भारत र पाकिस्तानबीचको तनाव बुधबार रातिदेखि झनै चर्किएको छ।
दुवै देशले आ–आफ्ना क्षेत्रहरूमा एकअर्काका ड्रोन र मिसाइल आक्रमणको आरोप लगाउँदै तीव्र जवाफी कारबाहीमा उत्रिएको दाबी गरेका छन्।
पाकिस्तानी सेनाको जनसम्पर्क विभागले बिहीबार दिउँसो विज्ञप्ति जारी गर्दै बुधबार रातिदेखि हालसम्म भारतका २५ ड्रोन खसालिएको जनाएको छ। यसअघि पत्रकार सम्मेलनमा पाकिस्तानले १२ ड्रोन खसालेको दाबी गरेको थियो।
त्यसको केही मिनेटमै भारतले पनि विज्ञप्ति जारी गर्दै बुधबार रातिदेखि बिहीबार बिहानसम्म पाकिस्तानले उत्तर र पश्चिम भारतमा ‘सैन्य लक्ष्यहरूमा मिसाइल र ड्रोनमार्फत आक्रमण गर्ने प्रयास’ गरेको आरोप लगाएको छ। भारतका अनुसार ती प्रयासलाई ‘निस्क्रिय पारिएको’ छ।
भारतले थप विवरण दिँदै लाहोरसहित पाकिस्तानका विभिन्न स्थानमा रहेका एयर डिफेन्स राडार र प्रणालीहरूलाई लक्षित गरी कारबाही गरेको जनाएको छ।
भारतीय विज्ञप्तिमा भनिएको छ, ‘लाहोरस्थित एक हवाई रक्षा प्रणालीलाई निस्क्रिय बनाइएको विश्वसनीय स्रोतबाट थाहा भएको छ।’
यहीबीच लाहोरस्थित अमेरिकी महावाणिज्य दूतावासले त्यहाँका कर्मचारीहरूलाई ‘शेल्टर इन प्लेस’ रहने निर्देशन दिएको छ।
ड्रोन विस्फोट र आकाशीय आक्रमणको आशंकालाई लिएर लाहोरको मुख्य विमानस्थल आसपासका क्षेत्र खाली गरिँदै गरेको महावाणिज्य दूतावासले जनाएको छ।
यसबीच भारतले पाकिस्तानको गोलेबारीमा १६ जना सर्वसाधारणको ज्यान गएको जनाएको छ। जसमा ३ महिला र ५ बालबालिका पनि छन्।
भारतका अनुसार बुधबार बिहानदेखि पाकिस्तानले जम्मु–कश्मीरको कुपवाडा, बारामुला, उरी, पुंछ, मेंधार र राजौरी क्षेत्रमा मोर्टार र ठूलो तोप प्रयोग गर्दै ‘उक्साहटपूर्ण फायरिङ’ बढाएको छ।
भारतीय सेनाले जवाफी कारबाहीमार्फत पाकिस्तानी गोलेबारी रोकेको दाबी पनि विज्ञप्तिमा गरिएको छ।