कपिलवस्तुमा झन बढ्यो कुष्ठरोगी
२७ भदौ २०८१
•
४ मिनेट पाठ
कपिलवस्तुमा झन बढ्यो कुष्ठरोगी
फाइल तस्बिर
जिल्लामा १२ वर्ष अघि कुष्ठ रोग निवारण भएको घोषणा गरिए पनि रोगीको संख्या झन बढ्दै गएको छ। बर्षोदेखि शून्यमा झार्ने अभियान सञ्चालन गरिरहँदा कपिलवस्तुमा भने कुष्ठ रोगीको संख्या बढ्दै गएको हो।




अचेतना र खुला सीमाका कारण कुष्ठरोगीको संख्या बढ्दै गएको स्वास्थ्यकर्मी बताउँछन्। कुष्ठ रोगीको संख्या नघटे पछि यसको नियन्त्रणमा चुनौती देखिएको छ। प्रति १० हजार जनसंख्या बराबर १ बिरामी भन्दा कम हुने पर्नेमा गत आर्थिक वर्ष २०८०/०८१ मा २ दशमलव ७ प्रतिशतका दरले १ सय ८८ नयाँ कुष्ठ रोगी फेला परेको स्वास्थ्य कार्यालय कपिलवस्तुका क्षयकुष्ठ अधिकृत माहोम्द ईरफानले बताए। १ प्रतिशत भन्दा बढी बिरामी फेला परेको कपिलवस्तु सहित तराईका १२ जिल्ला छन्। 

आर्थिक वर्ष २०७९/८० मा मा यहाँ २ दशमलव १ प्रतिशत दरले बर्ष १ सय ६७ जना नयाँ कुष्ठरोगी फेला परेको थियो। गत आवमा १४ वर्ष भन्दा कम उमेरका १० जना रोगी समेत फेला परेका छन्। यस्तै १० जना अपांग समेत फेला परेको छन्। आर्थिक वर्ष २०७८/०७९ मा १ दशमलव ८ प्रतिशतका दरले  वर्ष १ सय २३ जना नयाँ कुष्ठ रोगी फेला परेका थिए। २०७७/०७८ मा १ दशमलव ९ का दरले १ सय २८ जना रोगी फेला परेका थिए। १० पालिकाको ३६ वटा वडामा खोज पडताल गर्दा ५६ जना नयाँ कुष्ठ रोगी फेला परेका थिए।

यस्तै ६ वटा शिविर सञ्चालन गर्दा २१ जना नयाँ कुष्ठ रोगी भेटिएका थिए। रोगीहरूको सम्पर्कमा रहेको व्यक्तिहरूको जाँच गर्दा १७ जना र स्वास्थ्य सेवा विभागले समेत खोज पडतालको काम गर्दा १५ जना कुष्ठ रोगी फेला परेका थिए। अघिल्लो आर्थिक बर्ष १ सय ४९ जनाले कुष्ठ रोगका औषधी सेवन गर्दै आएका थिए। गत आर्थिक बर्ष १ सय ९ जनाले एक वर्षको र ४० जनाले नौ महिनाको औषधी सेवन गर्दै  आएका छन्। चालु आर्थिक बर्ष १ वर्षका १ सय २४ जना र ६ महिनाका ६४ जनाले औषधी सेवन गर्दै आएका छन्।

जिल्लाबाट १२  वर्ष अघि कुष्ठरोग निवारण भएको घोषणा गरिएको थियो। तर अशिक्षा र खुला सीमाकाकारण ओहोरदोहोर बढ्दा बिरामी बढ्दै गएका छन्। अहिले बिरामी बढ्दै जाँदा रोग निवारण भएको घोषणा कायम राख्न चुनौती बनेको छ। जिल्लाको जनसंख्याको प्रति दश हजारमा १ जना भन्दा भन्दा कम बिरामी भए कुष्ठरोग निवारण भएको मानिन्छ । त्यो बढेर तेब्बर हुन लागेको छ।

बिरामी बढ्दै जाँदा रोग उन्मुलन भएको घोषणा समस्या बनेको छ। मुलुकबाट ०६६ माघ ५ मा जनस्वास्थ्य समस्याबाट राष्ट्रिय स्तरमै कुष्ठरोग निवारण भएको घोषणा गरिए थियो। तर यहाँ ८ वर्षदेखि बिरामी बढ्दै गएका छन्। बिरामी बढ्दा जिल्लामा भने रोग निवारण चुनौती बन्दै गएको छ  गरिब, विपन्नता कारण उपचार गराउन नजाने प्रवृत्तिले कुष्ठ रोगीको संख्या बढ्दै गएको स्वास्थ्यकर्मी बताउँछन्। कुष्ठरोगले तत्कालै ठुलो समस्या नपर्दा सम्म अस्पताल नजाने प्रवृत्ति छ।

लामो समय अस्पताल नजाँदा रोग जटिल बन्दै गई अंगभंग हुने अवस्था आउँछ। त्यसपछि समस्या हुन थालेपछि मात्र बिरामी स्वास्थ्य केन्द्रसम्म पुग्ने गर्छन्। ‘समस्या गाहैं बन्दै गएको छ’ स्वास्थ्य कार्यालय प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक नारायण चौधरीले भने। महिला घर काममा लाग्नु पर्ने बाध्यता छ’ यशोधरा गाउँपालिकाको शिहोखोर  स्वास्थ्य चौकी अहेब केशव घिमिरेले भने, ‘थला नपरुन्जेल उपचारकालागि नआउने प्रवृत्तिले समस्या बढ्दो छ।’ सर्ने खालको कुष्ठरोगले छालामा असर गरे पनि तत्काल शरीरमा प्रभाव पार्दैन स्वास्थ्य कार्यालयका क्षय–कुष्ठ अधिकृत मोहम्मद ईफानले भने ‘ त्यही भएर बिरामी हेलचक्रयाई गर्छन्।’ हिँडडुल गर्न, कामकाज गर्न समस्या नपर्ने हुँदा बिरामी स्वास्थ्य प्रति ध्यान नदिँदा समस्या भइरहेको छ उनले भने।

