क्रिश्चियन डेमोक्रेटिक युनियन (सीडीयू) का अध्यक्ष फ्रेडरिक मर्ज जर्मनीका आगामी चान्सलर बन्ने भएका छन्। आइतबार भएको मतदानबाट ६ सय ३० मध्ये २ सय ८ सिटमा जित हासिल गर्दै सीडीयू २८ दशमलब ५ प्रतिशत मतका साथ सदनमा ठूलो दल भएको छ। चरम दक्षिणपन्थी दल ’अल्टर्नटिभ फर जर्मनी’ (एएफडी) १ सय ५२ सिट जित्दै २० दशमलब ८ प्रतिशत मतका साथ दोस्रो ठूलो दल बनेको छ भने वर्तमान सरकारको नेतृत्वकर्ता सोसल डेमोक्रेटिक पार्टि एसपीडी भने नमज्जाले हार व्यहोर्दै तेश्रो स्थानमा झरेको छ।
ओलाफ शोल्च पुनः चान्सलर उम्मेदवार रहेको एसपीडी १६ दशमलब ४ मत पाउँदै १ सय २० सिटमा खुम्चिएको छ। हरियो (ग्रीन) ले ११.६% मतका साथ ८५ सिट र बाँया (डी लिंके) ले ८.७% मतका साथ ६४ सिट हासिल गरेका छन्। प्रो व्यवसायी फ्री डेमोक्रेटिक पार्टी एफडीपी र बीएसडब्लूले ५% थ्रेसहोल्ड कटाउन सकेनन् भने विशेष रूपमा एफडीपीको खराब प्रदर्शनका कारण पार्टी नेता क्रिश्चियन लिण्डनरले सक्रिय राजनीतिबाट राजीनामा दिने घोषणा गरेका छन्। साथै एसएसडब्लू जस्तो अल्पसंख्यक पार्टीलाई ५% थ्रेसहोल्डको बाध्यता नहुने भएकाले यसले विशेष छुट प्राप्त गर्दै १ सिट जितेको छ। जुन संविधान र निर्वाचन नियम अनुसार सुरक्षित गरिएको छ।
जर्मनीको यो पटकको निर्वाचनमा ८३ दशमलव ५ प्रतिशत मतदान भएको छ। सन् १९९० मा पुनः एकीकरण भएयताको यो सबैभन्दा धेरै मतदान हो। जर्मनीमा मतदानका लागि पाँच करोड ९२ लाख मानिसहरू योग्य थिए। तीमध्ये दशौँ लाखले चुनावको दिन अघि नै हुलाकमार्फत् आफ्नो मत व्यक्त गरिसकेका थिए।
मेर्चको क्रिश्चन डेमोक्याट्स (सीडीयू) सबैभन्दा ठूलो दल बने पनि बहुमत अर्थात ३ सय १६ मत नपुगेकाले अरु दलसँग मिलेर सरकार गठन गर्न वार्ता सुरु गरिसकेको छ। वर्तमान चान्सलर ओलाफ शोल्चको दल एसपीडि गठबन्धनमा सहभागी हुन सक्ने राजनीतिक आँकलन गरिएको छ। सीडीयूले घोर दक्षिणपन्थी दोश्रो दल एएफडीसँग सरकार गठन नगर्ने बताएकाले सीडीयू र एसपीडीबीचकै ग्रयाण्ड गठबन्धनको सम्भावना प्रबल देखिन्छ। यसैगरी ग्रीन पाटिर्ले पनि गठबन्धनमा सामेल हुने इच्छा व्यक्त गरेपनि मेर्चले यस निर्वाचनबाट कम्तीमा दुई वटा दलबीचको गठबन्धनबाट सरकार बन्न सक्ने गरी स्पष्ट जनादेश दिन मतदाताहरूलाई आह्वान गरेका थिए। त्यसले आफूलाई देशले सामना गरिरहेका समस्या समाधान गर्न सक्षम बनाउने उनको चुनावी वाचा थियो। यसको अर्थ केन्या गठबन्धन ( सीडीयू, एसपीडी र ग्रीन ) को सम्भावना टरेको पनि राजनीतिक विष्लेशण हुन थालेको छ।
घोर दक्षिणपन्थी एएफडीबाट चान्सलरको उम्मेदवार बनेकी एलिस वाइडलले आफ्नो पार्टिलाई कमजोर बनाउने प्रयास गरे पनि समर्थकहरूको बलमा आफ्नो दल दोश्रो बएको दाबी गरिन्। एएफडीले अन्य भागभन्दा देशको पूर्वी भाग अर्थात एकिकरण अघिको पूर्वी जर्मनीमा अरू दलभन्दा धेरै मत पाएको छ।
