पाकिस्तानका विदेशमन्त्री मोहम्मद इस्हाक डारले चीनका पाकिस्तानस्थित राजदूत जियाङ जैदोंगलाई भारतले गरेको हवाई आक्रमणबारे जानकारी गराएका छन्।
उनले भारतले पाकिस्तानको सार्वभौमिकता उल्लङ्घन गरेर गरेको हवाई आक्रमण र त्यसबाट भएको निर्दोष नागरिकको मृत्युबारे चिनियाँ राजदूतलाई जानकारी गराएका हुन्।
‘विदेशमन्त्री डारले पाकिस्तानको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षाका लागि दृढ प्रतिबद्धता व्यक्त गर्नुभएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘क्षेत्रीय सुरक्षासम्बन्धी विषयमा दुवै पक्षले विचार आदानप्रदान गर्दै सबै सम्बन्धित विषयमा निरन्तर समन्वय र संवाद कायम राख्ने सहमति जनाएका छन्।’
यसअघि चीनको विदेश मन्त्रालयले भारतको सैनिक कारबाहीलाई ‘दुर्भाग्यपूर्ण’ भन्दै टिप्पणी गरिसकेको छ।