रुसले युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा भीषण ड्रोन र बम आक्रमण गरेको छ। जसमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ भने करिब ६० जना घाइते भएका छन्। युक्रेनी अधिकारीहरूका अनुसार दक्षिणी युक्रेनको खेरसनमा भएको अर्को आक्रमणमा पनि दुई जनाको मृत्यु भएको छ।
खार्किभका मेयर इहोर तेरेखोभले शुक्रबार राति आफ्नो सहरमा ४८ वटा ड्रोन, दुईवटा मिसाइल र चारवटा ग्लाइड बम प्रयोग गरिएको र शनिबार थप ग्लाइड बम खसालिएको बताएका छन्।
यसअघि, मस्कोले गत सप्ताहन्तमा रुसी रेलवे पूर्वाधार र हवाई अखडाहरूमा भएको आक्रमणको जवाफमा बिहीबार राति युक्रेनभरि ठूलो संख्यामा ड्रोन र मिसाइल आक्रमण गरिएको बताएको थियो।
खार्किभमा शुक्रबार राति भएको आक्रमणमा १८ वटा अपार्टमेन्ट भवन र १३ अन्य घरमा क्षति पुगेको मेयर तेरेखोभले जानकारी दिए। घाइतेहरूमा एक शिशु र एक १४ वर्षीया किशोरी पनि रहेका छन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले खार्किभमाथिको आक्रमणको ‘कुनै सैन्य औचित्य नभएको’ र यो ‘शुद्ध आतंकवाद’ भएको बताएका छन्। उनले रुसी समकक्षी भ्लादिमिर पुटिनमाथि युद्ध लम्ब्याउन समय किन्न खोजेको आरोप लगाउँदै आक्रमण रोक्न ‘दबाब सिर्जना गर्नुपर्ने’ बताए।
युक्रेनका विदेशमन्त्री एन्ड्री सिबिहाले रुसको पछिल्लो आक्रमणको जवाफमा मस्कोमाथि थप दबाब बढाउन र ‘युक्रेनलाई बलियो बनाउन थप कदम चाल्न’ सहयोगी राष्ट्रहरूलाई आग्रह गरेका छन्।
यसैबीच, रुस र युक्रेनबीच युद्धबन्दी आदानप्रदानको विषयमा विवाद उत्पन्न भएको छ। इस्तानबुलमा भएको वार्तामा दुवै पक्ष बिरामी, गम्भीर घाइते र २५ वर्ष मुनिका युद्धबन्दीहरू आदानप्रदान गर्न सहमत भएका थिए।
मस्कोका प्रमुख वार्ताकार भ्लादिमिर मेडिन्स्कीले युक्रेनले ‘अप्रत्याशित रूपमा युद्धबन्दी आदानप्रदान अनिश्चितकालका लागि स्थगित गरेको’ आरोप लगाएका छन्।
यता, युक्रेनी अधिकारीहरूले भने रुसको आरोपको खण्डन गर्दै ‘फोहोरी खेल खेल्न बन्द गर्न’ आग्रह गरेका छन्। युक्रेनको युद्धबन्दी समन्वय कार्यालयले रुसको टिप्पणी ‘वास्तविकता र अघिल्ला सम्झौताहरूसँग मेल नखाने’ बताएको छ। युक्रेनले रुसले सम्झौताका मापदण्डहरू पालना नगरेको र सहमतिविपरीत वैकल्पिक सूची पेस गरेको आरोप लगाएको छ।
भारतमा लोकप्रिय बोतलबन्द पानी ब्रान्ड बिस्लेरीको नमूनामा कोलिफर्म ब्याक्टेरिया भेटिएपछि खाद्य नियामकले कारबाही अघि बढाएको छ।
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको दोस्रो घटना हो।
रोयटर्सका अनुसार अगस्ट १२ को सूचनाअनुसार नियामकले कम्पनीलाई प्रभावित ब्याचको बिक्री रोक्न निर्देशन दिएको थियो। नमूनाको पुनः परीक्षण गर्दा पनि कोलिफर्म ब्याक्टेरिया भेटिएको सरकारी अधिकारीले बताएका छन्।
बिस्लेरीले भने सरकारको निर्देशनअनुसार अगस्टमै सम्बन्धित ब्याच बजारबाट फिर्ता बोलाएको जनाएको छ। कम्पनीका अनुसार नियामकका प्रयोगशालाले नमूनामा कोलिफर्म ब्याक्टेरिया भेटिएको रिपोर्ट दिएका थिए। तर, कम्पनीले आफ्नै तर्फबाट गराएको स्वतन्त्र परीक्षणमा उक्त ब्याचको पानी खाद्य सुरक्षा मापदण्डअनुसार सुरक्षित पाइएको दाबी गरेको छ।
‘नियामक र स्वतन्त्र परीक्षणको नतिजामा देखिएको भिन्नताबारे गहिरो समीक्षा आवश्यक छ,’ कम्पनीले विज्ञप्तिमा भनेको छ। साथै, वास्तविकता पत्ता लगाउन एफएसएसएआईसँग सहकार्य जारी राख्ने पनि जनाएको छ।
बिस्लेरीका भारतभर १३० उत्पादन प्लान्ट र पाँच हजार ९८० वितरक छन्। भारतको प्याकेज गरिएको पिउने पानी बजारमा अग्रणी रहेको कम्पनीले पेप्सीको,कोका-कोला, टाटा र रिलायन्सजस्ता कम्पनीसँग प्रतिस्पर्धा गर्दै आएको छ।
बिस्लेरीको पानीमा समस्या देखिएपछि एफएसएसएआईले सबै राज्यलाई प्याकेज गरिएको पिउने तथा खनिज पानीको नियमित निरीक्षण र नमूना परीक्षण बढाउन निर्देशन दिएको छ। मापदण्ड पूरा नगर्ने कम्पनीमाथि आवश्यक कारबाही गर्न पनि भनिएको छ।
यसअघि पनि बिस्लेरीको पानीको नमूना असुरक्षित भेटिएपछि नियामकले कानुनी प्रक्रिया अघि बढाएको थियो। दोष प्रमाणित भए कम्पनीले जरिवाना र जेल सजायसमेत भोग्नुपर्ने हुन सक्छ। भारतमा पछिल्लो समय खाद्य तथा पेय पदार्थ उत्पादन गर्ने ठूला कम्पनीमाथि नियामक निकायले निगरानी र कारबाही बढाएका छन्।
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...