मेर्चले एसपीडी लगायतसँग गठबन्धन सरकार बनाए पनि त्यो सफल नहुने दाबी गर्दै बाइडेलले अर्को चार वर्ष नपुग्दै ताजा चुनावमा जाने दाबी गरिन्। उनले आप्रवासनका मुद्दामा आफूहरू करिब करिब नजिक रहेको भन्दै सीडीयूलाई सरकार मिलेर बनाउन आग्रह समेत गरेकी थिइन्। तर मेर्चले त्यसलाई ठाडै अस्वीकार गरेपछि प्रमुख प्रतिपक्षमा एएफडी रहनेछ।
उता सरकारबाट बाहिरिन लागेका चान्सलर ओलाफ शोल्चले निर्वाचन परिणामले पार्टीको नराम्रो हार देखाएकाले गठबन्धन सरकार बनाउने वार्तामा आफू नैतिक जिम्मेवारी लिँदै सहभागी नहुने बताएका छन्। त्यसैगरी ग्रीनका नेता एबं चान्सलरका उम्मेदवार रोबर्ट हाबेकले पनि हारको नैतिक जिम्मेवार लिदैं सरकार गठनको महत्वपूर्ण भूमिकामा नरहने बताएका छन्।
सरकार गठनको प्रकृया
जर्मनी विश्वका प्रगतिशील लोकतान्त्रिक राष्ट्रहरूमध्ये एक हो। यहाँ संसदीय प्रणालीले बहुदलीय व्यवस्थालाई अङ्गीकार गरेको छ। जर्मनीको संसदीय प्रणालीमा मतदातासँग दुई किसिमका मत हुन्छन्। २ सय ९९ सिट प्रत्यक्ष उम्मेदवारका लागि हो भने ३ सय ३१ सिट समानुपातिक सूचीका लागि तय गरिएको छ। कुनै दलले संसद प्रवेशका लागि सामान्यतया ५% मत वा कम्तीमा तीन प्रत्यक्ष सिट जित्नुपर्ने हुन्छ।
एफडीपीको संसदमै प्रवेश असफल हुनु र बीएसडब्लूको कमजोर प्रदर्शनले निर्वाचनको समीकरणलाई धेरै फरक पारेको छ। एएफडीको दोश्रो स्थानले जर्मनीको राजनीतिक भविष्यमा महत्वपूर्ण असर पार्नेछ।
निर्वाचनपछि कुनै पनि दलले स्पष्ट बहुमत हासिल नगरेपछि अब मिलेर सरकार गठन गर्नुपर्छ। अब २५ मार्च अर्थात एक महिनाभित्र नयाँ संसदको पहिलो बैठक बसेर सरकार गठन गर्नुपर्ने हुन्छ। यदि सो समयसीमा भित्र सरकार गठन नभएका बर्तमान शोल्च नेतृत्वको सरकारले कामचलाउको रूपमा कामकारबाही अघि बढाउनेछ।
स्रोत : डीडब्लु मिडियासबैभन्दा ठूलो दलले अन्य दलहरूसँग वार्ता थाल्ने छ। यी वार्ताहरूले प्रत्येक दलका नीति, कार्यक्रम र प्राथमिकताहरूको समन्वय गर्न मद्दत गर्दछ। वार्ताको क्रममा दलहरूले साझा न्यूनतम कार्य तयार पार्नेछन्। जसमा आर्थिक, सामाजिक, श्रम, आप्रवाशन र ऊर्जा नीतिजस्ता महत्वपूर्ण मुद्दाहरू समेटिन्छन्। वार्ता सफल भएको खण्डमा गठबन्धनका दलहरूले एक लिखित सम्झौता तयार गर्छन् जसले भविष्यका नीतिहरू र कार्यान्वयनका ढाँचाहरूलाई स्पष्ट रूपमा अघि सार्ने छन्।
गठबन्धन सम्झौतापछि बुन्डेस्टागमा नयाँ चान्सलरको निर्वाचन हुन्छ यदि उम्मेदवारले बहुमतको समर्थन प्राप्त गर्छ भने राष्ट्रपतिको अनुमोदनपछि सरकार आधिकारिक रूपमा गठन हुन्छ। तर पदमा तालमेल भन्दा मुद्दा प्राथमिकतामा पर्ने हुँदा गठबन्धन वार्ताहरू सामान्यतया केही हप्तादेखि केही महिनासम्म चल्न सक्छन्। स्मरण रहोस, २०१७ मा “ग्रान्ड कोलिसन“ (सीडीयू र एसपीडि) बनाउने क्रममा लगभग पाँच महिनासम्म वार्ता भएको थियो। वार्ताको अवधिमा दलहरूका आफ्ना कार्यक्रम र नीतिहरूका कारण सहमति कायम गर्न कठिनाइ हुन सक्छ। अहिले सम्भावना रहेको ग्राण्ड गठबन्धनका पार्टिहरु सिडियू र एसपीडिका केहि समानताहरू पनि छन्। दुवै दलले युरोपेली एकता, सामाजिक कल्याण प्रणाली, हरित ऊर्जामा लगानी, नाटो र लोकतान्त्रिक मूल्यमान्यतामा समान मत राख्छन्। तर व्यापारमैत्री र कम कर नीति अपनाउने, आर्थिक उदारीकरणलाई प्राथमिकता दिने सिडियूको नीतिमा एसपीडीको फरक मत रहेको छ। उसले उच्च आय भएकामाथि कर लगाउने र सामाजिक सुरक्षा मजबुद गर्ने दृष्टिकोणमा जोड दिएको छ। त्यसैगरी सीडीयूले लचिलो श्रम कानुन र व्यवसायिक प्रतिस्पर्धात्मकता कायम गर्ने नीति लिएको छ भने एसपीडीले न्यूनतम ज्याला वृद्धि, कामदारहरूको अधिकार र सुरक्षामा जोड दिने भनेको छ। दुवै दलहरूले हरित ऊर्जालाई जोड दिनेमा समान विचार राख्दछन्।
सीडीयूले आप्रवासन नियन्त्रणलाई कडा पार्नुपर्ने धारणा व्यक्त गर्दै आएको छ। विशेष गरी शरणार्थीहरूको आगमनमा कडा नीति अपनाउन उसको योजना छ। जबकी एसपीडि आप्रवासनलाई समावेशी दृष्टिकोणबाट हेर्दै आप्रवासीहरूको अधिकार र सामाजिक एकीकरणलाई प्राथमिकता दिनुपर्ने मान्यतामा अघि बढेको छ। यदि यी दलहरूबीच गठबन्धन गठन भएमा आप्रवासन नीतिमा नियन्त्रण र समावेशीताबीच सन्तुलन खोज्ने प्रयासमा व्यापक बहस हुने अनुमान गरिएको छ।
सीडीयू र एसपीडि जस्ता प्रमुख दलहरूका बीचका मतभेदहरूलाई साझा न्यूनतम कार्यक्रम र विस्तृत कोलिसन सम्झौता मार्फत समाधान गर्ने प्रयास नै यस प्रणालीको बलियो पक्षको रूपमा हेरिन्छ।
स्रोत : डीडब्लु मिडियाको हुन् फ्रेडरिक मर्ज ?
फ्रेडरिक मर्ज क्रिश्चियन डेमोक्र्याटिक युनियन (सीडीयू) का अध्यक्ष हुन्। उनी एक परम्परागत विचारधाराका नेता मानिन्छन् र सामाजिक तथा आर्थिक नीतिमा दक्षिणपन्थी दृष्टिकोण राख्छन्। सामाजिक रूपमा उनले पारम्परिक परिवार संरचना, कडा आप्रवासन नीति र जर्मनीको सांस्कृतिक पहिचानलाई मजबुत पार्ने नीतिहरूको समर्थन गर्छन्। आर्थिक रूपमा मेर्च उदारवादी बजार अर्थतन्त्रका पक्षधर हुन् र कर कटौती तथा निजी लगानीलाई प्रवर्द्धन गर्ने नीतिहरूको वकालत गर्छन्। उनले जर्मनीमा उच्च आयकर दर घटाउनुपर्ने धारणा राख्दै आएका छन्, जसले उनलाई व्यावसायिक समुदायको समर्थन दिलाएको छ। पार्टिगत रूपमा उनले सीडीयू भित्रको रुढिबाढी धारलाई नेतृत्व दिँदै पार्टीलाई पूर्व चान्सलर एन्जेला मर्केलको मध्यमार्गी नीतिबाट फेरी परम्परागत दक्षिणपन्थी दिशामा लैजान खोजेका छन्। संसदीय राजनीतिमा मेर्च १९९४ देखि २००९ सम्म बुन्डेस्टाग (जर्मन संसद) का सदस्य थिए र २००० देखि २००२ सम्म बुन्डेस्टागमा संसदीय समूहका नेता थिए। पूर्व चान्सलर एवं पार्टि नेतृ एञ्जेला मर्केलसँग विचारमा समानता नभएपछि लामो समय राजनीतिबाट टाढा रहेर मेर्च निजी क्षेत्रमा संलग्न भए। ६९ वर्षीय मेर्चले १२ वर्षको राजनीतिक विरामपछि २०२१ मा पुनः बुन्डेस्टागमा प्रवेश गरे र २०२२ मा सीडीयूका दल नेता निर्वाचित भए।
