प्रअले विद्यालय भत्काए, विद्यार्थी चौरमा बसेर पढ्न बाध्य
२१ माघ २०७७
•
२ मिनेट पाठ
प्रअले विद्यालय भत्काए, विद्यार्थी चौरमा बसेर पढ्न बाध्य
विद्यालय भवन भत्काइएपछि चौरमा बसेर पढ्दै गरेका विद्यार्थीहरु । नगेन्द्र उपाध्याय/नागरिक
बराहताल गाउँपालिका–१ स्थित काफलगैरामा भैरव आधारभूत विद्यालय छ । तीन कक्षासम्म पढाई हुने विद्यालयमा अघिल्लो वर्षसम्म दुई कोठे कच्ची भवन थियो । ५० भन्दाबढी विद्यार्थीहरु नियमित अध्ययन गर्थे । गाउँलेले आफ्ना नानी–बाबु अध्ययन गर्ने विद्यालयमा थप कक्षा कोठाको माग गरे । भवन माग्दै स्थानीयहरु वडादेखि गाउँपालिकासम्म धाए । गाउँपालिकाले भैरव आधारभूत विद्यालयको भवन निर्माणका लागि १६ लाख रुपैयाँ छुट्यायो ।  




स्थानीयहरुले भवन निर्माणका लागि ढुंगा जम्मा गरे । २१ किलोमिटर टाढा भेरी किनारको रानीघाटबाट बोरामा बालुवा बोकेर ल्याए । तत्कालीन विद्यालयका प्रधानाध्यापक सुन्दरकुमार विकले नयाँ भवन बनाउन भन्दै पुरानो भवन भत्काउन लगाए । अहिले यहाँ न पुरानो भवन छ, न नयाँ भवन बनेको छ । विद्यार्थीहरु चौरमा राखेर पढाउनुपर्ने बाध्यता छ ।

‘तत्कालीन प्रधानाध्यापकका कारण पुरानो भवन पनि भत्कियो, नयाँ भवन बन्न सकेन्,’ वडाध्यक्ष तुलादेव भारतीले भने, ‘साना नानीबाबुहरुलाई चौरमा राखेर पढाउनुपर्ने बाध्यता छ ।’ वडाध्यक्ष भारतीका अनुसार व्यवस्थापन समितिले ढुंगा र बालुवा जुटाउने र प्रधानाध्यापकले सिमेन्टलगायतका सामाग्रीहरुको व्यवस्थापन गर्ने गरेर कार्यविभाजन गरिएको थियो । ‘हामीले भवन निर्माणका लागि आवश्यक पर्ने ढुंगा र बालुवा जम्मा ग¥यौं,’ तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर वलीले भने, ‘प्रअले सिमेन्टलगायतका सामाग्री खरिद गरेर ल्याउनुपर्नेमा हामीलाई थाहै नदिएर विद्यालयको खातामा आइसकेको पैसा रानीवनको विद्यालयलाई दिएछन् ।’

पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वलीका अनुसार सिमेन्ट, सरियालगायतका सामाग्री खरिदका लागि वीरेन्द्रनगर गएका प्रअले हार्डवेयर व्यवसायीसँग कमिसन मागेका थिए । ‘कमिसनमा कुरा नमिलेपछि प्रअले अर्को विद्यालयलाई पैसा पठाएको थाहा भयो,’ उनले भने, ‘न पहिलेको भवन बाँकी रह्यो, न नयाँ भवननै बन्यो ।’ विद्यालय भवन हुँदासम्म दैनिक ५०–५५ जना विद्यार्थीहरु नियमित अध्ययनका लागि आउँथे । अहिले भवन छैन् । पानी परेको दिन, हावाहुरी चलेको दिन विद्यालय बन्द हुन्छ । एक जना कार्यालय सहयोगीका भरमा विद्यालय सञ्चालन भइरहेको छ । चालू शैक्षिकसत्रमा ११ जना विद्यार्थी मात्रै भर्ना भएका छन् ।

‘अहिले पाँच–सात जना विद्यार्थी मात्रै नियमित आउँछन्,’ कार्यालय सहयोगी ढकबहादुर चुनाराले भने, ‘आएका विद्यार्थीहरुलाई चौरमा राखेर पढाउने गरेको छु ।’ नजिक अर्को विद्यालय छैन् । सुगुरखालको वशन्त नेपाल राष्ट्रिय प्राविमा पुग्न तीनदेखि चार घण्टाको समय लाग्छ । ‘पैसा हुनेहरु वीरेन्द्रनगरमा कोठा भाडामा लिएर आफ्ना छोराछोरी पढाउँछन्,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ससबहादुर भण्डारीले भने, ‘केही नहुनेका छोराछोरी गाई–बाख्रा चराउन जंगल जान्छन् ।’

वडाध्यक्ष भारतीले नयाँ भवन निर्माणका लागि पहल भइरहेको बताए । उनले कोरोना संक्रमणका कारण पालिकाको बजेट घटेकाले नयाँ भवन तत्कालै भने बनाउन नसकिने बताए । ‘धेरै दुःख गरेर अघिल्लो वर्ष १६ लाख रुपैयाँ छुट्याउन सफल भएको थिएँ,’ वडाध्यक्ष भारतीले भने, ‘प्रअको बदमासीले भवन भन्न सकेन्, नयाँ भवन बनाउनका लागि पालिका र अन्य सरोकारवाला निकायमा कुरा भइरहेको छ ।’
अर्को समाचार
२१ वर्षका प्रधानाध्यापक
०६ माघ २०७९
•
४ मिनेट पाठ
२१ वर्षका प्रधानाध्यापक
सामान्यतया कुनैपनि विद्यालयको प्रधानाध्यापक भनेपछि हाम्रो मनमा एउटा ‘विम्ब’ बन्छ । पाको उमेर, कपाल अलिअलि फुलेको, अनुभवी हुन्छन् भन्ने हामीलाई लाग्छ। तर यस्तो मात्र होइन, पाँचथरको एउटा विद्यालयमा २१ वर्षका युवक प्रधानाध्यापक भएका छन्। 




फाल्गुनन्द गाउँपालिका वार्ड न.१ भोगटेका स्थायी बासी सरोज श्रेष्ठ २१ वर्षमै प्रधानाध्यापक भएका छन्। उनी ५ कक्षासम्म अध्ययन गराइने श्री बाल विकास आधारभूत विद्यालयका हेडसर भएका हुन।  

यस विद्यालयमा २०७८ साल कात्तिक महिनादेखि उनले पढाइरहेका छन्।  श्रेष्ठले २०७९ कात्तिकमै करार प्रधानाध्यापक भएका हुन्। उनले प्रदेश नम्बर १ को शिक्षा आयोगबाट निम्न माध्यमिक तहको स्थायी दरबन्दी पनि पाइ सकेका छन्। उनी आफू अघिका प्रधानाध्यापकले अवकाश पाएपछि शिक्षक र व्यवस्थापनको पहलमा प्रधानाध्यापक बनेका हुन्।

श्रेष्ठले नेतृत्व गरिरहेको विद्यालयमा शिक्षक र कर्मचारी गरी ५ जना छन् भने ४५ जना विद्यार्थी छन्। ‘एक जना शिक्षकका लागि आवेदन माग गरेका छौ। आएपछि हामी ६ जना हुन्छौँ’, २१ वर्षीय प्रधानाध्यापक श्रेष्ठले नागरिकन्यूजसँग भने।  
उनले आफ्नो नियुक्तीबारे भने, ‘म नियुक्ती भएदेखि नै प्रधानाध्यापकको काम गरेको थिए तर जिम्मेवारी भने अहिले सर अवकाश भएपछि मात्र पाएको हु। नियममा करार शिक्षक प्रअ हुन पाइँदैन तर प्रअको अवसर पाउने शिक्षक र व्यवस्थापनका व्यक्तिहरुले प्रअ बनाउनु भएको हो।’

उनले आफ्नो शिक्षाकोबारे भने, ‘म शिक्षक हुँदा २० वर्षको थिए। मेरो जन्म मिति २०५७ साल ११ महिना १० गते हो। मैले श्री तिरतिरे आधारभूत विद्यालयबाट ५ कक्षा सम्म अध्ययन गरे। कक्षा ६ देखि १० सम्म श्री सिद्धेश्वरी माध्यमिक विद्यालयबाट ५८.७९ प्रतिशत लाएर एसएलसी पास गरे। ११ देखि १२ उच्च मावि सिद्धदेवी माध्यमिक विद्यालय उमलावुङ नविडाडाबाट ५८ प्रतिशत ल्याएर उत्तीर्ण गरे। स्नातक तह अध्ययन गर्न २०७४ सालमा इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा भर्ना भई २०७८ सालमा ६२.२३ प्रतिशत अंकलाएर स्नातक उत्तीर्ण गरे। अब मास्टरका लागि अध्ययन गर्ने तयारीमा छु।’  

उनी भन्छन्, ‘सानै उमेरमा प्रअ भएकाले कतिपयले तपाइले उमेर ढाटनु पो भयो कि पनि भने।’ आफू निमावि शिक्षकमा नै कान्छो शिक्षक र प्रधानाध्यापक भएकोमा श्रेष्ठ खुसी छन्।
उनले थपे, ‘मैले बोर्डिङ स्कुल पढ्न पाइन सरकारी स्कुल पढे गाउँमा पढदाँ अग्रेजीमा केही अनुभव नहुँदा कमजोरी महसुस गरे। मेरो अनिवार्य नेपालीको विषय भएकाले साथीहरूको अगाडि नजानेको महसुस भयो। म पनि निजीमा पढ्न पाएको भए साथीहरू जस्तै जान्ने हुन्थे की भन्ने लाग्दो रहेछ। निजी विद्यालय नपढ्दैमा आफू माथि गइन्न भन्ने कुरा गलत रहेछ।’

उनी भन्छन्, ‘राम्रोसँग शिक्षण गरी आफ्नो विषयमा दक्षता प्रदर्शन गर्न सक्छ। हजारौं अबोध बालबालिकालाई ज्ञानको ज्योति दिन्छन्। प्रधानाध्यापक भन्नासाथ आफ्नो शिक्षण कार्य त छँदै छ, समग्र विद्यालयको शैक्षिक, आर्थिक, भौतिक, प्रशासनिक कामकाजको मुख्य नेतृत्वकर्ताको भूमिका पनि निर्वाह गर्नुपर्छ।’  

श्रेष्ठले आफ्ना साथीको बारेमा भने, ‘आफ्नो उमेरका साथीहरूसँग शिक्षक भएपछि सँगै हिडन् समय दिन पाएको छैन्। साथीहरू कोही लाहुरे भए, कोही वैदेशिक रोजगारमा गए, कोही विभिन्न देशका भाषाहरू पढ्दै छन्। आफू भने प्रअ भएर बसेको छु। देशमै बसेर रोजगार पाउँदा खुसी छु।’  
उनकाअनुसार प्रधानाध्यापक र शिक्षकमा कामका हिसाबले धेरै भिन्नता छन्। हरेक विद्यालयको समस्या समाधानको केन्द्रबिन्दु प्रअ हो। 

श्री बाल विकास आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिल कुमार का अनुसार विद्यालयको समस्या हेरेर श्रेष्ठलाई प्रअ बनाएको बताउँछन्। ‘उहाँमा प्रअ सञ्चालन गर्न सक्ने खुबी भएकोले जिम्मेवारी दिएका हौँ’, उनले भने।  

अध्यक्ष दिलकुमारले आङ्देम्बे भने, ‘उहाँलाई प्रअ दिएको २ महिना भयो। उहाँ निमित्त प्रअ हो। उहाँ अब एक दुई महिना पछि अर्को स्कुल जानुहुन्छ।’  

आङ्देम्बले पहिलो प्रअले अवकाश पाएपछि सबैको सहमतिमा श्रेष्ठलाई प्रअ बनाएको बताए। उहाँ करारमा हुनुहुन्थ्यो। अहिले स्थायी भइसक्नु भयो।’  

२१ वर्षीय प्रअ श्रेष्ठले थपे, ‘म शिक्षक हुनुको मुख्य कारण मेरो एउटा लक्ष्य हो। हामी २१ औं शताब्दीका मान्छेहरु धन सम्पत्तिमा नै लिप्त छौँ तर धन सम्पत्ति आ–आफ्नो ठाउँमा छ तर सम्मान, इज्जत भन्ने कुरा हाम्रो अमूल्य गहना हो, त्यो म शिक्षण पेसामा पाउँछु।’

उनले यो पेसाप्रतिको आकर्षण व्याख्या गर्दै भने, ‘जहाँ आफू पनि सिक्न पाइन्छ र आफुले पनि अरुलाई सिकाउन सकिन्छ । यस्तो आनन्ददायी र हजारौँ अबोध बालबालिकालाई ज्ञानको ज्योति दिन पाउँदा मन त्यसै प्रफुल्ल हुन्छ यही सोचबाट प्रेरित हुँदै यो क्षेत्रमा आएको हुँ। विशेषतः यो क्षेत्रमा आउनुमा मेरो बुबाको ठुलो साथ र सहयोग छ । उहाँ आफैँ पनि शिक्षण पेसामा नै हुनुहुन्छ तर उहाँ स्थायी बन्न सक्नु भएन। बुबाको शिक्षण कौशलबाट प्रेरित भएको छु र आज यहाँसम्म आउन सफल भएको हुँ।’
उनी आफुले भने करिब ४ वर्षको उमेरमा विद्यालय शिक्षा सुरु गरेका हुन। ‘त्यति बेला बुबाले मलाई पढाउन भन्दा नि साथी भाइसँग घुलमिल र समय बिताउन पठाउनु भएको रहेछ’, श्रेष्ठले भने। तर उनलाई शिक्षकहरूले भर्ना गरिदिए। पढाइमा मेहनती र इमानदार रहेको उनको दाबी छ।  
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस