सुरक्षित मातृत्वबारे जनचेतना अभाव, चुनौती बन्दै मातृ-शिशु मृत्युदर
१९ जेष्ठ २०७९
•
५ मिनेट पाठ
सुरक्षित मातृत्वबारे जनचेतना अभाव, चुनौती बन्दै मातृ-शिशु मृत्युदर
इलाम सदरमुकाममा सुरक्षित मातृत्व र नवजात शिशुुबारे पत्रकारहरूलाई जानकारी दिइँदै। तस्बिर: भीम/नागरिक
जनचेतना र सूचना अभावमा सुरक्षित मातृत्वको अवस्था दयनीय पाइएको छ। जिल्लाको विगत ३ वर्षको तथ्यांक केलाउँदा सुरक्षित मातृत्वबारे धेरै दम्पतीमा चेतना नै नपुगेको र सरोकारवालाले सूचना पुर्‍याउन नसकेको पाइएको हो।  




सुरक्षित रूपमा प्रसूति नगराउँदा, गर्भवती/सुत्केरी अवस्थामा खोप, स्वास्थ्य जाँचलगायत सेवा नलिँदा मातृ–शिशु मृत्युदर उच्च देखिएको छ। स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा गतवर्ष ११ सुत्केरी र १५ नवजात शिशुको मृत्यु भएको छ। बर्सेनि ६ हजार प्रसूति भएको जिल्लामा मातृ र नवजात शिशु मृत्युको यो दर उच्च भएको इलाम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रभु साहले बताए। ‘६ हजार प्रसूति हुँदा ११ को मृत्यु हुनु सामान्य होइन,’ उनले भने, ‘कतिपय अवस्थामा सेवा लिने व्यक्तिलाई सुरक्षित मातृत्वबारे ज्ञान अभाव देखिन्छ भने कतिपय महिला प्रसूति भइसकेपछि नियमित जाँचमा नआउँदा मृत्युको मुखमा पुगिरेहका छन्।’ उनले सुत्केरीप्रति विभिन्न सामाजिक कुरसंस्कारले पनि महिलालाई मृत्युको मुखमा धकेलिरहेको बताए।  

डा.साहले प्रसूति भएपछि पनि १५ दिन, १ महिना, ४५ दिनजस्तो अवधिमा आमा र शिशुको जाँच गर्नुपर्ने बताए। ‘अहिलेको तथ्यांक हेर्दा प्रसूति भएपछि यो जाँच नगराउने महिलाको संख्या नै धेरै छ,’ उनले भने, ‘प्रसूति भइसकेपछि महिलाहरू जाँच गराउनै आउनुहुन्न, उहाँहरू बरु आगो बालेर घरमै निसास्सिएर बस्नुहुन्छ, त्यसले झन् जोखिम बढाइरहेको देखिन्छ।’

त्यतिमात्र होइन, स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति गराउने गर्भवतीको संख्या आर्थिक वर्ष २०७८/०७९ मा २६ प्रतिशतमात्रै छ। कार्यालयका सूचना अधिकारी विमल बरालले मानिसमा चेतना नपुगेकै कारण स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको संख्या थोरै भएको बताए। ‘कतिपय महिला आफूलाई थाहा भएर पनि प्रसूति गराउन स्वास्थ्य संस्था आइदिँदैनन्,’ बरालले भने, ‘सरकारले प्रोत्साहनका विभिन्न कार्यक्रम ल्याएपनि प्रसूति गराउन स्वास्थ्य संस्था पुग्ने महिलाको संख्या चाहिँ दयनीय नै देखिन्छ।’ आव २०७७÷७८ मा यो संख्या २५ प्रतिशत थियो भने ०७६/७७ मा २२ प्रतिशतमात्र थियो।

जिल्लामा गर्भवती जाँच गराउनेको संख्या पनि निकै थोरै छ। गर्भवती महिलाले कम्तीमा ४ पटक गर्भ जाँच गराउनुपर्ने चिकित्सक बताउँछन्। तर, आर्थिक वर्ष २०७८/०७९ मा जिल्लामा भएका गर्भवतीमध्ये पहिलोपटक जाँच गराउने ६६ प्रतिशतमात्र छन्। आव २०७७/७८ मा ५९ प्रतिशत र आव ०७६/७७ मा यो संख्या ६० प्रतिशतमात्र देखिन्छ।  

