४० वर्षमा सवा करोड बिरामीको आँखा उपचार
०१ फागुन २०७९
•
४ मिनेट पाठ
४० वर्षमा सवा करोड बिरामीको आँखा उपचार
आँखा बा’का नामले लोकप्रिय प्राध्यापक डा. रामप्रसाद पोखरेललाई मायाको चिनो प्रदान गर्दै सगरमाथा चौधरी आँखा अस्पतालका अध्यक्ष रवीन्द्रलाल चौधरी । तस्बिर मिथिलेश/नागरिक
लहान आँखा तथा कान उपचार प्रणालीअन्तर्गत सवा करोडभन्दा बढीले उपचार सेवा लिएका छन्। लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालले सार्वजनिक गरेको तथ्यांकअनुसार ४० वर्षको अन्तरालमा प्रणालीअन्तर्गत देशविदेशका गरी १ करोड २४ लाख ३० हजार ४ सय ६७ जनाले आँखा तथा कान उपचार गराइसकेका छन्। सगरमाथा चौधरी आँखा अस्पतालमा मात्रै ७१ लाख ९८ हजार १ सय ५ जना आँखा बिरामीको उपचार भइसकेको छ। यस अवधिमा समग्रमा २० लाख ९४ हजार १५ आँखा तथा कान बिरामीको शल्यक्रिया भएको छ। सगरमाथा चौधरी आँखा अस्पतालले मात्रै १३ लाख २२ हजार १ सय २७ आँखा बिरामीको शल्यक्रिया गरेको छ।




लहान आँखा तथा कान उपचार प्रणालीका प्रमुख प्रशासक सुधीर ठाकुरका अनुसार प्रणालीअन्तर्गत मधेस प्रदेशमा सगरमाथा चौधरी आँखा अस्पताल र प्रदेश १ मा विराटनगर आँखा अस्पताल छन्। वाग्मती प्रदेश, प्रदेश १ र मधेस प्रदेशमा ३० वटा आँखा उपचार केन्द्र सञ्चालनमा रहेको उनले बताए। ४० वर्षमा सगरमाथा चौधरी आँखा अस्पतालले १३ लाख २२ हजार १ सय २७ आँखाका बिरामीको शल्यक्रियामार्फत दृष्टि फर्काइदिएको सोही अस्पतालका प्रबन्धक अभिषेक रोशनले नागरिकलाई बताए। अस्पतालले सुविधासम्पन्न आधुनिक भवनबाट उपचार सेवा पनि दिन थालेको छ। त्यहाँ जनरल फिजिसियन सेवादेखि आँखाका सम्पूर्ण जाँच तथा उपचार र आवासको व्यवस्था उपलब्ध छ। प्रबन्धक रोशनका अनुसार भवनमा २८ वटा ‘डिलक्स रुम’ छन्। ‘यहाँ उपचारका लागि चाहिने उपकरणदेखि अन्य सुविधा पनि विश्वस्तरको छ,’ उनले भने।प्रबन्धक रोशनका अनुसार देशका सबै जिल्लाबाट र भारत, बंगलादेश,  भुटानलगायत देशबाट पनि आँखाका बिरामी आउने गरेका छन् ।  

भारतमा विश्वकै पहिलो र दोस्रो ठुलो आँखा अस्पताल छन्। तर भारतीय बिरामीसमेत उपचारका लागि सगरमाथा चौधरी आँखा अस्पतालमा आउने गरेको प्रबन्धक रोशनको भनाइ छ। उनका अनुसार भारत मध्यपुरा जिल्लाका रामअवतार र शिवशंकर भगतले संयुक्त पत्र लेखेर ‘संसार देख्ने आस मारिसकेका हामीलाई संसार देखाउने आदरणीय चिकित्सकलाई धन्यवाद’ भनी आभार व्यक्त गरेका छन्। भगतद्वयले जस्तै धन्यवादसहित पठाइएका पत्र स्मरणीय रहेको अस्पतालका अध्यक्ष रवीन्द्रलाल चौधरीले बताए।

भारतमै थुप्रै अस्पतालले आँखा उपचार सेवा गर्दै आए पनि भारतीय बिरामीमाझ सगरमाथा चौधरी आँखा अस्पतालको उपचारप्रतिको विश्वास रहेको त्यहाँबाट आउने बिरामीको भिडले नै पुष्टि गर्छ। ‘सगरमाथा चौधरी आँखा अस्पतालले सगरमाथाजस्तै नेपालको नाम विश्वभर फैलाइरहेको छ,’ बुद्धिजीवी विश्वनाथ महतोले भने। प्रायः हुनेखाने नेपाली स्वास्थ्यमा समस्या भयो कि उपचारका लागि भारत दौडन्छन्। ‘तर छिमेकी मुलुक भारतका नागरिक नेपालकै अस्पतालमाथि विश्वास गर्नुले यसको गुणस्तरीयतालाई पुष्टि गर्छ,’ उनले भने। शल्यक्रियाका आधारमा विश्वमै अब्बल यो आँखा अस्पताल मधेस प्रदेश लागि ‘चिकित्सा पर्यटन’को बलियो स्रोत भएको नेपाल नेत्र ज्योति संघका महासचिव भरतबहादुर चन्दले बताए।

नेपाल नेत्र ज्योति संघका पूर्वअध्यक्ष प्राध्यापक डा. तीर्थप्रसाद मिश्रले भने, ‘नेपाल नेत्र ज्योति संघअन्तर्गतका आँखा अस्पतालहरूलाई जोड्ने हो भने विश्वमै पहिलो आँखा अस्पताल हाम्रो हुन्छ। मुलुकमा यो अस्पताल अब्बल स्थानमा छ।’ अहिलेसम्म कुनै विवादमा नपरेको उक्त अस्पतालमा दैनिक आउने बिरामीमा नेपाली र विदेशीको संख्या बराबरी छ। विदेशी बिरामीमध्ये करिब ९० प्रतिशत भारतीय हुन्छन्। यस प्रकारको चिकित्सा पर्यटन (मेडिकल टुरिजम) ले मधेस प्रदेशको व्यापार मात्र होइन, गौरव पनि बढाएको लहान नगरपालिकाका प्रमुख महेश चौधरीले बताए।  

यो अस्पताल सगरमाथाजस्तै नेपालको नाम विश्वभरमा चम्काएको लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतोले बताए। सन् १९८३ मा स्थापित यो अस्पताल बिरामीले तिर्ने न्यूनतम शुल्क र दातृ संस्थाको सहयोगबाट चलिरहेको छ। यस अस्पतालमा मुलुककै १५ उत्कृष्ट आँखा रोग विज्ञसहित झन्डै ४ सय चिकित्सक एवं प्रशासनिक कर्मचारी कार्यरत छन्। यस अस्पतालमा वार्षिक जँचाउन आउने बिरामीको संख्या ६ लाख ६७ हजार ३३ र शल्यक्रिया गराउनेको संख्या ६३ हजार २ सय २३ छ। यसभन्दा अघिल्लो वर्ष जचाउन आउने बिरामीको संख्या ४ लाख ७० हजार २ सय ४९ र शल्यक्रिया गराउनेको संख्या ५० हजार ८१ थियो। अस्पताल प्रशासनका अनुसार यस वर्ष ४७ हजार २ सय ४८ मोतियाबिन्दु बिरामीको शल्यक्रिया गरिएको छ। जसमा फेको प्रविधिमार्फत १४ हजार १ सय १० जनाको शल्यक्रिया गरिएको छ। यो प्रविधि यसै अस्पतालका संस्थापक निर्देशक डा. एलब्रेच्ट हेनिङको आविष्कार हो। यो प्रविधि विश्वभरका नेत्र विज्ञहरूले प्रयोग गर्दै आएका छन्। यो अस्पतालमा जाँचका लागि आउने बिरामीको संख्या बढ्दो क्रममा रहेको अस्पताल प्रशासनले जनाएको छ।  

अस्पतालका अध्यक्ष चौधरीले गुणस्तरीय उपचार मात्र नगरे वार्षिक ३ करोड रूपैयाँ बराबरको निःशुल्क सेवासमेत दिँदै आएको बताए। लहान र विराटनगर आँखा अस्पतालले वार्षिक डेढडेढ करोड रूपैयाँ बराबरको च्यारिटीमा उपचार गर्दै आएको उनले बताए। अन्धोपन निवारण आफूहरूको मूलमन्त्र भएको उनले बताए। नेपाल नेत्र ज्योति संघका पूर्वअध्यक्ष मिश्रले यो अस्पताल अन्धोपन निवारणको क्षेत्रमा महŒवपूर्ण एवं उपलब्धिमूलक कार्य गरिसकेको बताए। अस्पतालले आफ्नो आधुनिक भवनको उद्घाटन ‘आँखा बा’का नामले लोकप्रिय प्राध्यापक डा. रामप्रसाद पोखरेलबाट गराएको छ।
अर्को समाचार
सगरमाथा चौधरी आँखा अस्पतालः ४३ वर्षमा करिब दुई करोड आँखा बिरामीको उपचार
२८ माघ २०८२
•
४ मिनेट पाठ
सगरमाथा चौधरी आँखा अस्पतालः ४३ वर्षमा करिब दुई करोड आँखा बिरामीको उपचार
४३ औं वर्षमा विश्वकै अब्बल सगरमाथा चौधरी आँखा अस्पताल । तस्बिर: मिथिलेश यादव/नागरिक
लहान आँखा तथा कान उपचार प्रणालीअन्तर्गत करिब दुई करोडले उपचार सेवा लिएका छन् । लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालले आफ्नो ४३ औं वार्षिकोत्सवको अवसरमा बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार ४३ वर्षको अन्तरालमा प्रणालीअन्तर्गत देशविदेशका गरी १ करोड ६६ लाख ९१ हजार ३ सय ८७ जनाले आँखा तथा कान उपचार गराइसकेका छन् ।  




सगरमाथा चौधरी आँखा अस्पतालमा मात्रै ९२ लाख १४ हजार २ सय २२ जना आँखा तथा कान बिरामीको उपचार भइसकेको छ । यस अवधिमा समग्रमा २४ लाख ६७ हजार १ सय ३१  आँखा बिरामीको र ३२ हजार ७ सय ६२ जना कान बिरामीको शल्यक्रिया भएको छ । सगरमाथा चौधरी आँखा अस्पतालले मात्रै १५ लाख १३ हजार १ सय १३ जना आँखा तथा कान  बिरामीको शल्यक्रिया गरेको छ ।

अस्पतालका प्रमुख प्रशासक अभिषेक रोशनका अनुसार सन् २०२५ मा मात्र यस अस्पतालले ७ लाख ४२ हजार ८ सय ४२ जना आँखा बिरामीको उपचार गरेको छ । जसमा ६२ हजार २ सय ६६ जना आँखा बिरामीको शल्यक्रिया गरेको रोशनले बताए ।

प्रभावकारी उपचार सेवा दिएवापत यस अस्पताल हालै विश्वस्तरीय सम्मानबाट सम्मानित भएको रोशनले बताए । हङकङमा आयोजित एसिया प्यासिफिक एकेडेमी अप्थल्मोलोजी अवार्ड २०२६ बाट यस अस्पताललाई सम्मान गरिएको उनले बताए ।

लहान आँखा तथा कान उपचार प्रणालीका प्रमुख प्रशासक सुधीर ठाकुरका अनुसार प्रणालीअन्तर्गत मधेस प्रदेशमा सगरमाथा चौधरी आँखा अस्पताल र कोशी प्रदेशमा विराटनगर आँखा अस्पताल (सेन्टर अफ एक्सिलेन्स) छन् । वागमती प्रदेश, कोशी प्रदेश र मधेस प्रदेशमा ४० वटा आँखा उपचार केन्द्र सञ्चालनमा रहेको उनले बताए ।

अस्पतालले तीन वर्षदेखि सुविधासम्पन्न आधुनिक भवनबाट उपचार सेवा पनि दिन थालेको छ । त्यहाँ जनरल फिजिसियन सेवादेखि आँखाका सम्पूर्ण जाँच तथा उपचार र आवासको व्यवस्था उपलब्ध छ । प्रमुख प्रशासक रोशनका अनुसार भवनमा २८ वटा ‘डिलक्स रुम’ छन् । ‘यहाँ उपचारका लागि चाहिने उपकरणदेखि अन्य सुविधा पनि विश्वस्तरको छ,’ उनले भने । रोशनका अनुसार देशका सबै जिल्लाबाट र भारत, बंगलादेश, भुटानलगायत देशबाट पनि आँखाका बिरामी आउने गरेका छन् ।  

‘भारतमा विश्वकै पहिलो र दोस्रो ठुलो आँखा अस्पताल छन् । तर भारतीय बिरामीका लागि समेत भरोसा बनेको छ सगरमाथा चौधरी आँखा अस्पताल,’ रोशनले भने । उनका अनुसार भारतलगायत स्थानबाट पत्र लेखेर ‘संसार देख्ने आश मारिसकेका हामीलाई संसार देखाउने अस्पताल र आदरणीय चिकित्सकलाई धन्यवाद’ भनी आभार व्यक्त गरेका पत्रहरू आइरहन्छन् । यी धन्यवादसहित पठाइएका पत्र स्मरणीय रहेको अस्पतालका अध्यक्ष रवीन्द्रलाल चौधरीले बताए ।

भारतमै थुप्रै अस्पतालले आँखा उपचार सेवा गर्दै आए पनि भारतीय बिरामीमाझ सगरमाथा चौधरी आँखा अस्पतालको उपचारप्रतिको विश्वास रहेको त्यहाँबाट आउने बिरामीको भिडले नै पुष्टि गर्छ । ‘सगरमाथा चौधरी आँखा अस्पतालले सगरमाथाजस्तै नेपालको नाम विश्वभर फैलाइरहेको छ,’ नेपाल नेत्र ज्योति संघ सिरहाका अध्यक्ष सन्तोष चौधरीले भने । प्रायः हुनेखाने नेपाली स्वास्थ्यमा समस्या भयो कि उपचारका लागि भारत दौडन्छन् । ‘तर छिमेकी मुलुक भारतका नागरिक नेपालकै अस्पतालमाथि विश्वास गर्नुले यसको गुणस्तरीय पक्षलाई पुष्टि गर्छ,’ उनले भने । शल्यक्रियाका आधारमा विश्वमै अब्बल यो आँखा अस्पताल मधेस प्रदेशका लागि ‘चिकित्सा पर्यटन’को बलियो स्रोत भएको लहान नगरपालिकाका प्रमुख महेश प्रसाद चौधरीले बताए ।

अहिलेसम्म कुनै विवादमा नपरेको उक्त अस्पतालमा दैनिक आउने बिरामीमा नेपाली र विदेशीको संख्या बराबरी छ । विदेशी बिरामीमध्ये करिब ९० प्रतिशत भारतीय हुन्छन् । यस प्रकारको चिकित्सा पर्यटन ९मेडिकल टुरिजम० ले नगरको मात्र नभई मधेस प्रदेशको व्यापार मात्र होइन, गौरव पनि बढाएको चौधरीले बताए । यो अस्पताल सगरमाथाजस्तै नेपालको नाम विश्वभरमा चम्काएको उनले बताए ।

सन् १९८३ मा स्थापित यो अस्पताल बिरामीले तिर्ने न्यूनतम शुल्क र दातृ संस्थाको सहयोगबाट चलिरहेको छ ।

अस्पतालमा मुलुककै १५ उत्कृष्ट आँखा विज्ञसहित ३२० चिकित्साकर्मी एवं प्रशासनिक कर्मचारी छन् । यस अस्पतालमा वार्षिक जँचाउन आउने बिरामीको संख्या सात लाख ४२ हजार ८४२ र शल्यक्रिया गराउनेको संख्या ६२ हजार २६६ छ । कोर्निया (आँखाको पुतली) आँखाको पर्दा (रेटिना) ग्लुकोमा, अक्लोप्लास्टिक, डेढोपनको शल्यक्रिया, कन्ट्याक्ट लेन्सलगायत आँखा उपचार सम्बन्धि सम्पूर्ण सुविधा यस अस्पतालमा उपलब्ध रहेको प्रमुख प्रशासक रोशनले बताए ।

अस्पताल प्रशासनका अनुसार अस्पतालका संस्थापक निर्देशक डा.एलब्रेच्ट हेनिङको आविष्कार फेको प्रविधि विश्वभरका नेत्र विज्ञहरूले प्रयोग गर्दै आएका छन् । यो प्रविधि मोतिबिन्दुको शल्यक्रिया गर्ने प्रभावकारी प्रविधि हो ।

यस अस्पतालमा एआई रिसर्च (आँखामा समस्याको प्राविधिक पहिचानको प्रविधि) भइरहेको छ । डिप्लोमा इन ओप्थाल्मिक साइन्सको अध्यन समेत यस अस्पतामा भइरहेको छ । सँगै, पोखरा विश्वविद्यालयको सम्बन्धमा बिएससि अप्टोमेट्रिक्सको अध्यापन समेत छिट्टै सञ्चालनमा ल्याउने रोशनले बताए । यो अस्पताल उपचारसँगै अध्यापन र रिसर्चको पाठशालाको रुपमा विकास हुँदै गएको छ, उनले भने ।

अस्पतालका अध्यक्ष चौधरीले गुणस्तरीय उपचार मात्र नगरी लहान आँखा तथा कान उपचार प्रणालीअन्तर्गतका लहान र विराटनगर अस्पतालले वार्षिक तिन करोड रूपैयाँबराबरको निःशुल्क सेवासमेत दिँदै आएको बताए । लहान र विराटनगर आँखा अस्पतालले वार्षिक डेढडेढ करोड रूपैयाँबराबरको च्यारिटीमा उपचार गर्दै आएको उनले जानकारी दिए ।  अन्धोपन निवारण आफूहरूको मूल मन्त्र भएको उनले बताए ।  

यस्तै, सगरमाथा चौधरी आँखा अस्पताल हङकङमा आयोजित 'एपिएओ अवार्ड  २०२६' बाट सम्मानित भएको छ । ४३ वर्षको निरन्तर सेवा र उत्कृष्ट उपचार पद्धतिका लागि अस्पताललाई अन्तर्राष्ट्रिय मञ्चमा प्रशंसा तथा सम्मान  गरिएको अस्पतालका प्रमुख प्रशासक रोशनले बताए ।
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५२ सेकेन्ड अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरले बेलिब्रीज पुनर्जडानका लागि ठेक्का लगाउने काम अन्तिम चरणमा पुगिसकेको जनाएको छ।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस