तीन वर्षदेखि जारी रुस-युक्रेन युद्ध अन्त्य हुने देखिएको छ। अमेरिकामा सरकार परिवर्तन भएसँगै आएको नीतिगत परिवर्तनले युक्रेनले अब पनि रुसको सामना गर्न सक्छ भन्ने कुरामा प्रश्न उठेको छ।
सिएनएनका अनुसार, ट्रम्प प्रशासनका शीर्ष अधिकारीहरूले युक्रेनमा युद्ध अन्त्य गर्ने उद्देश्यले वार्ता सुरु गर्न वरिष्ठ रूसी अधिकारीहरूसँग भेट्ने तयारी गरेका छन्।
राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज, विदेशमन्त्री मार्को रुबियो र मध्यपूर्वका लागि राजदूत स्टिभ विटकफ वरिष्ठ रूसी अधिकारीहरूसँगको बैठकका लागि साउदी अरेबिया जाने तयारी गरिरहेको समाचारमा उल्लेख छ। आगामी केही दिनभित्र हुने छलफलमा रूसका तर्फबाट को अधिकारीहरू उपस्थित हुनेछन् भन्ने खुलाइएको छैन।
क्रेमलिनले वासिङ्टनसँग प्रत्यक्ष वार्तामा संलग्न हुन उच्च-स्तरीय वार्ता टोली गठन गरेको समाचार यसअघि पनि आएको थियो। टोलीमा उच्चस्तरीय राजनीतिक नेतृत्व, गुप्तचर र आर्थिक व्यक्तित्वहरू सहभागी हुने देखिन्छ। उक्त टोलीमा हालै अमेरिकी कैदी रिहाइ सम्झौतामा पर्दा पछाडि प्रमुख भूमिका खेल्ने रूसी अधिकारी किरिल दिमित्रीभ पनि समावेश हुने चर्चा छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले यस हप्ताको सुरुमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सकारात्मक फोन संवादपछि लगभग तीन वर्षदेखि चलिरहेको युक्रेन युद्ध अन्त्य गर्न वार्ता तुरुन्तै सुरु हुने बताएका थिए। ट्रम्पले गत महिना पदभार ग्रहण गरेपछि अमेरिका प्रत्यक्ष रुपमा संलग्न भएका धेरै युद्धहरू समाप्त गर्ने दाबी गरेका थिए। सोही अनुसार ट्रम्पले युक्रेन द्वन्द्वलाई छिटो अन्त्य गर्न चाहेको स्पष्ट पार्दै आएका थिए।
शनिबार म्युनिख सुरक्षा सम्मेलनमा पोलिटिकोसँगको अन्तर्वार्तामा हाउसको विदेश मामिला समितिका अध्यक्ष माइक म्याककुलले पनि योजनाहरूको पुष्टि गर्दै भने, ‘रुबियो, वाल्ट्ज र विटकफलाई युक्रेनियन र रुसीहरूसँग युक्रेनको बारेमा कुरा गर्न साउदी पठाइँदैछ।’ यसअघि ट्रम्पले पनि निकट भविष्यमा साउदी अरेबियामा पुटिनसँग भेट्न सक्ने कुरा बताएका थिए। तर कुनै औपचारिक निर्णय भने भएको छैन। ट्रम्पले पुटिनसँग फोनमा कुरा गरेपछि भनेका थिए, ‘हामीलाई लाग्छ कि हामी सम्भवतः साउदी अरेबियामा भेट्नेछौँ, पहिलो भेट।’
राष्ट्रपतिले छलफलमा साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले भूमिका खेल्ने संकेत गरे। अमेरिकी नागरिक मार्क फोगेलको रिहाइमा साउदी युवराजको महत्वपूर्ण भूमिका रहेको बताइन्छ। म्युनिख र मध्यपूर्वको ठूलो यात्राको क्रममा रुबियो आगामी दिनमा साउदी अरेबियाको भ्रमण गर्ने अमेरिकी विदेश मन्त्रालयले यसअघि नै घोषणा गरिसकेको छ।
शनिबार इजरायल पुगेका रुबियोले रूसी विदेशमन्त्री सर्गेई लाभरोभसँग फोन संवाद गरेका थिए। विदेश विभागका प्रवक्ता ट्यामी ब्रुसले रूसी समकक्षीसँग भएको कुराकानीपछि भने, ‘युक्रेनमा द्वन्द्वको अन्त्य गर्ने राष्ट्रपति ट्रम्पको प्रतिबद्धतालाई सचिवले पुनः पुष्टि गर्नुभयो। यसका साथै, उनीहरूले अन्य धेरै द्विपक्षीय मुद्दाहरूमा सँगै काम गर्ने अवसरको बारेमा छलफल गरे।’
रूसी विदेश मन्त्रालयले पनि ‘युक्रेन वरपरको अवस्थाको समाधान सहित वर्तमान अन्तर्राष्ट्रिय मुद्दाहरूमा सहयोग गर्ने पारस्परिक प्रतिबद्धता’ बारे चर्चा भएको भनेको छ। संवादमा दुवैले नियमित सम्पर्क कायम राख्न सहमति जनाएका छन्। त्यसमा उच्चस्तरीय रूसी-अमेरिकी बैठकको तयारी पनि समावेश भएको मन्त्रालयले जनाएको छ।