सदरमुकाम लिवाङमा रहेको जिल्लाको एक मात्र अस्पतालमा डाक्टर र औषधि दुवै छन्। नि:शुल्क भनिएका केहि औषधि सँगै स्वास्थ्य परीक्षणका लागि प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे लगायत आधारभूत सेवा पनि छन्। जटिल अवस्थाका सुत्केरीको शल्यक्रिया, हर्निया, हाईड्रोसिल जस्ता समस्याको अप्रेशन पनि हुन्छ तर अस्पताल सम्म आउने आर्थिक हैसियत नहुँदा दुर्गम गाउँका जनताहरु आज पनि शरीरमा रोग बोकेर बाँच्न छन्। आर्थिक अधिकारसहित सत्ताको दैलोमा बसेकाहरुले आवश्कता पहिचान नगरेका कारण कमजोर आर्थिक अवस्थाका रोल्पालीहरुले गतिलो उपचार पाउन नसकेका हुन्।
जनताले आफैं लेखिएको भनिएको संविधानमा आधारभूत अधिकार भनिएको स्वास्थ्य सेवा रोल्पाका गाउँमा अझै पुगेको छैन। शुक्रबार परिवर्तन गाउँपालिका २ राङसीमा जिल्ला अस्पताल रोल्पा र सत्प्रयास समूहको आयोजनामा सम्पन्न एकदिने निशुल्क स्वास्थ्य शिविरमा ५ सय ७५ जनाले सेवा लिएका थिए। हाड जोर्नी÷नसारोग विशेषज्ञ तथा रोल्पा अस्पताल प्रमुख डा.सोम आले, डा. तिलक डागी र डा.सबिना घर्तीले बिहानै देखि बेलुका अबेर सम्म उक्त बिरामीहरुको जाँच गरेका थिए।
दैनिक स्वास्थ्य सेवा नपाएका उनीहरुले शिविरको फाइदा लिएका हुन्।
करिब एक सय बढि हाडजोर्नी÷नसर्ने रोगका बिरामी जाँचेका रोल्पा अस्पताल प्रमुख डा.सोम आले पहाडी क्षेत्रमा भिरबाट लडेका पुराना रोगी र बाथरोगका बिरामी धेरै आएको बताउँछन्। ‘यहाँ आर्थिक र चेतनाको अभावमा बिरामीले समयमा सेवा लिन नपाएको देखियो। समग्रमा स्वास्थ्य पहुँच नपुगेको हो।’ डा. आले थप्छन् ‘धेरैलाई जिल्ला अस्पताल आउन समेत गाह्रो छ। स्वास्थ्यबिमा सम्बन्धी जानकारी छैन।’
शिविरमा २ सय ५ जनाको भिडियो एक्सरे गरेका डा. तिलक डांगीले यीमध्ये २५ प्रतिशत बिरामीमा मृगौलाको पत्थरी देखिएको बताए। ‘पत्थरीको कारण पानी हुन सक्छ। रोल्पाका पानीमा क्याल्सीयम बढि छ। उमालेर नखाने चलन छ त्यसैले पनि पत्थरीको समस्या बढि भएको हुन सक्छ।’ उनी भन्छन्, ‘यति सानो समस्यामा अस्पताल के जानु भन्ने सोच छ। ढाड दुख्ने र खुटटा झमझम गर्ने भन्ने बिरामी बढि छन्।’
डा. डांगी रोल्पामा यस्ता शिविर निकै आवश्कता रहेको बताउँछन्। उनका अनुसार रोल्पामा पाठेघर, हर्नियाका र गाठागुठि पलाएका केस प्रयाप्त छ। मानसिक समस्याका बिरामी पनि छन्।
आर्थिक अधिकार सहित घर छेउमा आएका भनिएका स्थानीय सरकारहरुले आफ्ना मतदाताहरुको स्वास्थ्यमा कहिले ध्यान दिन नसकेको स्थानीयहरु बताउँछन्। ‘गाउँपालिकाले चाहेमा यस्ता शिविर टोल टोलमा आयोजना गर्न सक्छ। बुढाबुढी, हिँड्न नसक्ने अनि औषधि गर्ने पैसा नहुनेका लागि राहत त हुन्थ्यो।’ स्थानीय एक शिक्षक भन्छन,् ‘शिक्षा र स्वास्थ्य सुधारमा जनप्रतिनिधिलाई कुनै मतलब छैन।’
केन्द्र सरकारले जनजिविकामा प्रत्यक्ष नजर पुर्यायन सकेन भन्दै देशलाई संघियतामा लगेर गाउँगाउँमा सिंहदरबार स्थापना गरेको नेपाली राजनीतिले गतिलो भूमिका निभाउन नसकेको रोल्पालीहरुको गुनासो छ। ‘एउटा वडामा एक दिनमा ५ सय बढि उपचारका लागि आउनु सानो कुरा हैन। के रोल्पालीले उपचारका लागी जहिले शिबिर कै भर पर्नु पर्ने ?’ एक स्थानीय भन्छन्, ‘यहि शिविर पनि एकदुई महिनामा एकपटक भए त हो।’