तेस्रो डोज पनि आवश्यक
१२ जेष्ठ २०७८
•
२ मिनेट पाठ
तेस्रो डोज पनि आवश्यक
इभा ठुअ/लिरिक ली




चिनियाँ अधिकारीले अत्यधिक जोखिममा रहेका समूहका व्यक्तिलाई लगाइएको खोपको प्रभावकारिता ६ महिनामा घट्ने बताउँदै तेस्रो डोज पनि लगाउन आवश्यक रहेको औंल्याएका छन्। चीनको सामाजिक सञ्जालमा ‘खोपको प्रभावकारिताको ६ महिना अवधि सकिएपछि के गर्ने’ भन्ने वाक्यांश सप्ताहान्तमा ट्रेन्डिङमा छ र शनिबार यता ८० लाखले यो ह्यासट्याग प्रयोग गरेका छन्। सर्वसाधारण नागरिकलाई जानकारी दिन र बहस सुरु गर्ने उद्देश्यले यो ह्यासट्याग चीनको सरकारी टेलिभिजन सिसिटिभीले सुरु गरेको थियो। यस अभियानलाई सरकारी समर्थन रहेको मानिएको छ।

चीनको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) का प्रमुख जर्ज गाओले गत महिना चीनले निर्माण गरेका खोपको प्रभावकारिता ‘त्यति धेरै’ नभएको र यी खोपलाई थप सुधार गर्न आवश्यक रहेको बताएका थिए तर उनको भनाइ पछि सेन्सर गरिएको थियो। उनले खोपका विभिन्न ब्रान्डलाई मिसाएर अथवा थप डोज दिएर खोपको प्रभावकारिता बढाउने सोच चीन सरकारको रहेको बताएका थिए। 

उनको भनाइ सार्वजनिक भएपछि चीनका सरकारी प्रमुख समाचार माध्यममा खोपको तेस्रो डोजको आवश्यकता सम्बन्धमा विभिन्न समाचार प्रकाशनमा आएका छन्। यसबाट बेइजिङले पनि खोपको थप डोजको आवश्यकतालाई स्वीकार गरेको देखिएको छ। तर खोपको तेस्रो डोज आवश्यक परेमा यसअघि नै आवश्यक मात्रामा खोप उत्पादन गर्न संघर्ष गरिरहेका चीनका खोप निर्माताका लािग निकै ठूलो चुनौती थपिनेछ।  

चीनको सिनोफर्म कम्पनीले निर्माण गरेको खोप धेरै मात्रामा प्रयोग गरेको संयुक्त अरब इमिरेट्सले गत साता खोपको दुवै डोज लगाएका नागरिकलाई तेस्रो डोज पनि लगाइने घोषणा गरेको थियो। पछिल्ला साता अमेरिकाका जनस्वास्थ्य विज्ञले पनि फाइजर र मोर्डना खोप लगाएकाले एक वर्षमा खोपको बुस्टर डोज लगाउनुपर्ने बताउँदै आएका छन्। चीनको सिडिसीमा कार्यरत इम्युनोलोजिस्ट साओ यिमिङले खोपले ६ महिनापछि प्रभावकारिता गुमाउने चीनको सरकारी समाचार माध्यम सिन्ह्वालाई गत बिहीबार बताएका थिए।‘

अत्यधिक जोखिम समूहमा रहेका मानिसमा हुने खोपको प्रभावकारिताको ह्रासलाई हामीले ट्र्याक गर्न जरुरी छ र उनीहरूलाई समयमै बुस्टर डोज दिनुपर्छ,’ उनले भनेका थिए। चीनका २ प्रमुख खोप निर्माता कम्पनी सिनोफर्म र क्यानसिनोले पनि खोपको दीर्घकालीन प्रभावकारिताका लागि बुस्टर डोज आवश्यक पर्ने जनाएका छन्। सिनोभ्याकका अध्यक्षले गत मार्चमा भाइरसका नयाँ भेरियन्टलाई पनि ध्यान दिई खोपमा सुधार गर्न कम्पनीले गृहकार्य गरिरहेको बताएका थिए।  (वासिङ्टन पोस्ट)
अर्को समाचार
विश्व स्वास्थ्य संगठनको निर्देशनपछि मात्र नेपालमा बुस्टर खोप
११ भदौ २०७८
•
२ मिनेट पाठ
विश्व स्वास्थ्य संगठनको निर्देशनपछि मात्र नेपालमा बुस्टर खोप
नेपालमा कोभिड १९ विरुद्धको बुस्टर(थप डोज) खोपबारेको निर्णय विश्व स्वास्थ्य संगठनको निर्देशनपछि मात्र लिइने भएको छ। ‘बुस्टर डोज आवश्यक छ कि छैन भन्ने विषयमा संगठनको निर्देशन आएपछि मात्र हामीले पनि निर्णय लिन्छौं,’ कोभिड १९ विरुद्धको खोप समितिका सल्लाहकार डा. श्यामराज उपे्रतीले भने। अमेरिका तथा केही अन्य मुलुकले कोभिड १९ को पूरा डोज खोप लिएका नागरिकको हकमा बुस्टर डोज दिने तयारी गरिरहेका छन्।




