स्थानीयको सक्रियतामा गोरखाकै जेठो पुस्तकालय ‘त्रिभुवन पुस्तकालय’ को नयाँ भवन निर्माण भएको छ। १८ वर्षदेखि लगातार बन्द रहेको गोरखा नगरपालिका ६ तीनधारे स्थित पुस्तकालय भवन जिर्ण भएपछि स्थानीयको सक्रियतामा नयाँ निर्माण गरिएको हो।
२००८ सालमा स्थापना भएको सो पुस्तकालय पटक पटक बन्द हुँदै खुल्दै आएको थियो। तत्कालीन समयमा मनकामना केबलकारका सञ्चालक लक्ष्मण बाबु श्रेष्ठसहित प्रेमकुमार श्रेष्ठ, चुडानारायण किसुनबाबु श्रेष्ठ, बाबुराम श्रेष्ठ लगायतको समूहले पुस्तकालय स्थापना गरेका थिए। २०७२ सालको भूकम्पका कारण पुस्तकालय भवन भत्किएको थियो।
स्थानीय मोहनलाल श्रेष्ठको अध्यक्षतामा निर्माण समिति बनाएर तीन वर्ष अघिदेखि पुस्तकालय भवन थालिएको थियो। करिब ४८ लाख रुपैयाँको लागतमा निर्माण भएको भवनको मंगलबार गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर राना मगरले उद्घाटन गरेका हुन्। निर्माण समितिका अध्यक्ष मोहनलाल श्रेष्ठले भवन नयाँ बनेपनि त्यहाँ भित्र राख्ने पुस्तक अभाव रहेको बताए।
त्रिभुवन पुस्तकालय निर्माणमा सहयोग गर्ने दाता मनकामना केबलकारका सञ्चालक राजेशबाबु श्रेष्ठलाई सम्मान गर्दै नगरप्रमुख। ‘एउटा सानो पाटीबाट सुरु भएको पुस्तकालय जिल्लाकै जेठो हो, अहिले भवन बनाएका छौँ, यहाँ किताब भर्न बाँकी छ।’ पहिले/पहिले विद्यालय शिक्षा, लोकसेवा पढ्ने ठाउँ सबैका लागि पुस्तकालय रहेको बताउँदै उनले किताब किन्न नसक्दाको सारथी भएको स्मरण गरे। त्रिभुवन पुस्तकालयलाई दिगो राख्न स्थानीय सक्रिय रहेको उनले बताए। नगरप्रमुख राना मगरले पुस्तकालय संचालन गर्न आवस्यक सहयोग गर्ने बताए।
‘यो क्षेत्र गोरखाको ऐतिहासिक क्षेत्र हो, यसलाई सम्पदा वस्तीको रुपमा विकास गर्ने तपाईंहरुको योजना अनुसार नगरपालिकाले कार्यक्रम बनाएको छ’ उनले भने। उपप्रमुख मसलीमाया थोकरले पुस्तकालयले ज्ञानको स्तर बढाउन मद्दत पुग्ने भएकाले अहिलेको पुस्तालाई पुस्तकालयसम्म जाने र अध्ययन गर्ने थलोको रुपमा लैजानुपर्ने बताइन्।
पूर्व नगर प्रमुख राजनराज पन्तले त्रिभुवन पुस्तकालय गोरखाको एउटा महत्वपूर्ण इतिहास भएकाले यसको संरक्षण गर्न नगरपालिकाले तीन वर्ष अघिदेखि अग्रसरता लिएको बताए। ‘स्थानीयको सक्रियता नगरको सहयोगले यो भवन बनेको छ, यसलाई संचालन गर्ने स्वामित्व नगरपालिकाले लियो भने सिकाईको केन्द्रको रुपमा विकास गर्न सकिन्छ’ उनले भने।
त्रिभुवन पुस्तकालय भवन उद्घाटन कार्यक्रम। कार्यक्रममा वडा अध्यक्ष राजेन्द्रकुमार जोशी, दाताहरु राजेशबाबु श्रेष्ठ, अशोकबाबु श्रेष्ठ, द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दुवाडी, पुस्तकालय भवन निर्माणका समन्वयकर्ता डाक्टर राजुबाबु श्रेष्ठ, निर्माण समितिका कोषाध्यक्ष कुमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए।
सोही अवसरमा पत्रकार शिव उप्रेतीले पुस्तकालयका लागि केही थान किताब पुस्तकालयलाई हस्तान्तरण गरेका छन्। कार्यक्रममा दाताहरुलाई कदरपत्रले सम्मान गरिएको थियो। पुस्तकालय संचालन र व्यवस्थापनका लागि कुशललाल श्रेष्ठको अध्यक्षताममा समिति बनाइएको छ। उक्त समितिले किताब जोहो र त्यहाँको व्यवस्थापन गर्ने अध्यक्ष श्रेष्ठले बताए।
किताब खरिद गर्न केबलकारका सञ्चालक राजेशबाबु श्रेष्ठले एक लाख ५० हजार र लक्ष्मण नेपाली र आमा बा अस्पतालको तर्फबाट एक लाख २५ हजार सहयोग गरेका छन्। पुस्तकालयमा लक्ष्मणबाबु स्मृती सदन, मनकुमारी स्मृती कक्ष, राधादेवी स्मृती कक्ष, गोपाल भगिरथी स्मृती सदन बनाइएको छ।
गणित शिक्षणलाई प्रविधिमैत्री, सिर्जनात्मक र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यसहित त्रिभुवन विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।
सम्मेलनमा गणित शिक्षणका परम्परागत अभ्यास, डिजिटल नवप्रवर्तन तथा कृत्रिम बुद्धिमत्ता (एआई) र मानवीय बुद्धिमत्ता (एचआई) ले विद्यार्थीको सिकाइमा पार्ने प्रभावबारे विज्ञहरूले छलफल गरिरहेका छन्।