चारैपटक नियमित जाँच गराउने गर्भवतीको संख्या चाहिँ आव ०७८/०७९ मा ४३ प्रतिशतमात्रै छ। २०७७/७८ मा ३६ र त्यसभन्दा अघिको आवमा ३३ प्रतिशतले मात्रै गर्भवती भएका बेला कम्तीमा ४ पटक गर्भ जाँच गराएका थिए।  

सुत्केरी भएपछि पनि ४५ दिनभित्र आमा र शिशुको कम्तीमा ३ पटकसम्म स्वास्थ्य जाँच गराउनुपर्छ। तर, यसरी जाँच गराउनेको संख्या चाहिँ चालु आवमा १० प्रतिशतमात्र देखिएको छ। त्यसअघि यो प्रतिशत ७ र अघिल्लो वर्ष ४ प्रतिशतमात्र थियो। चिकित्सकका अनुसार महिलाको मृत्युको सबैभन्दा बढी संख्या यहीबेला (प्रसूतिपछि ४५ दिनभित्र)को छ।  

कार्यालयका अनुसार गर्भवती अवस्थामा खानुपर्ने फोलिक एसिड र आइरन चक्की पनि चालु आवमा ३५ प्रतिशतले मात्र खाएको देखिएको छ। प्रसूति भइसकेपछि ४५ दिनसम्म खानुपर्ने फोलिक एसिड र आइरन चक्की खानेको संख्या पनि २० प्रतिशतमात्रै रहेको कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी बराल मातृशिशु मृत्युदर घटाउन स्वास्थ्य संस्थाको मात्रै सक्रियताले सम्भव नहुने बताउँछन्। ‘महिला र तिनका परिवार आफैं सचेत हुनुपर्छ,’ उनले भने, ‘मिडियामा आउने सूचनाहरू राम्रोसँग सुुन्ने–पढ्ने र आफूलाई थाहा नभएको विषयमा स्वास्थ्यकर्मीसँग सल्लाह लिने गर्नुपर्छ।’  

जिल्ला स्वास्थ्य प्रमुख आदित्य शाक्यले इलामका कतिपय गर्भवती नियमित जाँच र प्रसूति गराउन बाहिरी जिल्लाका अस्पताल पनि जानेगरेको बताए। ‘गतवर्ष करुणा फाउन्डेसनले गरेको सर्वेक्षणमा गर्भवती र प्रसूतिले बाहिरी जिल्लासमेत गएर सेवा लिने गरेको पाइएको थियो,’ उनले भने, ‘त्यतिबेलाको विवरण घर–घरै गएर संकलन गरिएको थियो तर अरूबेला चाहिँ जिल्लाकै स्वास्थ्य संस्थामा सेवा लिन आउनेको मात्रै तथ्यांक रहन्छ। सेवा लिन बाहिरी जिल्ला जानेको तथ्यांक हुँदैन।’

मातृशिशु मृत्युदर घटाउनेबारे सरोकारवालासँग छलफल गरिरहेको सप्तरीस्थित बुद्ध हेल्थ प्रोमोसन एजुकेसन सेन्टरका संयोजक लक्ष्मीनारायण देवले गाउँ–गाउँमा सुरक्षित मातृत्वबारे चेतना नपुगेको बताए। ‘धेरैजसोलाई त यसबारे चेतना नै छैन तर चेतना भएकाहरू पनि स्वास्थ्य संस्थामा पाइने सेवा लिन नआउँदा मातृशिशु मृत्युको जोखिम कायमै छ,’ उनले भने, ‘परिवार नियोजन (योजना) गर्ने दम्पतीमा सुरक्षित मातृत्वबारे चेतना हुनु आवश्यक छ।’ देवले सुरक्षित मातृत्वबारे चेतना फैलाउन आवश्यक देखिएका १ नम्बर प्रदेशका इलाम, झापा र सुनसरीमा अहिले आफूहरूले सरोकारवालासँग छलफलसमेत गरिरहेको बताए।  

डा.साहले कुनैपनि देशको स्वास्थ्य अवस्था मातृशिशुको स्वास्थ्य अवस्थाले बताउने बताए। ‘मातृशिशु मृत्युदर जुन देशमा कम छ, त्यहाँको समग्र स्वास्थ्य अवस्था राम्रो छ भन्ने सूचक त्यही हो,’ उनले भने, ‘जहाँ मातृशिशु मृत्युदर बढी छ, त्यो देशको सम्पूर्ण स्वास्थ्य अवस्था दयनीय रहेछ भन्ने बुझिन्छ।’  

नेपालमा सन् १९९६ मा मातृशिशु मृत्युुदर प्रतिलाख ५८ रहेकामा सन् २०१६ मा यो दर प्रतिलाख २१ मा झरेको छ। सरकारले सन् २०३० मा यो दरलाई प्रतिलाख १२ मा झार्ने लक्ष्य लिएको छ। तर, यो लक्ष्य प्राप्त गर्न कठिन रहेको डा.साह बताउँछन्। प्रत्येक ५ वर्षमा संकलन गरिने यो तथ्यांक सन् २०१६ पछि सन् ०२१ सम्मको आउन बाँकी नै रहेको उनले जनाए।  

मृत्यु भएका सुत्केरीमध्ये २० देखि २४ वर्ष उमेरसमूहका सबैभन्दा धेरै ३३ प्रतिशत छन्। मृत्यु भएकामध्ये ४० प्रतिशतको सुत्केरी भएको ४८ घन्टाभित्र मृत्यु भएको छ। ‘सुत्केरी महिलाको मृत्यु चाहिँ सुत्केरीको कारणले भन्दा पनि नन् अब्स्ट्रेटिक (अरू बिराम)को कारणले देखिन्छ,’ डा. साहले भने, ‘यसरी मृत्यु हुनेको प्रतिशत ३९ प्रतिशत छ।’ मृत्यु भएकामध्ये गर्भवती वा सुत्केरीलाई अस्पताल लैजाँदा मृत्यु भएकाको प्रतिशत ३८ छ। ३५ प्रतिशतको मृत्युमा बढी रक्तश्रावको कारण देखिएको छ।
अर्को समाचार
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
७ घण्टा अघि
•
१ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाका गर्भवती महिलालाई सुत्केरी व्यथाले भन्दा बढी चिन्ता स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भन्ने हुन्थ्यो। विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए। कतिपय महिला त स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा घरमै सुत्केरी हुन बाध्य थिए।




अब भने त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाका गर्भवती महिलाले स्थानीय स्तरमै प्रसूति सेवा पाउने भएका छन्। तातोपानी गाउँपालिकाले ३६ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बर्थिङ सेन्टरबाट सेवा सञ्चालनसमेत सुरु भएको छ।

शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि टोप्ला र आसपासका डुंग्री क्षेत्रका महिलालाई प्रसूति सेवाका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म यहाँका महिलाले कठिनाइ भोग्दै आएका थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्‍याउन परिवारका सदस्यले भोग्नुपर्ने सास्ती झनै कठिन थियो।

स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा प्रसूति सेवा दिने पूर्वाधार नहुँदा महिलाले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका थिए। 'वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,' उनले भने।

गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम बस्तीका महिलालाई प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न बर्थिङ सेन्टर निर्माण गरिएको बताए। 'दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,' उनले भने, 'भवन बनिसकेको छ। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ।'

गाउँपालिकाले भौगोलिक कठिनाइलाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्‍याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको छ।

प्रदेशसभा सदस्य शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।

सरकारले संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। टोप्लामा बर्थिङ सेन्टर सञ्चालनले उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाको अपेक्षा छ। आवश्यक उपकरण तथा सामाग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने संयोजक चौलागाईंले बताए।

तर भवन निर्माण र सेवा सञ्चालनसँगै सुरक्षित प्रसूतिको पूर्ण सुनिश्चितता गर्नुपर्ने चुनौती पनि छ। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको नियमित उपलब्धता, पर्याप्त उपकरण, घेरबार तथा परिसर व्यवस्थापन र चौबिसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।

स्थानीय महिला साउनी रोकायाले बर्थिङ सेन्टरलाई भवन निर्माणमा मात्र सीमित राख्न नहुने बताइन्। 'यो एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,' उनले भनिन्, 'आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउनेछन्।'

उक्त टोप्लामा बर्थिङ सेन्टर स्थापना हुनु दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदम हो। गर्भवती महिलाले आवश्यक परेको जुनसुकै बेला दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा पाउने छन्।
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस