उत्तर कोरियाले बिहीबार बिहान पूर्वी समुद्रतर्फ केही छोटो दूरीका ब्यालिस्टिक मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाली सैन्य अधिकारीहरूले जनाएका छन्। उनीहरूले यसलाई ‘स्पष्ट उक्साहट’ को रूपमा व्याख्या गरेका छन्।
दक्षिण कोरियाको संयुक्त सेना प्रमुख (ज्वाइन्ट चिफ्स अफ स्टाफ) का प्रवक्ता ली सुङ जुनका अनुसार सम्भवतः उत्तर कोरियाले रूसलाई निर्यात गर्ने हतियारको परीक्षण गर्दैछ।
उत्तर कोरिया यतिबेला युक्रेनविरुद्धको युद्धमा रूसलाई सैन्य सामग्री र सैनिक सहयोग दिइरहेको छ।
अधिकारीहरूका अनुसार स्थानीय समय अनुसार बिहीबार बिहान ८:१० देखि ९:२० बजेसम्म उत्तर कोरियाको पूर्वी बन्दरगाह शहर वोनसान नजिकबाट एकसाथ धेरै मिसाइल प्रक्षेपण गरिएको थियो। तीमध्ये केही मिसाइल झण्डै ८०० किलोमिटर (४९७ माइल) टाढासम्म पुगेको बताइएको छ।
लीका अनुसार ती मिसाइलहरू सवारीसाधनबाट प्रक्षेपण गरिएका छोटो दूरीका ब्यालिस्टिक प्रणाली (सायद रुसको इस्कान्देर मिसाइलको जस्तै मोडेल) तथा ठूला-क्यालिबर रकेट तोप प्रणालीबाट फायर गरिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।
दक्षिण कोरिया र अमेरिका दुवैका गुप्तचर निकायहरूले प्रक्षेपणपूर्व नै आवश्यक तयारीहरू देखेर निगरानी थालेको र मिसाइल प्रक्षेपणपछि पनि ती ट्र्याक गरिएको ज्वाइन्ट चिफ्स अफ स्टाफको भनाइ छ।
दक्षिण कोरियाली सेनाले एक विज्ञप्तिमार्फत उत्तर कोरियाको यो कदमलाई क्षेत्रीय शान्ति र स्थायित्वमा खतरा पुर्याउने स्पष्ट उक्साहट भनेको छ।
उनीहरूले अब यो प्रक्षेपण उत्तर कोरियाले रूसलाई हतियार निर्यात गरिरहेको सन्दर्भसँग सम्बन्धित छ कि भन्ने विषयमा थप अनुसन्धान गरिरहेको जनाएका छन्।
यसअघि मार्चको सुरुमा पनि उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिका बीच प्रारम्भ भएको संयुक्त सैन्य अभ्यास सुरु भएको केही घण्टामै समुद्रमा केही ब्यालिस्टिक मिसाइल प्रक्षेपण गरेको थियो।
त्यसबेला अमेरिका स्थित इन्डो–प्यासिफिक कमाण्डले एक विज्ञप्ति जारी गर्दै भनेको थियो, “हामी उत्तर कोरियाबाट गरिएको मिसाइल प्रक्षेपणप्रति जानकार छौं र दक्षिण कोरिया, जापान तथा अन्य क्षेत्रीय साझेदारहरूसँग नजिकबाट समन्वय गरिरहेका छौं। अमेरिका यस्ता गैरकानुनी तथा अस्थिरता सिर्जना गर्ने कार्यहरूलाई घोर निन्दा गर्दछ र उत्तर कोरियालाई यस्ता कार्यहरू दोहोर्याउनबाट रोक्न आह्वान गर्दछ।”
यता, पछिल्लो समयमा उत्तर कोरियाले युक्रेन युद्धमा रूसलाई सैनिक सहयोग गरिरहेको पुष्टि गरेको छ। मार्चमा उत्तर कोरियाले करिब १५ हजार सैनिक रूस पठाएको बताइएको छ। जसमा करिब ५ हजार जनाको मृत्यु/घाइते भएको दक्षिण कोरियाली गुप्तचर निकायको मूल्याङ्कन छ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाको सहयोगप्रति धन्यवाद दिँदै उनीहरूको बलिदान कहिल्यै नबिर्सने बताएका छन्।
उत्तर कोरियाले यसबाहेक तोप, गोलीगठ्ठा तथा ब्यालिस्टिक मिसाइलहरू समेत रूसलाई आपूर्ति गरिरहेको आरोप अमेरिकाले लगाएको छ।
भारतमा लोकप्रिय बोतलबन्द पानी ब्रान्ड बिस्लेरीको नमूनामा कोलिफर्म ब्याक्टेरिया भेटिएपछि खाद्य नियामकले कारबाही अघि बढाएको छ।
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको दोस्रो घटना हो।
रोयटर्सका अनुसार अगस्ट १२ को सूचनाअनुसार नियामकले कम्पनीलाई प्रभावित ब्याचको बिक्री रोक्न निर्देशन दिएको थियो। नमूनाको पुनः परीक्षण गर्दा पनि कोलिफर्म ब्याक्टेरिया भेटिएको सरकारी अधिकारीले बताएका छन्।
बिस्लेरीले भने सरकारको निर्देशनअनुसार अगस्टमै सम्बन्धित ब्याच बजारबाट फिर्ता बोलाएको जनाएको छ। कम्पनीका अनुसार नियामकका प्रयोगशालाले नमूनामा कोलिफर्म ब्याक्टेरिया भेटिएको रिपोर्ट दिएका थिए। तर, कम्पनीले आफ्नै तर्फबाट गराएको स्वतन्त्र परीक्षणमा उक्त ब्याचको पानी खाद्य सुरक्षा मापदण्डअनुसार सुरक्षित पाइएको दाबी गरेको छ।
‘नियामक र स्वतन्त्र परीक्षणको नतिजामा देखिएको भिन्नताबारे गहिरो समीक्षा आवश्यक छ,’ कम्पनीले विज्ञप्तिमा भनेको छ। साथै, वास्तविकता पत्ता लगाउन एफएसएसएआईसँग सहकार्य जारी राख्ने पनि जनाएको छ।
बिस्लेरीका भारतभर १३० उत्पादन प्लान्ट र पाँच हजार ९८० वितरक छन्। भारतको प्याकेज गरिएको पिउने पानी बजारमा अग्रणी रहेको कम्पनीले पेप्सीको,कोका-कोला, टाटा र रिलायन्सजस्ता कम्पनीसँग प्रतिस्पर्धा गर्दै आएको छ।
बिस्लेरीको पानीमा समस्या देखिएपछि एफएसएसएआईले सबै राज्यलाई प्याकेज गरिएको पिउने तथा खनिज पानीको नियमित निरीक्षण र नमूना परीक्षण बढाउन निर्देशन दिएको छ। मापदण्ड पूरा नगर्ने कम्पनीमाथि आवश्यक कारबाही गर्न पनि भनिएको छ।
यसअघि पनि बिस्लेरीको पानीको नमूना असुरक्षित भेटिएपछि नियामकले कानुनी प्रक्रिया अघि बढाएको थियो। दोष प्रमाणित भए कम्पनीले जरिवाना र जेल सजायसमेत भोग्नुपर्ने हुन सक्छ। भारतमा पछिल्लो समय खाद्य तथा पेय पदार्थ उत्पादन गर्ने ठूला कम्पनीमाथि नियामक निकायले निगरानी र कारबाही बढाएका छन्।
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...