गणित शिक्षा परिषद् तथा गणित शिक्षा विभाग, केन्द्रीय शिक्षा विभाग (त्रिभुवन विश्वविद्यालय) को आयोजनामा त्रिभुवन विश्वविद्यालयको हलमा सम्मेलन भइरहेको हो।
सम्मेलनमा नेपाल, भारत, चीन, जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया, सिंगापुरलगायत देशका गणितमा कार्यरत अन्तर्राष्ट्रिय विज्ञहरूको ७० वटा प्रस्तुतीकरण रहने परिषद्का अध्यक्ष डा. रमेश प्रसाद अवस्थीले बताए।
सम्मेलनले गणित शिक्षणमा मानवकेन्द्रित दृष्टिकोण, डिजिटल नवप्रवर्तन र कृत्रिम बुद्धिमत्तालाई प्रमुख छलफलको विषय बनाएको अध्यक्ष अवस्थीले जानकारी दिए।
‘सम्मेलनमा मानवकेन्द्रित शिक्षण पद्धतिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, त्यसको प्रस्तुति, छलफल तथा उपयोगका क्षेत्र खोजिनेछ,’ उनले भने, ‘त्यस्तै, डिजिटल नवप्रवर्तनको मूल्य, मान्यता र मूल्यमा आधारित गणित कक्षाकोठामा प्रविधिको प्रभावकारी प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा बहस गरिनेछ।’
पछिल्लो समय विद्यार्थीले च्याटजीपीटीजस्ता एआई उपकरण प्रयोग गरेर गणितीय समस्याको समाधान खोज्ने अभ्यास बढाउँदै लगेका छन्।
यस्तो प्रवृत्तिलाई सही तरिकाले प्रयोग गर्न सिकाउनुका साथै सिर्जनात्मक सिकाइ (क्रिएटिभ लर्निङ) र आलोचनात्मक सोच (क्रिटिकल थिंकिङ) विकास गर्नुपर्नेमा सम्मेलनको जोड छ।
गणित कक्षाकोठामा प्रयोग भइरहेका जेनेरेटिभ एआई, मिडिया विज्ञापन र सफ्टवेयरका कारण परम्परागत सिर्जनशीलता, जीविकोपार्जन तथा सांस्कृतिक मौलिकतामा देखिएका चुनौती पनि सम्मेलनका छलफलका विषय हुनेछन्।
यसबारे प्रस्तुति र अन्तरक्रियामार्फत नेपालमा विद्यार्थीका लागि एआई र एचआई (मानवीय बुद्धिमत्ता) को प्रभावकारी प्रयोगका उपाय खोजिने अध्यक्ष अवस्थीले जनाए।
त्रिविका पूर्व उपकुलपति एवं गणित विज्ञ प्राडा हिराबहादुर महर्जनले कृत्रिम बुद्धिमत्ताले गणित सिकाइका क्षेत्रमा पारेको सकारात्मक र नकारात्मक प्रभाव छलफलको विषय बन्दै गएको बताए।
सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘भविष्यको कक्षाकोठा कस्तो हुनुपर्छ र त्यसका लागि कस्ता तयारी आवश्यक छन् भन्ने विषयलाई पनि सम्मेलनले प्राथमिकता दिनुपर्छ। परम्परागत गणित कक्षामा प्रयोग हुँदै आएका व्याख्यान र अभ्यासमा आधारित शिक्षण विधिलाई प्रविधिको प्रभावकारी प्रयोगमार्फत थप विद्यार्थीकेन्द्रित बनाउनुपर्ने आवश्यकता छ।’
सम्मेलनमा ‘म गर्छु, हामी गर्छौं र तपाईं गर्नुहोस्’ जस्ता अभ्यासमा आधारित सिकाइलाई कक्षाकोठामा प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।
खोजमूलक सिकाइ, फ्लिप्ड कक्षाकोठा र पिक्ड सिकाइजस्ता आधुनिक शिक्षण विधिबारे छलफल गरी तिनको प्रयोग बढाउन शिक्षक तथा विद्यार्थीलाई प्रेरित गर्न सम्मेलनले सहयोग गर्ने अर्का गणित विज्ञ प्राडा हरिप्रसाद उपाध्यायले जनाए।
अर्का गणित विज्ञ प्राडा सिद्धिप्रसाद कोइरालाले एआई प्रयोगबाट हुन सक्ने गलत लेखाजोखालाई कानुनी रूपमा कसरी हेर्ने भन्ने विषय पनि छलफलमा आउनुपर्ने बताए।
सम्मेलनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म गणित कक्षाकोठामा डिजिटल नवप्रवर्तनले परम्परागत शिक्षण र कक्षाकोठामा आधारित अभ्यासमा पारेको प्रभावको समीक्षा गर्ने अपेक्षा गरेको छ।
त्यसका आधारमा आवश्यक सुधारको खाका तयार पार्ने लक्ष्यसमेत सम्मेलनले राखेको छ।
यस्तै, एआई उपकरणको प्रयोग कम गरी मानवीय बुद्धिमत्ता र मानवीय सहयोगमा आधारित सिकाइलाई प्रोत्साहन गर्ने उपायसमेत खोजिनेछ।
कार्यशाला र प्यानल छलफलमार्फत गणित सिकाइका उत्तम विधिको खोजी गर्नुका साथै एआई र मानवीय बुद्धिमत्ताको प्रयोगबाट देखिएका समस्याको पहिचान र समाधानका उपाय खोजिनेछ।
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...