उप्रेतीका अनुसार कुन खोपले एकै डोजमा काम गर्छ र कुन खोपलाई बुस्टर डोज चाहिन्छ भन्ने विषयमा अध्ययन भइनसकेको र विश्वका थुपै्र देशले कोभिड १९ विरुद्धको पहिलो डोज खोपसमेत नलिइसकेको हुनाले विश्व स्वास्थ्य संगठनले अहिल्यै निर्णय नगरेको डा. उप्रेतीले बताए।  

परिवार कल्याण महाशाखाका खोप शाखाका प्रमुख डा. झलक गौतमले नेपालमा प्रयोग भइरहेका खोपको विषयमा बुस्टर डोज आवश्यक छ कि छैन भन्ने विषयमा अध्ययन पूरा भइनसकेको र विश्व स्वास्थ्य संगठनको निर्देशनसँगै नेपाल सरकारले निर्णय लिने बताए। डा. गौतमका अनुसार नेपालमा सबैलाई खोप दिएपछि तथा विश्व स्वास्थ्य संगठनको निर्देशन आएमा मात्र बुस्टर डोजको विषयमा निर्णय लिने स्थिति रहेको छ। ‘अहिलेसम्म विश्व स्वास्थ्य संगठनले कुनै पनि देशलाई बुस्टर डोजका लागि अनुमति दिएको छैन,’ उनले भने। अमेरिका, जर्मनी जस्ता विकसित देशको हकमा भने आफ्नै नीति निर्णयका साथ बुस्टर डोज दिने तयारी भइरहेको उनको भनाइ छ।

राष्ट्रिय इपिडिमियोेलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनीले कुनै पनि सरुवा रोगमा पूर्ण एन्टिबडी सुनिश्चतता गर्नको लागि बुस्टर डोज आवश्यक भएको बताए। तर विश्वका नेपाल जस्तै सयौं देशका नागरिकले खोप लगाउन बाँकी रहेको र आफैं निर्णय लिने क्षमता नभएकाले नेपालले विश्व स्वास्थ्य संगठनको निर्देशन पर्खिनुपरेको बताए। ‘विश्वभरि थुपै्र गरिब देशले अहिले पनि पहिलो मात्र खोप लगाउन बाँकी रहेकाले विश्व स्वास्थ्य संगठनले निर्देशन नदिएको हुनसक्छ तर थप खोप लगाउन मिल्छ,’ डा. मरासिनीले भने। 

नेपालमा खोपको पूर्ण सुरक्षाको लागि अन्य खोप पनि तीन डोजसमेत दिइरहेकोले कोभिडविरुद्धको खोप पनि थप एक डोज दिन मिल्ने उनको तर्क छ। नेपालले विपन्न समूहलाई सरकारले खरिद गरी बुस्टर डोज दिने र किन्नसक्ने परिवारका लागि आफैं किनेर लगाउने नीति लिएर बुस्टर डोज खोप दिन सकिने स्थिति रहे पनि नेपालको संविधान र संक्रामक रोग उपचार ऐनअनुसार सरकारले सबै नागरिकलाई निःशुल्क उपचार तथा खोपको व्यवस्था गर्नुपर्ने व्यवस्था रहेकाले यो नीतिको बाटो नेपाल सरकार अघि बढ्नसक्ने स्थिति नरहेको डा. मरासिनीले बताए। 
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस