भारतले पाकिस्तानमा गरेको हवाई कारबाहीपछि पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिको आपतकालीन बैठक बसेको छ।
बैठकपछि प्रधानमन्त्री कार्यालयबाट जारी विज्ञप्तिमा पाकिस्तानले आफू अनुकूल समय, स्थान र शैलीमा जवाफ दिने अधिकार सुरक्षित रहेको चेतावनी दिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त राष्ट्रसंघको चार्टरको धारा ५१ अनुसार पाकिस्तानले आफ्ना निर्दोष नागरिकहरूको मृत्यु र सार्वभौमिकताको खुलेआम उल्लङ्घनको बदला आफू अनुकूल समय, स्थान र शैलीमा लिने अधिकार सुरक्षित राख्दछ।’
पाकिस्तानका सशस्त्र सुरक्षालाई यसबारे आवश्यक कारबाही गर्न औपचारिक अधिकार दिइएको पनि विज्ञप्तिमा उल्लेख छ।
भारतको कारबाहीप्रति पाकिस्तानी जनताले गहिरो आक्रोश प्रकट गरेका छन्। विज्ञप्तिमा भनिएको छ, ‘भारतीय आक्रमणको विरोधमा पाकिस्तानी जनता सशस्त्र सेनाको साहस, वीरता र मातृभूमिको रक्षामा गरिएका तत्कालीन कदमप्रति गौरव महसुस गर्छन्।’
विज्ञप्तिमा पाकिस्तान राष्ट्र अझ कुनै पनि आक्रमणको सामना गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गरिएको छ।
यससँगै पाकिस्तानले अन्तर्राष्ट्रिय समुदायसँग भारतका अवैधानिक गतिविधिको गम्भीरता बुझ्न आग्रह गरेको छ। साथै, भारतले अन्तर्राष्ट्रिय कानून र सिद्धान्तको खुलेआम उल्लङ्घन गरेको भन्दै त्यसको जवाफदेही बनाउन पनि माग गरेको छ।
‘पाकिस्तान शान्तिको पक्षधर हो,’ विज्ञप्तिमा भनिएको छ, ‘तर उसले कहिल्यै पनि आफ्नो सार्वभौमिकता, क्षेत्रीय अखण्डता वा जनताको सुरक्षामा आँच आउन दिने छैन।’