अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारीद्वय बालकृष्ण चापागाईं र गणेश प्रसाद भट्टराईसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ।
अख्तियारले गैरकानूनी लाभ तथा हानि पुर्याइ भ्रष्टाचार गरेको ठहरसहित बिहीबार (आज) विशेष अदालतमा मुद्दा दायर गरेको हो।
उनीहरूमाथि दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ मा रहेको श्री जनता उच्च माध्यमिक विद्यालयलाई जिल्ला शिक्षा कार्यालय, खोटाङबाट विभिन्न विषयमा प्राप्त अनुदान रकम हिनामिना गरेको आरोप छ।
गुर्भाकोट नगरपालिकाको खटाङ क्षेत्रमा तीनमुखे झोलुंगे पुल शिलान्यास गर्दै नेपाली कांग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्का। तस्बिर : नागरिक
पूर्वीसुर्खेतको गुर्भाकोट नगरपालिकाको खटाङ क्षेत्रमा नेपालकै लामो तीनमुखे झोलुंगे पुल निर्माण सुरु भएको छ। भेरी नदीले घेरिएको खटाङ टापुमा मुख्य पिल्लर स्थापना गरेर गुर्भाकोट नगरपालिका– ८, १२ र १२ नम्बर वडा जोड्ने गरी पुल निर्माण सुरु गरिएको हो।
तीनमुखे पुलको शिलान्यास गर्दै नेपाली कांग्रेसका उपसभापति एवम् पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्काले धार्मिक एवम् पर्यटकीय क्षेत्र खटाङमा निर्माण हुने पुलले समग्र देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताए। ‘यो तीनमुखे झोलुंगे पुलले गुर्भाकोटका तीनवटा वडा मात्रै जोड्दैन, समग्र देशकै अर्थतन्त्रको उन्नति र विकासका लागि महत्वपूर्ण टेवा पुर्याउँछ,’ उनले भने, ‘यहाँको धार्मिक पर्यटन र अन्य पर्यटन विकासका लागि पुल निर्माण भएपछि महत्वपूर्ण योगदान पुर्याउँछ।’ प्रतिनिधिसभा सदस्यसमेत रहेका खड्काले नदी उत्तरतर्फ बग्ने स्थानलाई पवित्र तीर्थस्थल मान्ने गरिएकाले पनि यसको महत्व अझ धेरै रहेको बताए। खड्काले पुल निर्माण कार्य समयमै सम्पन्न गर्न निर्माण व्यवसायीसँग आग्रह गरे।
कर्णाली प्रदेश योजना आयोगका सदस्य अशोकनाथ योगीले तीनमुखे पुलले कर्णालीको धार्मिक पर्यटन विकासमा सघाउ पुर्याउने बताए। उनले तीनमुखे पुलको सामरिक महत्व रहेको बताए। सस्पेन्सन ब्रिज डिभिजन पुलचोकका इन्जिनियर गोपाल थापाले खटाङमा नेपालकै लामो तीनमुखे पुल बन्न लागेको बताए। उनले २०८३ असारभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको बताए। ‘यो पुल १.६० मिटर चौडाइ र ६५४.६० मिटर लम्बाइको हुनेछ,’ उनले भने, ‘नेपालमा निर्माण भएका र निर्माण भइरहेका तीनमुखे पुलमध्ये यो सबैभन्दा लामो हो।’
इन्जिनियर थापाका अनुसार खटाङ टापुमा बन्ने टावरको उचाइ २५.२३ मिटर हुनेछ। २१ करोड १९ लाख पाँच हजार ८५ रुपैयाँमा निर्माण हुन लागेको पुलको ठेक्का श्रीगीता कन्स्ट्रक्सनले पाएको छ। निर्माण कम्पनीले मुख्य टावर निर्माण हुने खटाङ क्षेत्रमा फाइन्डेसन निर्माण सम्पन्न गरिसकेको छ भने मेहलकुना र दहचौरतर्फको फाउन्डेसन निर्माणलाई तीव्रता दिएको छ।
सस्पेन्सन ब्रिज डिभिजनका अनुसार मुख्य टावर रहने खटाङ क्षेत्रमा २२ मिटर गहिराइका २५ वटा पिलर निर्माण हुनेछन्। यस्तै घुमखहरेतर्फ १६ मिटर गहिराइका १४ वटा टावर निर्माण हुनेछन् भने दहचौर र मेहलकुनातर्फ आरसिसी फाउन्डेसन निर्माण गरिने छ। घुमखहरे होचो क्षेत्र भएकाले त्यहाँ टावर निर्माण गर्न लागिएको उनले बताए। ‘अरू दुई क्षेत्र मुख्य टावर बराबर छन्। घुमखहरे मात्रै होचो छ’ उनले भने, ‘त्यही भएर घुमखहरेमा १६ मिटर गहिराइका १४ वटा पिलर निर्माण गर्न लागिएको हो।’
पुल तीनतर्फ बराबर लम्बाइका हुनेछन्। तीनवटै पुल मुख्य टावरदेखि २१८.२० मिटर लामा हुनेछन्,’ उनले भने, ‘सोहीअनुसार तीनतिरै फाउन्डेसन निर्माण कार्य भइरहेको छ।’ निर्माण व्यवसायी श्रीगीता कन्स्ट्रक्सनका इन्जिनियर उमंग गिरीले समयमै निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको बताए। ‘अहिलेसम्म हामीले निर्माण गरेका पुल समयअगावै सम्पन्न गरेका छौं,’ उनले भने, ‘यो पुलको निर्माण पनि समयअगावै सम्पन्न हुन्छ।’ पुल निर्माण गर्न निर्माण व्यवसायीसँग २०८१ असार ११ गते सम्झौता भएको थियो।
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...