एउटै विद्यालयमा १२ वटा अक्षयकोष
२७ कार्तिक २०८१
•
३ मिनेट पाठ
एउटै विद्यालयमा १२ वटा अक्षयकोष
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा सञ्चालित श्री माध्यमिक विद्यालय बाँसबोटेमा अक्षयकोषको सङ्ख्या १२ पुगेको छ। कक्षा १२ सम्म अध्ययन/अध्यापन हुँदै आएको माविको ६४औँ वार्षिकोत्सवमा ‘किराँत चाम्लिङ राई चन्दाहँछा’ परिवारले रु ५१ हजार राशिको अक्षयकोष स्थापनासँगै उक्त विद्यालयमा अक्षयकोषको सङ्ख्या १२ पुगेको हो।




पहिलो चरणमा रु ५१ हजार रकम जम्मा गरेर स्थापना गरिएको अक्षयकोषलाई बर्सेनि बढाउँदै लैजाने योजना रहेको अक्षयाकोषका संरक्षक एवं जिल्ला समन्वय समिति खोटाङका पूर्वप्रमुख बबि चाम्लिङले जानकारी दिए।

अक्षयकोषबाट आएको ब्याजले हरेक वर्ष सर्वोत्कृष्ट अङ्क ल्याएर कक्षा १२ उत्तीर्ण गर्ने एकजना विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि प्रतोत्साहनस्वरुप पुरस्कृत गरिने जनाइएको छ।

अक्षयकोषका लागि चन्दाहँछा परिवारले उपलब्ध गराएको नगद रकम जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईमार्फत विद्यालय प्रशासनलाई हस्तान्तरण गरिएको छ। विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि दिवङ्गत आफन्तको स्मृति तथा वंश नाम राखेर विद्यालयमा अक्षयकोष स्थापना गरिएको अभिभावकले बताएका छन्।

वि.सं. २०१७ मा स्थापना भएको विद्यालयमा यसअघि एकै वर्ष चारवटा अक्षयकोष स्थापना भएको थियो। वि.सं. २०६८ मा रु एक लाख ११ हजार ११ राशिको स्वर्गीय मनमाया राई स्मृति अक्षयकोष, रु ७८ हजार तीन सय १३ राशिको भूतपूर्व विद्यार्थी अक्षयकोष, रु ५५ हजार राशिको सेरालुङहँछा अक्षयकोष र रु ५१ हजार राशिको स्वर्गीय दैवप्रसाद–तुलसा स्मृति अक्षयकोष स्थापना गरिएको हो।

यस्तै २०७२ सालमा रु एक लाख राशिको स्वर्गीय चिमा राई स्मृति क्षयकोष, २०७५ सालमा रु ५५ हजार पाँच सय ५५ राशिको स्वर्गीय विद्याकुमारी कार्की स्मृति अक्षयकोष, २०७५ सालमा नै रु ५१ हजार राशिको स्वर्गीय भीमप्रसाद घिमिरे स्मृति अक्षयकोष, २०७६ सालमा रु एक लाख एक हजार राशिको स्वर्गीय जसमान–जयमति राई स्मृति अक्षयकोष स्थापना गरिएको थियो। वि.सं. २०७८ मा रु दुई लाख २२ हजार दुई सय २२ राशिको स्वर्गीय असुनमाया राई स्मृति अक्षयकोष, सोही वर्ष रु ५० हजार राशिको स्वर्गीय आमा–छोरा स्मृति अक्षयकोष र २०७९ सालमा रु ७१ हजार एक सय ११ राशिको स्वर्गीय दीपबहादुर–नैनकुमारी श्रेष्ठ स्मृति अक्षयकोष स्थापना गरिएको हो।

विद्यालयमा स्थापना भएको १२ वटा अक्षयकोषको सावाँब्याज गरी रु १७ लाख ३० हजार दुई सय ९९ पुगेको विद्यालयका शिक्षक एवं अक्षयकोष व्यवस्थापन समितिका संयोजक यादवप्रसाद घिमिरेले जानकारी दिए।

अक्षयकोषबाट आएको ब्याजमध्ये रु एक लाख तीन हजार रकम यस वर्षको वार्षिकोत्सवमा कक्षा ६ देखि कक्षा १२ सम्मका विद्यार्थीलाई छात्रवृत्ति वितरणका लागि छुट्याइएको जनाइएको छ।

अक्षयकोषमा जम्मा भएको रकम वार्षिक १८ प्रतिशत ब्याज लगाएर नौ प्रतिशत छात्रवृत्ति र नौ प्रतिशत कोषमा जम्मा गर्ने गरिएको विद्यालयका प्रधानाध्यापक पूर्णकुमार राईले जानकारी दिए। चन्दा सङ्कलन र अक्षयकोषबाट कक्षा ११ र १२ सञ्चालन गरिएको विद्यालयमा तीन सय ६१ जना विद्यार्थी अध्ययनरत छन्।

चार दिनसम्म मनाइने ६४औँ वार्षिकोत्सवको औपचारिक शुभारम्भ जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर गरे। निकै तामझामका साथ उद्घाटन गरिएको कार्यक्रमको पहिलो दिन अक्षयकोष स्थापनाका साथै नगरपालिकास्तरीय अन्तरमावि छात्र भलिबल प्रतियोगिताको प्रारम्भ गरिएको छ।

यसैबीच, वडा नम्बर ५ लफ्याङले विद्यालयको वार्षिकोत्सवका अवसर पारेर त्यहाँ अध्ययनरत बाल विकास केन्द्रदेखि कक्षा १२ सम्मका तीन सय ६१ जना छात्रछात्रालाई ट्रयाकसुट वितरण गरेको छ। वडा कार्यालयले विनियोजन गरेको रु छ लाख बजेटबाट खरिद गरिएको ट्रयाकसुट वडामा सञ्चालित अन्य विद्यालयका विद्यार्थीलाई समेत वितरण गरिएको वडाध्यक्ष एवं नगर प्रवक्ता दिनेश घिमिरेले जानकारी दिए। रासस
अर्को समाचार
खोटाङका तत्कालीन जिशिअद्वय चापागाईं र भट्टराईविरुद्ध मुद्दा दायर
२६ असार २०८२
•
१ मिनेट पाठ
खोटाङका तत्कालीन जिशिअद्वय चापागाईं र भट्टराईविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारीद्वय बालकृष्ण चापागाईं र गणेश प्रसाद भट्टराईसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ।




अख्तियारले गैरकानूनी लाभ तथा हानि पुर्‍याइ भ्रष्टाचार गरेको ठहरसहित बिहीबार (आज) विशेष अदालतमा मुद्दा दायर गरेको हो।

उनीहरूमाथि दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ मा रहेको श्री जनता उच्च माध्यमिक विद्यालयलाई जिल्ला शिक्षा कार्यालय, खोटाङबाट विभिन्न विषयमा प्राप्त अनुदान रकम हिनामिना गरेको आरोप छ।

बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस