासँग फोटो खिचेर हाल्यो भने अर्कोले गाली गर्छ, किन उसलाई भेट्न गएको भनेर,’ एक कार्यकर्ताले भने ‘हामी त हाम्रा पार्टीका नेताहरू हुन् भनेर सबै सँग बोल्न बस्न पनि गाह्रो छ।’केन्द्रमा जस्तै जिल्लामा पनि दुई गुट मात्रै भए केही सहज हुने कार्यकर्ताहरू देख्छन्। राजनीति टिकाउनका निम्ति पनि जिल्लामा व्यक्तिगत उपगुटको सिकार बन्नु परिरहेको कैयनको दुखेसो छ। जिल्लामा जिल्ला तहका नेताहरूका व्यक्ति पिच्छे उपगुट खडा भएका छन्। यिनै व्यक्तिगत उपगुटहरू एक अर्का विरुद्ध खरो बनेर उत्रन्छन्।
‘व्यक्तिको पछाडि लाग्न छोडियो भने राजनीति नै सखाप हुने डर हुन्छ,’ स्थानीय कार्यकर्ता भन्छन् ‘स्थानीय स्तरमा राजनीति गरेर बसौँ भने पनि गुट अनि उपगुटमा बाँधिनै पर्छ।’स्थानीय स्तर सम्मै हाबी भएका व्यक्तिगत स्वार्थका उपगुटका कारण निर्वाचनमा काँग्रेसकै उम्मेदवारलाई हराउने प्रवृत्ति मौलाउनुले कांग्रेस भित्र आपसी टकराव मौलाउँदै गएको छ। एक ले अर्कोलाई स्विकार्नै नसक्ने गरी बसेको कांग्रेस भित्रको गलत संस्कारले कांग्रेसका लागि निर्वाचन बढी पेचिलो बन्दै जान थालेका छन्।
गत स्थानीय तहको निर्वाचनमा देखिएका केही परिणामले संस्थागत गुटका असरहरू प्रस्टै पारिदिए। पार्टीका केही पदाधिकारीहरू वडामै पराजित हुनुलाई उनीहरूले यसको मूल कारण ‘गुटको सिकार’ मानेका छन्।
पार्टीका जिल्ला उपसभापति गिरीराज सुवेदी वडा सदस्यमा पराजित बने अनि जिल्ला सहसचिव राजु आचार्य पनि वडामै पराजित बने।
यसै गरी कांग्रेसका केन्द्रीय सदस्य तुलसीपुर उपमहानगरको मेयरमा पराजित बने। घोराही उपमहानगरको उपमेयरमा कांग्रेस दाङ २ का पूर्व क्षेत्रीय सभापति भुपबहादुर डाँगी पराजित हुनुलाई पनि कांग्रेस भित्रको ‘अन्तरघात’ मुख्य कारणका रुपमा निष्कर्ष निकालिएको छ। स्थानीय तहमा भएको अन्तरघातको बदला कांग्रेसीहरुले प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा लिन खोजे।
उक्त निर्वाचनमा पनि अन्तरघातका बाबजुद आफूहरूले निर्वाचन जित्न सफल भएको निर्वाचितहरूको निष्कर्ष छ। माओवादीसँग चुनावी गठबन्धन बनेका कारण कांग्रेसीहरुको अन्तरघात विफल बनेको विश्लेषण उनीहरूको छ।
यसरी निर्वाचनमा खुलेआम असहयोगमा उत्रने कांग्रेसीहरुको यो प्रतिशोधले सम्बन्ध चिसाउँदै लगेको मात्रै छैन, बोली समेत बाराबारकाे स्थिती पैदा गरिदिएको छ।
‘बोली बाराबारकै स्थिति छ,’ एक नेताले भने ‘सबै मै मात्रै ठिक भन्ने सोच र आन्तरिक असहयोगले यो गलत संस्कारको जरा गाडेको छ।’जिल्ला तहमा कांग्रेस भित्र देखिएको व्याप्त आपसी टकरावले केन्द्रीय नेतृत्व समेत चिन्तित बनाउँदै लगेको छ।
महामन्त्री थापाका अनुसार यो गलत संस्कारको अन्त्यका लागि गाउँ जागरण अभियानकै नितान्त आवश्यक रहेको भन्दै पार्टी नेतृत्वले यो अभियान तत्कालै सुरु गर्ने बताए।
‘माया ममता कांग्रेस भित्र हराउँदै गइरहेको छ, आन्तरिक बेमेलले पार्टी संगठन कमजोर बन्दै गयो,’ थापाले भने ‘पार्टी भित्रको यो खराब प्रवृत्तिलाई निष्तेज पार्न गाउँ जागरण अभियानको नितान्त आवश्यक छ, पार्टी केन्द्रीय समितिले यो अभियानको सुरुवात तत्काल गर्छ।’उनका अनुसार पदीय ‘मोह’ ले यो गलत प्रवृत्ति पार्टी भित्र मौलाउँदै गएको हो। पदमा नरहेरै पनि पार्टी संगठन निर्माणमा प्रतिबद्ध हुने संस्कार कांग्रेस भित्र हराउँदै गएको उनको विश्लेषण छ।