पेरिस सेन्ट-जर्मेन (पीएसजी) को च्याम्पियन्स लिग फाइनलमा ऐतिहासिक विजयपछि फ्रान्सभर भएको उग्र उत्सवका क्रममा दुई जनाको मृत्यु भएको छ भने सयौं पक्राउ परेका छन्।
दक्षिण-पश्चिम फ्रान्सको डाक्स शहरमा शनिबार साँझ एक १७ वर्षीय किशोरको छातीमा छुरा प्रहारबाट मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
त्यस्तै, मध्य पेरिसमा स्कुटर चलाइरहेका २३ वर्षीय एक युवकको गाडीको ठक्करबाट मृत्यु भएको अभियोजकको कार्यालयले जनाएको छ।
पीएसजीले युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो उपाधि इतिहासमै पहिलो पटक (इन्टर मिलानलाई ५-० ले हराउँदै) जितेपछि भएको उग्र उत्सवका क्रममा पटाका र आतिशबाजी गरिएको, बस स्टपहरू तोडफोड गरिएको र कारहरूमा आगजनी गरिएको थियो।
पेरिस प्रहरी प्रमुख लोरेन्ट नुनेजले आइतबार साँझ पीएसजीको च्याम्पियन्स लिग ट्रफी परेड हुने तर जमिनमा प्रहरी र सैनिकको उपस्थिति बढाइने बताए।
नुनेजले यो टिप्पणी गर्नुअघि फ्रान्सेली आन्तरिक मन्त्रालयले रातभरिको झडपमा १९२ जना घाइते भएको र ५५९ जनालाई पक्राउ गरिएको जनाएको थियो।
जसमा ४९१ जना पेरिसमा पक्राउ परेका थिए। मन्त्रालयका अनुसार २२ प्रहरी अधिकारी र सात अग्निनियन्त्रक घाइते भएका छन् भने २६४ वटा सवारी साधनमा आगजनी गरिएको छ।