कुष्ठरोगका कीटाणुले बिस्तारै असर गर्दै छाला बाक्लो हुने, गिर्खाहरू देखा परेर स्नायुमा असर गर्छ। हात गोडा छुँदा पनि थाह नपाउने र मांसपेशी कमजोर बनाउँदै लैजान्छ। त्यस पछि शारीरिक रुपमै कुरूप र कामकाज गर्न समस्या भए पछि बिरामी स्वास्थ्य संस्थाको सम्पर्कमा आउने हुँदा संख्या बढ्दै गएको अधिकृत ईफानले भने। रोग लागेको २ देखि ५ वर्ष भित्र लक्षण देखा पर्छ । त्यस पछि नराम्ररी प्रभावित बनाउँछ।

मुलकका कुष्ठ प्रभावित १२ जिल्ला मध्ये कपिलवस्तु एक हो। भारतसँगको खुला सीमाका कारण तराईका जिल्लामा कुष्ठरोग निवारण समस्या र चुनौती भइरहेको स्वास्थ्य कार्यालय प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक चौधरीले बताए। पहाडी क्षेत्रबाट बसाइसराइ गरेर आउने बिरामी र भारतीय बजारमा रोजगारी गरेर फर्कने बिरामीका कारण रोगीको संख्या बढ्दै गएको उनले बताए।

माईक्रो बेक्टेरियमबाट सर्ने उक्त रोग निको पार्न रिफामपीसीन, एमबी पिबी नामक औषधी अवस्था हेरी ६ महिना र १ बर्ष सम्म नियमित सेवन गर्नु पर्छ। गम्भीर खाललाई एमबी र सामान्य खालका रोगीलाई पिबी औषधी दिइने गरिएको छ। न चिलाउने र लाटोफुस्रो दाग देखा पर्छ। बिस्तारै शरीरको सेल मार्दै जाने, अंगभंग हुने र बिरामी अपाङ हुने सम्मको अवस्था आउँछ।

समयमै रोग लागेको पत्ता लगाई उपचार गरेमा शरीर अंगभंग हुदैन्। अरुलाई यो रोग सार्ने सम्भावना ज्यादै न्यून हुन्छ। कुष्ठरोगको निः शुल्क उपचार औषधी समेत सरकारी स्वास्थ्य संस्थामा पाइन्छ। कुष्ठ रोग निवारणकारलागि जिल्लामा अभियान नै चलाउनु पर्ने स्वास्थ्यकर्मी बताउँछन्। 
अर्को समाचार
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
८ घण्टा अघि
•
१ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाका गर्भवती महिलालाई सुत्केरी व्यथाले भन्दा बढी चिन्ता स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भन्ने हुन्थ्यो। विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए। कतिपय महिला त स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा घरमै सुत्केरी हुन बाध्य थिए।




अब भने त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाका गर्भवती महिलाले स्थानीय स्तरमै प्रसूति सेवा पाउने भएका छन्। तातोपानी गाउँपालिकाले ३६ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बर्थिङ सेन्टरबाट सेवा सञ्चालनसमेत सुरु भएको छ।

शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि टोप्ला र आसपासका डुंग्री क्षेत्रका महिलालाई प्रसूति सेवाका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म यहाँका महिलाले कठिनाइ भोग्दै आएका थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्‍याउन परिवारका सदस्यले भोग्नुपर्ने सास्ती झनै कठिन थियो।

स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा प्रसूति सेवा दिने पूर्वाधार नहुँदा महिलाले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका थिए। 'वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,' उनले भने।

गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम बस्तीका महिलालाई प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न बर्थिङ सेन्टर निर्माण गरिएको बताए। 'दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,' उनले भने, 'भवन बनिसकेको छ। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ।'

गाउँपालिकाले भौगोलिक कठिनाइलाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्‍याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको छ।

प्रदेशसभा सदस्य शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।

सरकारले संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। टोप्लामा बर्थिङ सेन्टर सञ्चालनले उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाको अपेक्षा छ। आवश्यक उपकरण तथा सामाग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने संयोजक चौलागाईंले बताए।

तर भवन निर्माण र सेवा सञ्चालनसँगै सुरक्षित प्रसूतिको पूर्ण सुनिश्चितता गर्नुपर्ने चुनौती पनि छ। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको नियमित उपलब्धता, पर्याप्त उपकरण, घेरबार तथा परिसर व्यवस्थापन र चौबिसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।

स्थानीय महिला साउनी रोकायाले बर्थिङ सेन्टरलाई भवन निर्माणमा मात्र सीमित राख्न नहुने बताइन्। 'यो एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,' उनले भनिन्, 'आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउनेछन्।'

उक्त टोप्लामा बर्थिङ सेन्टर स्थापना हुनु दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदम हो। गर्भवती महिलाले आवश्यक परेको जुनसुकै बेला दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा पाउने छन्।
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस