रोल्पा/रुकुम भन्ने बित्तिकै आम मानसपटलमा माओवादी सशस्त्र द्धन्द्धको याद आउँछ। विगतको १० बर्षे युद्ध, अनि त्यसपछिको परिवर्तनसँगै धेरैले रोल्पा/रुकुमलाई सम्झना गर्छन्। हुन पनि हो, उक्त द्धन्द्धमा रोल्पाका ९ सय ६९ जनाले ज्यान गुमाए भने ३३ जना बेपत्ताको सूचीमा छन्। त्यसो त रुकुममा पनि हजार बढिले ज्यान गुमाए भने करिब दर्जनाैं बेपत्ताको सूचीमा छन्।
तर करिब एक दशकको द्धन्द्ध सकेर जनताकै हातबाट लेखिएको भनिएको संविधानमा उल्लेख गरिएको मौलिक हकबाट भने यहाँका जनता बन्चित छन्। कुनै समय राता मान्छेका रुपमा परिचित यहाँका मान्छेहरुसँग यतिबेला काला कथाहरु मात्र बाँकी छन्।
रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिकाकी ३७ बर्षिया एक महिला लामो समय देखि पाठेघर खस्ने समस्याबाट ग्रसित छिन्। बाहिर झुण्डिएको पाठेघरले असजिलो हुँदाहुँदै पनि नियमित दैनिकी कामकारबाही गर्न बाध्य छिन्। उपचारका लागि जिल्ला अस्पताल सम्म पुग्न पनि कठिन छ। १४ बर्षको उमेरमा बिहे गरेकी उनले ६ बर्षमा लगातार ४ छोरी जन्माइन्। छोरी मात्र जन्मे पछि उनी परिवारको तिरस्कारमा पनि परिन्। सानो उमेरमा बच्चा जन्माए पछि परिवारको अवहेलनासँगै शारीरिक र मानसिक रुपमा पनि अस्वस्थ बन्न थालिन्।
‘पाठेघर झर्न थालेको मस्तै बर्ष भयो। औषधि गर्न जानलाई पैसो हुँदैन।’ उनले भनिन्, ‘छोरी मात्र जन्मेपछि परिवारले पनि हेला गर्न थाले। आज नर्सले पाठेघर अड्याउन चुरी जस्तो रबर राखिदिनु भएको छ। अब सजिलो हुन्छ कि।’
सोही ठाउँकी अर्की महिलाले पाठेघर झरेर सताउन थालेको धेरै बर्ष भएको दुख पोखिन्। आर्थिक समस्याका कारण अलि परको जिल्ला अस्पताल सम्म पनि उनी पुग्न सकिनन्। बाहिर पाठेघर निस्कन थाले पछि उनको लागि दैनिकी नारकिय बन्न थाल्यो। पाठेघर खसेको समस्या श्रीमानलाई समेत सुनाउन लाज मानेका कारण लामो समय सम्म उनी पीडा दबाउन बाध्य भइन्। झरेको पाठघरमा घाउ समेत देखिन थाले पछि बाँच्न भन्दा मर्न मन लागेको उनले सुनाइन्। ‘दोस्रो बच्चा जन्मे देखि पाठेघर झर्न थालेको हो। त्यही पनि श्रीमानले अरु तीन बच्चा जन्माउन बाध्य बनाए।’ उनले भनिन्, ‘दुखै पाएर जीवन सकिने भो। मर्ने बेलामा शिविरमा आएका नर्सले रबरको चुरी राखिदिए पछि अब सजिलो होला भन्ने आश जागेको छ।’
गतिलो उपचारको अभावमा लामो समयदेखि पाठेघरको समस्या बोकेर गुजारा चलाइरहेका उनीहरुलाई गाउँमा बिहिबार र शुक्रबार सञ्चालन भएको महिला शिबिरमा स्वास्थ्यकर्मीले पाठेघर अड्याउन रिङ्ग राखिदिए पछि धेरै सजिलो भएको छ। त्यो रिङ्ग खस्यो वा कुनै कारण फेर्नु पर्ने भयो भने अर्को शिविर कुर्न नपरोस भन्ने उनीहरुको चाहाना छ। महिलाहरुमा स्वास्थ समस्या धेरै रहेको पूर्वी रुकुमको पुथामा २ दिने निशुल्क महिला स्वास्थ शिविर तथा स्वास्थ्य मेला सम्पन्न भएको हो। महिला पुनःस्थापना केन्द्र ओरेक रुकुमको र पुथाउत्तरगंगा गाउँपालिकाको सहकार्यमा स्त्री रोग विशेषज्ञ डा. सृजना हमालको टोलीले २ दिनमा २ सय ८० बिरामीको स्वास्थ्य जाँच-उपचार गर्नुका साथै दर्जन बढि महिलाको पाठेघर अड्याउन रिङ राखिदिएको छ।
डा. सृजना हमाल यहाँका महिलाहरुमा सेतोपानी बग्ने र पाठेघर खस्ने समस्या अत्याधिक रहेको बताउँछिन्। ‘सानो उमेरमा बिहे गर्ने, धेरै बच्चा जन्माउने र सुत्केरीका समयमा गरुङ्गो भारी बोक्ने गरेका कारण यो समस्या धेरै आएको हो। पाठेघर खस्ने र सेतोपानी बग्ने समस्या बढि छ। यसो हुनुमा सरसफाईको कमि र श्रीमानको कारण पनि हुन्छ। समयमा उपचार नहुनु अर्को समस्या हो’, डा. हमाल थप्छिन्, ‘धेरैमा पहिलो चरणको पाठेघर खस्न सुरु भएको देखियो। अहिलेलाई रिङ राखिएको छ। तीन महिनामा रबरको रिङ फेर्नु पर्छ। तालिम दियो भने हेल्थपोष्टका कर्मचारीले पनि फेर्न सक्छन्।’
आफ्नो पालिकामा यति धेरै समस्या देखेपछि गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा भन्छिन, ‘महिलाको समस्या देख्दा असाध्यै पिर लाग्छ। उपाध्यक्षसँग गर्भवती महिला कार्यक्रम अन्तर्गत गाउँमा पाठेघरको समस्या धेरै रहेको तथ्याङ्क देखिएपछि ओरेकसँगको सहकार्यमा शिविर राखेका हौ।’
उनी भन्छिन्, ‘मेरो पालिकामा मात्र नभएर अन्त पनि यस्तो समस्या छ। यहाँका धेरै ठाउँमा शिविर सञ्चालन गर्नुपर्छ। राज्यका तर्फबाट ध्यान दिईनुपर्छ। भौतिक विकासलाई मात्र विकास देख्ने आँखाका कारण स्वास्थ्य समस्या समाधानमा गाह्रो भएको हो।’ उनले महिलाको स्वास्थ्य समस्याका सवालमा सधैँ गम्भिर रहने बताइन्।
दुई दिन चलेको शिविरमा महिलाहरुको पाठेघर खस्ने समस्या, फिस्टुला, यौन रोग, पाठेघरको मुखको क्यान्सर जाँच लगायतको परीक्षण तथा उपचार गरिएको थियो। पाठेघर झरेर जटिल अवस्थामा पुगेका र फिस्टुलाको समस्यामा रहेका महिलाहरुलाई सरकारी निकायसँगको सहकार्यमा सुविधा सम्पन्न अस्पतालमा लगेर अप्रेसन सेवा प्रदान गरिने ओरेक रुकुमका जिल्ला संयोजक दिपा धितालले बताइन्। उनका अनुसार २ सय ३० महिलाहरुको जाँच गर्दा १ सय २३ जनाको पाठेघरमा समस्या रहेको देखिएको छ।