अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि इजरायलले गाजामा पुनः आफ्नो सैन्य कारबाही सुरु गर्ने निर्णय गरेमा आफूले समर्थन गर्ने बताएका छन्। उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा यस्तो जानकारी दिएका हुन्।
उनले भनेका छन्, ‘इजरायलले अब आजको १२ बजेको समयसीमा भित्र सबै बन्धकहरूलाई रिहा गर्न के गर्ने भनेर निर्णय गर्नुपर्नेछ। अमेरिकाले उनीहरू (इजरायल) ले गर्ने कुनै पनि निर्णयमा समर्थन गर्नेछ।’ ट्रम्पले कुरा गरिरहेको समयसीमामा, उनी कुन समय क्षेत्रको बारेमा कुरा गरिरहेका छन् भन्ने कुरा स्पष्ट छैन।
यसअघि हमासले इजरायलमाथि युद्धविरामका सर्तहरू उल्लङ्घन गरेको आरोप लगाउँदै बन्धकहरूको रिहाइमा रोक लगाउने बताएको थियो। त्यसपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र ट्रम्पले युद्धविराम समाप्त गरेर पुनः कारबाही सुरु गर्ने चेतावनी दिए। चेतावनीपछि शनिबार हमासले तीन जना बन्धकहरूलाई रिहा गरेको थियो। बदलामा इजरायलले पनि झण्डै तीन सय प्यालेस्टिनीलाई रिहा गर्यो।