पाकिस्तानको कराँचीस्थित मलिर जिल्ला कारागारबाट सोमबार राति २१६ जना कैदी फरार भएका छन्।
कराँचीमा भूकम्पको धक्का महसुस भएपछि सावधानीस्वरूप कैदीहरूलाई ब्यारेकबाट बाहिर निकालिएको र सोही क्रममा उत्पन्न भागदौडको फाइदा उठाउँदै उनीहरू मूल ढोकाबाट भागेको कारागार प्रशासनले जनाएको छ।
जियो न्युजका अनुसार, फरार भएकामध्ये ८० जनाभन्दा बढीलाई पुनः पक्राउ गरिएको छ भने १३५ जना अझै फरार रहेका छन्।
कारागार सुपरिटेन्डेन्ट अरशद शाहले मंगलबार बिहान घटनाको पुष्टि गरेका हुन्। सुरुमा केही सञ्चारमाध्यमले कैदीहरू पर्खाल भत्काएर भागेको जनाए पनि प्रशासनले सो कुराको खण्डन गर्दै सबै कैदी मूल ढोकाबाटै भागेको स्पष्ट पारेको छ।
गृहमन्त्री जिया उल हसन लान्जारले भूकम्पपछि ७ सय देखि हजार कैदीलाई ब्यारेकबाट बाहिर निकालिएको र सोही क्रममा सय भन्दा बढी कैदीले मूल ढोकातर्फ धकेलाधकेल गर्दै भागेको जानकारी दिएका छन्।
फरार कैदीहरूको खोजी कार्य जारी रहेको र यसमा स्पेसल सेक्युरिटी युनिट (एसएसयू), र्यापिड रेस्पोन्स फोर्स (आरआरएफ), रेन्जर्स र फ्रन्टियर कोर (एफसी) को टोली परिचालन गरिएको कारागार प्रशासनले जनाएको छ।
उक्त घटनामा एक कैदीको मृत्यु भएको र चार सुरक्षाकर्मी घाइते भएको बताइएको छ। गृहमन्त्री लान्जारले घटनामा प्रशासनिक लापरवाही पनि हुनसक्ने स्वीकार गरेका छन्।
गत वर्ष जुलाईमा पाकिस्तान प्रशासित कश्मीर (पीओके) को रावलकोट जेलबाट १९ कैदी फरार भएका थिए। जसमध्ये ६ जनालाई मृत्युदण्ड सुनाइएको थियो।
पाकिस्तानमा यसअघि पनि पटकपटक आतङ्ककारीहरू जेल तोडेर भागेका घटनाहरू भएका छन्। सन् २०१२ मा पाकिस्तानको बन्नु शहरमा ४ सय कैदी जेलबाट फरार भएका थिए।