भारत र पाकिस्तानबिच युद्ध विराम घोषणाले जम्मुमा शान्तिको माहोल छाएको गरेको छ।
यहाँका प्रवासीहरु त्रासदीपूर्ण अवस्थाबाट टाढा जानका लागि भौंतारिरहेका थिए। जम्मु रेल स्टेशनमा शनिबार टिकटका लागि हानथाप र कोलाहलको स्थिति देखियो थियो।
लाठी र सिठीको सहायताले प्रहरीले भीड नियन्त्रण गर्न खोजे पनि मध्य र पूर्वी भारतका गरिब मजदुरहरूले कोहनी ठेलमठेल गर्दै र एकअर्कामाथि गालीगलौज गर्दै रेल चढ्ने प्रयास गरिरहेका थिए।
युद्ध विरामले प्रवासीहरुका लागि ठुलो राहत मिलेको छ।
प्रवसीहरुको भनाइ
जम्मुको अखनूरमा दुई दशकदेखि राजमिस्त्रीको काम गर्दै आएका छत्तीसगढका ४१ वर्षीय करण वर्माले भनेका थिए, “रातभर ठूला विस्फोटका आवाजले बस्नै नसकिने अवस्था थियो। यहाँबाट भाग्नुबाहेक विकल्प थिएन।”
केही परिवारले साना बालबालिका र शिशुहरूलाई भीड छिचोल्दै रेलमा चढेका आफन्तलाई हस्तान्तरण गरेका थिए। मध्य प्रदेशका ४३ वर्षीय सुरेश कुमारले भने, “यस्तो संकटमा थप रेल सञ्चालन गर्नुपर्थ्यो।”
बिहारकी निशा देवी, उनका श्रीमान् र तीन छोराछोरीले रेलमा स्थान पाउन सकेनन्। “बालबालिकासहित त्यो भीडमा रेल चढ्नु मृत्युको मुखमा हामफाल्नुजस्तै थियो,” उनले बताइन्। रेलको ढोकाको फलामे रड समातेर दिल्लीतर्फ लागेका टेक्लाल पदमानी लालाले भनेका थिए, “दिल्लीसम्म यस्तै यात्रा गर्नेछु, आवश्यक परे झन् टाढा पनि जान्छु।”
शनिबार साँझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल मार्फत यो युद्धविरामको घोषणा गर्दै दुवै देशलाई “विवेकपूर्ण निर्णय” गरेकोमा बधाई दिए। “लामो मध्यस्थतापछि भारत र पाकिस्तान पूर्ण युद्धविराममा सहमत भए। यो बुद्धिमत्ताको जित हो,” उनले लेखेका छन्।
पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले युद्धविराम तत्काल लागू भएको पुष्टि गर्दै भने, “पाकिस्तान क्षेत्रीय शान्तिका लागि प्रतिबद्ध छ, तर आफ्नो सार्वभौमसत्तामा सम्झौता गर्दैन।”
भारतका विदेश सचिव विक्रम मिश्रीले पनि सम्झौताको पुष्टि गर्दै शनिबार दिउँसो ३:३५ बजे दुवै देशका सैन्य सञ्चालन महानिर्देशक (डीजीएमओ) बीच सम्पर्क भएको र साँझ ५ बजेदेखि सबै सैन्य कारबाही रोक्ने सहमति भएको बताए। मे १२ मा डीजीएमओ स्तरमा थप वार्ता हुने तय भएको छ।
तनाव गत अप्रिल २२ मा जम्मु र कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि चर्किएको थियो। जसमा २६ पर्यटक, मुख्यतः हिन्दू पुरुषको मृत्यु भएको थियो।
भारतले पाकिस्तानस्थित लश्कर–ए–तैयबा, संयुक्त राष्ट्रसंघद्वारा आतंकवादी घोषित संगठन, यसको जिम्मेवार रहेको आरोप लगाएको थियो, तर पाकिस्तानले संलग्नता अस्वीकार गर्यो। यो द्वन्द्वमा ६० भन्दा बढी सर्वसाधारणको मृत्यु भयो।
साउदी अरब र टर्कीले मध्यस्थतामा भूमिका खेलेको बताइएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी समकक्षी शेहबाज शरीफको “संयम र राजनेतृत्व” को प्रशंसा गरे।
युद्धविरामपछि पाकिस्तानले आफ्नो हवाई क्षेत्र खुला गरेको छ।
भारतमा लोकप्रिय बोतलबन्द पानी ब्रान्ड बिस्लेरीको नमूनामा कोलिफर्म ब्याक्टेरिया भेटिएपछि खाद्य नियामकले कारबाही अघि बढाएको छ।
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको दोस्रो घटना हो।
रोयटर्सका अनुसार अगस्ट १२ को सूचनाअनुसार नियामकले कम्पनीलाई प्रभावित ब्याचको बिक्री रोक्न निर्देशन दिएको थियो। नमूनाको पुनः परीक्षण गर्दा पनि कोलिफर्म ब्याक्टेरिया भेटिएको सरकारी अधिकारीले बताएका छन्।
बिस्लेरीले भने सरकारको निर्देशनअनुसार अगस्टमै सम्बन्धित ब्याच बजारबाट फिर्ता बोलाएको जनाएको छ। कम्पनीका अनुसार नियामकका प्रयोगशालाले नमूनामा कोलिफर्म ब्याक्टेरिया भेटिएको रिपोर्ट दिएका थिए। तर, कम्पनीले आफ्नै तर्फबाट गराएको स्वतन्त्र परीक्षणमा उक्त ब्याचको पानी खाद्य सुरक्षा मापदण्डअनुसार सुरक्षित पाइएको दाबी गरेको छ।
‘नियामक र स्वतन्त्र परीक्षणको नतिजामा देखिएको भिन्नताबारे गहिरो समीक्षा आवश्यक छ,’ कम्पनीले विज्ञप्तिमा भनेको छ। साथै, वास्तविकता पत्ता लगाउन एफएसएसएआईसँग सहकार्य जारी राख्ने पनि जनाएको छ।
बिस्लेरीका भारतभर १३० उत्पादन प्लान्ट र पाँच हजार ९८० वितरक छन्। भारतको प्याकेज गरिएको पिउने पानी बजारमा अग्रणी रहेको कम्पनीले पेप्सीको,कोका-कोला, टाटा र रिलायन्सजस्ता कम्पनीसँग प्रतिस्पर्धा गर्दै आएको छ।
बिस्लेरीको पानीमा समस्या देखिएपछि एफएसएसएआईले सबै राज्यलाई प्याकेज गरिएको पिउने तथा खनिज पानीको नियमित निरीक्षण र नमूना परीक्षण बढाउन निर्देशन दिएको छ। मापदण्ड पूरा नगर्ने कम्पनीमाथि आवश्यक कारबाही गर्न पनि भनिएको छ।
यसअघि पनि बिस्लेरीको पानीको नमूना असुरक्षित भेटिएपछि नियामकले कानुनी प्रक्रिया अघि बढाएको थियो। दोष प्रमाणित भए कम्पनीले जरिवाना र जेल सजायसमेत भोग्नुपर्ने हुन सक्छ। भारतमा पछिल्लो समय खाद्य तथा पेय पदार्थ उत्पादन गर्ने ठूला कम्पनीमाथि नियामक निकायले निगरानी र कारबाही बढाएका छन्।
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...