पाकिस्तानमा भारतीय वायुसेनाले गरेको एयर स्ट्राइकपछि भारतले सात राज्यका ११ विमानस्थलमा उडान सञ्चालन बन्द गरेको छ।
श्रीनगर, जम्मू, लेह, चण्डीगढ, बिकानेर, जोधपुर, राजकोट, धर्मशाला, अमृतसर, भुज र जामनगर विमानस्थलमा सबै उडानहरू रोकिएका छन्।
यी सबै स्थान पाकिस्तान सीमासँग सटेका क्षेत्रहरू हुन्। सुरक्षा सतर्कता स्वरूप जम्मु–कश्मीर, पञ्जाब र राजस्थानका केही जिल्लामा विद्यालयहरू पनि बन्द गरिएका छन्।
यसैबीच, भारतीय सिख श्रद्धालुहरू पाकिस्तानको करतारपुर साहिब जाने करतारपुर कोरिडोरसमेत अस्थायी रूपमा बन्द गरिएको छ।
२२ अप्रिलमा पहलगाममा भएको आतङ्कवादी हमलाको १५ दिनपछि भारतले मङ्गलबार राति पाकिस्तान र पीओके (पाक अकुपाइड कश्मीर) का ९ स्थानमा आतंकवादी अड्डाहरूमा एयर स्ट्राइक गरेको हो। उक्त कारबाहीमा १०० भन्दा बढी आतङ्ककारी मारिएको भारतीय सुरक्षा स्रोतहरूको दाबी छ।
विमानस्थल बन्दसँगै भारतका तीन ठूला एयरलाइन्स एअर इन्डिया, इन्डिगो र स्पाइसजेटले विभिन्न सहरका उडानहरू स्थगित गरेका छन्।
एअर इन्डियाले जम्मू, श्रीनगर, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चण्डीगढ र राजकोटका उडानहरू १० मे बिहान ५:२९ बजेसम्म रद्द गरेको छ।
इन्डिगोले जम्मू, श्रीनगर, अमृतसर, लेह, चण्डीगढ, धर्मशाला, बिकानेर, जोधपुर, ग्वालियर, किशनगढ र राजकोटका सबै उडानहरू स्थगित गरेको छ।
यस्तै, स्पाइसजेटले लेह, श्रीनगर, जम्मू, कांगडा (हिमाचल), कांडला (गुजरात) र अमृतसरका उडान ७ मेसम्मका लागि बन्द गरेको छ।
इन्डिगोले मात्रै १० मेसम्म १६५ आन्तरिक उडानहरू रद्द गरिसकेको छ। सामान्य अवस्थामा इन्डिगोले दैनिक करिब २२०० उडान सञ्चालन गर्दै आएको थियो। दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र विभिन्न एयरलाइन्सका २० उडान रद्द गरिएका छन्।
भारत–पाकिस्तानबीचको बढ्दो तनावका कारण देशभर सुरक्षा सतर्कता बढाइएको छ। ‘अप्रेशन सिंदूर’ पछि राजधानी दिल्लीमा सुरक्षा कडाइ गरिएको छ भने इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा थप सुरक्षाकर्मीहरू तैनाथ गरिएको छ।
उता, विमानस्थल बन्दले आईपीएल खेलमा समेत असर परेको छ। धर्मशाला विमानस्थल बन्द भएपछि आईपीएल २०२५ अन्तर्गत हुने खेलका लागि मुम्बई इन्डियन्स टोलीको यात्रा प्रभावित भएको छ।
अब टोली सडकमार्गबाट गन्तव्य पुग्ने तयारीमा रहेको छ। मुम्बई इन्डियन्स र पञ्जाब किंग्सबीच ११ मेमा खेल हुने तालिका छ।