व्यक्तिगत रूपमा मेर्चलाई प्रभावशाली, मिलनसार र कहिलेकाहीं हास्यपूर्णको रूपमा लिइन्छ, तर राजनीतिक निर्णय र विवादास्पद वक्तव्यहरूका कारण उनलाई आलोचनाको सामना पनि गर्नुपरेको छ। विगतमा आप्रवासन तथा सामाजिक मुद्दाहरूमा गरेका टिप्पणीहरूले आलोचनाको केन्द्रमा रहेका थिए।
यसअघि कहिल्यै मन्त्री नभएका उनले युरोपमा बलियो नेतृत्व दिने वाचा गरेका छन्। आफ्नो सैन्य बजेट कटौती गर्नुपर्ने आन्तरिक दबावबीच उनले युक्रेनलाई सहयोग बढाउने वाचा पनि गरेका छन्। जर्मनी युक्रेनमा दोस्रो धेरै सैन्य सहयोग गर्ने देश हो। यो देशको अबको नेतृत्वले रुसविरुद्धको लडाइँमा पश्चिमा शक्तिहरूको विभाजनसँगै युक्रेनी राष्ट्रपतिलाई निरङ्कुश भएको आरोप लगाएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सामना गर्नुपर्ने छ।
भारतमा लोकप्रिय बोतलबन्द पानी ब्रान्ड बिस्लेरीको नमूनामा कोलिफर्म ब्याक्टेरिया भेटिएपछि खाद्य नियामकले कारबाही अघि बढाएको छ।
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको दोस्रो घटना हो।
रोयटर्सका अनुसार अगस्ट १२ को सूचनाअनुसार नियामकले कम्पनीलाई प्रभावित ब्याचको बिक्री रोक्न निर्देशन दिएको थियो। नमूनाको पुनः परीक्षण गर्दा पनि कोलिफर्म ब्याक्टेरिया भेटिएको सरकारी अधिकारीले बताएका छन्।
बिस्लेरीले भने सरकारको निर्देशनअनुसार अगस्टमै सम्बन्धित ब्याच बजारबाट फिर्ता बोलाएको जनाएको छ। कम्पनीका अनुसार नियामकका प्रयोगशालाले नमूनामा कोलिफर्म ब्याक्टेरिया भेटिएको रिपोर्ट दिएका थिए। तर, कम्पनीले आफ्नै तर्फबाट गराएको स्वतन्त्र परीक्षणमा उक्त ब्याचको पानी खाद्य सुरक्षा मापदण्डअनुसार सुरक्षित पाइएको दाबी गरेको छ।
‘नियामक र स्वतन्त्र परीक्षणको नतिजामा देखिएको भिन्नताबारे गहिरो समीक्षा आवश्यक छ,’ कम्पनीले विज्ञप्तिमा भनेको छ। साथै, वास्तविकता पत्ता लगाउन एफएसएसएआईसँग सहकार्य जारी राख्ने पनि जनाएको छ।
बिस्लेरीका भारतभर १३० उत्पादन प्लान्ट र पाँच हजार ९८० वितरक छन्। भारतको प्याकेज गरिएको पिउने पानी बजारमा अग्रणी रहेको कम्पनीले पेप्सीको,कोका-कोला, टाटा र रिलायन्सजस्ता कम्पनीसँग प्रतिस्पर्धा गर्दै आएको छ।
बिस्लेरीको पानीमा समस्या देखिएपछि एफएसएसएआईले सबै राज्यलाई प्याकेज गरिएको पिउने तथा खनिज पानीको नियमित निरीक्षण र नमूना परीक्षण बढाउन निर्देशन दिएको छ। मापदण्ड पूरा नगर्ने कम्पनीमाथि आवश्यक कारबाही गर्न पनि भनिएको छ।
यसअघि पनि बिस्लेरीको पानीको नमूना असुरक्षित भेटिएपछि नियामकले कानुनी प्रक्रिया अघि बढाएको थियो। दोष प्रमाणित भए कम्पनीले जरिवाना र जेल सजायसमेत भोग्नुपर्ने हुन सक्छ। भारतमा पछिल्लो समय खाद्य तथा पेय पदार्थ उत्पादन गर्ने ठूला कम्पनीमाथि नियामक निकायले निगरानी र कारबाही बढाएका छन्।
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...