ऋण काढौं, घिउ खाऔं
२३ साउन २०८२
•
४ मिनेट पाठ
ऋण काढौं, घिउ खाऔं
चार्वाकको एउटा सिद्धान्त छ - ऋणम् कृत्वा घृत‌ं पिवेत् अर्थात् ऋण काढेर भए पनि घिऊ खानू। जीवन दर्शन कस्तो बनाउने भन्ने पक्षलाई जहिल्यै विचार गर्नुपर्छ। एक बारको जुनी हो, फेरि फेरि आउँदैन त्यसैले जति बाँचिन्छ, सुखसँग बाँचिन्छ, ऋण काढेर भए पनि घिऊ खानुपर्छ भन्नुलाई पनि अन्यथा मान्न मिल्दैन। यसैमा पनि ऋण काढेर भए पनि व्यापार व्यवसाय वा अन्य काम गरेर अगाडि बढ्नुपर्छ भन्न सकिन्छ।




हाम्रो मुलुकका सन्दर्भमा पनि चार्वाकको यो सिद्धान्त ऋणका मामिलामा ठ्याक्कै मिलेको छ। अत्याधुनिक बङ्गलामा बस्नुपर्छ। शानसौकत र सुविधा त्यसमा हुनुपर्छ। ठुला भवन र अग्ला बुर्जा (टावर) बनाउनुपर्छ। अहिलेको मुलुकको विकासको यो नमुना हो तर यस्ता वस्तुले आम्दानीभन्दा बढी खर्च गराउँछन्। अहिले देशमा बनेका ठुला भवन र बुर्जाहरूले कुन आर्थिक उपलब्धि दिएका छन्? ठुल्ठुला सभाभवन निर्माण गरिएका छन्, त्यसको पनि खासै उपयोग छैन। भएकै सभाभवनबाट तत्कालका समस्या समाधान हुन सक्छन्।

अहिले देशका लागि चाहिएको छ - आर्थिक उपार्जन हुने उद्योगधन्दा। त्यसैगरी चाहिएको छ - अर्थतन्त्रलाई उकास्ने विकास निर्माणका काम। राम्रा अस्पताल र स्कुल चाहिएको छ। यसका लागि आवश्यक पर्‍यो भने पनि ऋण लिन सकिन्छ। ऋण लिएर त्यसले आर्थिक उपार्जनतर्फ मुलुकलाई लैजानुपर्छ। अनावश्यक ठाउँमा लिएको ऋणको साँवा–ब्याज फिर्ता गर्न देशले बर्सेनि बजेटको ठुलो हिस्सा खर्च गर्नुपर्ने अवस्था आएको छ।

गत आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक र वैदेशिक ऋणको साँवा–ब्याज तिर्न देशले तीन खर्ब ६२ अर्ब ५९ करोड रूपैयाँ सरकारले खर्च गर्नुपरेको छ। यो भनेको नेपालको झन्डै विकास बजेटभन्दा कम रकम हो। पुँजीगत खर्चका लागि तीन खर्ब ५२ अर्ब ३५ करोड रूपैयाँ मात्र छुट्याइएको थियो। एकातिर पुँजीगत खर्चका लागि छुट्याइएको रकम विकास निर्माणका काममा खर्च नहुने अवस्था छ। अर्कोतिर त्योभन्दा धेरै रकम ऋणको साँवा–ब्याजका लागि छुट्याउनुपर्ने बाध्यात्मक अवस्था छ। यस्तो अवस्थामा विकास निर्माणका निम्ति कसरी स्रोतको जोहो हुन सक्छ।

नेपाल अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुन लागेको र आर्थिक अवस्था सुदृढ भएको, नेपालीको प्रतिव्यक्ति आम्दानी बढेकाले सस्तो ऋण दिन छाडेका छन्। सरकारले आफ्ना योजनाका लागि ऋण लिएर काम चलाउनुपर्ने र त्यो पनि महँगो ऋण भएपछि हाम्रो मुलुकलाई थप आर्थिक समस्या पर्दै जाने देखिएको छ।

विश्व बैंकजस्तो बहुपक्षीय अन्तर्राष्ट्रिय वित्तीय संस्थाले समेत नेपाललाई दिँदै आएको ऋणको ब्याजदर ०.७५ बाट बढाएर दोब्बर पारेको छ। अब नेपालले १.५ प्रतिशतका दरले ऋणको ब्याज तिर्नुपर्ने अवस्था आएको छ। विश्व बैंकले ऋणको ब्याज बढाएपछि स्वाभाविकरूपमा विभिन्न परियोजनामा लागत बढ्ने निश्चित छ। त्यसमा पनि विश्व बैंकजस्ता संस्थासँग नेपालले सडक र पुलजस्ता पूर्वाधार परियोजनामा मात्र होइन शिक्षा क्षेत्रका निम्ति पनि ऋण लिँदै आएको छ।

यसरी ऋणमा ब्याज बढाएपछि स्वाभविकरूपमा नेपालले तिर्नुपर्ने भार बढ्छ। राजस्व वृद्धि नहुँदा चालु खर्च धान्न गाह्रो भइरहेका बेला यसरी ब्याज बढ्नु यसै पनि हाम्रो मुलुकका निम्ति असजिलो हो। नेपालले अझै कमजोर आर्थिक अवस्था र स्रोतको अभाव अवगत गराउँदैन सहुलियत ऋण लिन ध्यान दिनुपर्ने हो। अहिले आएर नेपालको अर्थतन्त्र बलियो भएको भनेर ब्याज बढाउनु भनेको यसबिच हामीलाई कति कठिनाइ थियो भन्ने पक्षलाई बेवास्ता गर्नु हो। भर्खर तंग्रिन खोजेको अर्थतन्त्रलाई फेरि यसले अप्ठ्यारोमा पार्न सक्छ।

एकातिर हाम्रा परियोजना समयमा सम्पन्न नभएका कारण लागत बढ्ने गरेको छ। देशका कैयन ठुला परियोजनाका निम्ति दुई दशकसम्म खर्च भएको छ। यस्तो अवस्थामा अनाहकमा परियोजना लम्बिने र खर्च बढ्ने काम भएको छ। अर्कोतिर ती परियोजनामा व्यापक भ्रष्टाचार भएको छ। ऋण लिएर मोज गरेको जस्तो अवस्थालाई नै भनिने हो– ऋण काढेर घिउ खाने काइदा। त्यसको भार समेत मुलुक र मुलुकबासीले बोक्नुपर्ने अवस्था छ। यस्तो अवस्थामा ऋण लिई–लिई कसरी विकास गर्न सकिन्छ ?

हाम्रो मुलुकले विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषलगायतसँग ऋण लिँदै आएको छ। जापान लगायतका कतिपय मित्र मुलुकले समेत हामीलाई सहुलियत ऋण दिँदै आएका हुन्। अहिले आएर नेपालीको प्रतिव्यक्ति राष्ट्रिय आय एक हजार एक ३५ अमेरिकी डलरभन्दा माथि पुगेको आधार देखाउँदै नेपाललाई दिने ऋणको ब्याजदर बढाउने काम विश्व बैंकले गरेको हो।

त्यति मात्र होइन नेपालले यी अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट दीर्घकालीन ऋण लिन पाउनेमा त्यसको समयावधि पनि कम हुन थालेको छ। त्यसो त नेपाल अन्तर्राष्ट्रिय ऋणको साँवा–ब्याज बुझाउन निकै भरपर्दो मुलुकका रूपमा चिनिएको छ। देशभित्र आवश्यक काम गर्न नसके पनि यस्तो ऋण समयमै बुझाउँछ। अबदेखि विश्व बैंकले ४० वर्षमा तिरिसक्नु पर्ने ऋण ३० वर्षमा तिनुपर्ने हुन्छ।

केही वर्षमै नेपालको वैदेशिक ऋण निकै बढेको छ। सार्वजनिक ऋण २६ अर्ब ६९ अर्ब ५७ करोड रूपैयाँ पुगेको। यसमा वैदेशिक ऋणको हिस्सा ५२.४९ प्रतिशत अर्थात् करिब १४ खर्ब एक अर्ब रूपैयाँ रहेको छ। ऋण बढेअनुसार मुलुकको आर्थिक विकासको गति बढ्नु आवश्यक छ। त्यसैगरी ऋण लिएपछि उत्पादनमूलक क्षेत्रमा लगानी गर्न पनि सक्नुपर्छ। प्रतिफल दिने योजनामा लगानी गर्नुपर्छ। निर्धारित समयमा परियोजना सम्पन्न गर्नुपर्छ। बाटाघाटा बनाइन्छ भने त्यसलाई पनि अर्थतन्त्रसँग जोडेपछि मात्र उपलब्धि हुन्छ।  
अर्को समाचार
पुनर्निर्माण अर्को विपद् बन्नु हुँदैन
११ मंसिर २०८३
•
४ मिनेट पाठ
पुनर्निर्माण अर्को विपद् बन्नु हुँदैन
भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको तीन महिना बितिसकेको छ तर बाढीले घरबार, जीविकोपार्जन र वर्षौंको मेहनत गुमाएका हजारौं नागरिकका लागि विपद् अझै सकिएको छैन। उद्धार र तत्कालीन राहतको चरण पार भए पनि प्रभावित परिवारको जीवन सामान्य अवस्थामा फर्किन सकेको छैन। कसैको घर छैन, कसैको रोजगारी गुमेको छ, कसैको व्यवसाय बन्द छ। सडक, पुल, विद्युत् र अन्य सार्वजनिक संरचना क्षतिग्रस्त हुँदा दैनिक जीवन कष्टकर बनेको छ। तीन महिना बितिसक्दा पनि धेरै परिवार अस्थायी आवास र आश्रयस्थलमा बस्न बाध्य छन्। उनीहरूका लागि पुनःस्थापना र पुनर्निर्माणको प्रतीक्षा झन् पीडादायी बन्दै गएको छ।




नुवाकोटको बेत्रावतीदेखि रसुवाको स्याफ्रुबेँसी र टिमुरेसम्म सडक तथा पुल पुनर्निर्माणले अपेक्षित गति लिन सकेको छैन, यातायात सहज नहुँदा स्थानीयको दैनिक गुजारा र आर्थिक गतिविधि प्रभावित छन्। विस्थापित परिवारको स्थायी पुनःस्थापनाका लागि जग्गा पहिचान गरिएको भए पनि उनीहरूलाई सुरक्षित स्थानमा बसोबास गराउने काम अझै बाँकी छ। राहत वितरण, प्रारम्भिक नगद सहयोग र विद्युत् आपूर्ति पुनःस्थापनाका प्रयास त भएका छन् तर तत्कालीन राहत र दीर्घकालीन पुनर्निर्माणबिचको खाडल देखिन थालेको छ। प्रभावित नागरिकले सरकारका तीनै तहलाई दबाब दिन संघर्ष समिति गठन गर्नुपर्ने अवस्था आउनु आफैंमा चिन्ताको विषय हो।

यस्तो अवस्थामा सरकारले हानि तथा नोक्सानी कोषबाट प्राप्त हुने सहायता परिचालन गर्न अवधारणापत्र माग गर्नु सकारात्मक कदम हो। कोषको सञ्चालक समितिले गत अक्टोबर २२ मा नेपाललाई २१.६ मिलियन अमेरिकी डलर सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो। त्यसमध्ये २० मिलियन डलर भोटेकोसी–त्रिशूली नदी करिडोरका प्रभावित समुदायको पुनःस्थापना, पुनर्निर्माण र जीविकोपार्जन सुधारका लागि छुट्याइएको छ भने १.६ मिलियन डलर प्रशासनिक तथा व्यवस्थापकीय खर्चका लागि हो।

सरकारले एफआरएलडीबाट मान्यता प्राप्त नेपालस्थित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थालाई अवधारणापत्र पेस गर्न आह्वान गरेको छ। आगामी ५ डिसेम्बरसम्म प्रस्ताव पेस गर्न सकिने व्यवस्था गरिएको छ। ढिलै भए पनि यो सहयोग भित्र्याउन गरिएको पहल स्वागतयोग्य छ र अब संस्था छनोट र पुनर्निर्माण र पुनस्र्थापनाको कार्य अगाडि बढाउन कुनै ढिलाइ हुनु हुँदैन।

यो सन्दर्भमा भएको ढिलाइ र सुस्तगतिले महत्त्वपूर्ण प्रश्न पनि उठेको छ– के हामी पुनःस्थापना र पुनर्निर्माणका लागि पर्याप्त रूपमा तयार छौं? विपद्का बेला उद्धार र राहतमा सक्रियता देखाउने तर त्यसपछि पुनर्निर्माणमा ढिलाइ हुने प्रवृत्ति नेपालमा नयाँ होइन। जिम्मेवारीको अस्पष्टता, निकायबिच समन्वयको अभाव, प्रशासनिक झन्झट, कमजोर अनुगमन र जवाफदेहिताको कमीले पुनर्निर्माण प्रभावित हुने गरेको छ। भोटेकोसीको हकमा यस्तो कमजोरी दोहोरिनुहुँदैन। विपद्पछिको पुनर्निर्माण अर्को विपद् बन्न दिनु हुँदैन।

राष्ट्रिय योजना आयोगको विपद्पछिको आवश्यकता मूल्यांकनअनुसार समग्र पुनर्निर्माण तथा पुनरुत्थानका लागि सात खर्ब २३ अर्ब रुपैयाँभन्दा बढी आवश्यक पर्ने देखिएको छ। निजी सम्पत्तिमा मात्रै करिब ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ।

यस्तो विशाल आवश्यकताका तुलनामा एफआरएलडीको सहयोग महत्त्वपूर्ण भए पनि पर्याप्त होइन। त्यसैले उपलब्ध रकमको उपयोग अत्यन्तै प्राथमिकतासाथ हुनुपर्छ। सबैभन्दा बढी प्रभावित, घरबारविहीन, आर्थिक रूपमा कमजोर तथा जीविकोपार्जन गुमाएका परिवारलाई केन्द्रमा राखेर कार्यक्रम बनाउनुपर्छ।

पुनर्निर्माणको अर्थ बाढीले बगाएका संरचना पुरानै ठाउँमा पुनर्निर्माण गर्नु मात्र होइन। जोखिमयुक्त बस्ती, नदी किनार र पहिरोको सम्भावना भएका क्षेत्रमा वैज्ञानिक अध्ययनबिना घर, सडक, पुल र अन्य संरचना बनाउनु अर्को जोखिम निम्त्याउनु हो। जोखिम मूल्यांकन, भूगर्भीय अध्ययन र जलवायु परिवर्तनका सम्भावित प्रभावलाई आधार बनाएर सुरक्षित पुनर्निर्माण गर्नुपर्छ।

आवश्यक परे प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्छ। त्यसका लागि उनीहरूको सहमति, पर्याप्त क्षतिपूर्ति र जीविकोपार्जनको सुनिश्चितता आवश्यक रहन्छ। त्यसैगरी, पुनर्निर्माणमा स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्नुपर्छ। कुन क्षेत्रमा के बनाउने, कसलाई प्राथमिकता दिने र उपलब्ध स्रोत कसरी खर्च गर्ने भन्ने निर्णय प्रभावित नागरिकको आवश्यकताका आधारमा हुनुपर्छ।

भोटेकोसी विपद्ले नेपालको विपद् व्यवस्थापन क्षमता मात्र होइन, जलवायु परिवर्तनका कारण बढ्दो जोखिमप्रति हाम्रो तयारीको अवस्थासमेत परीक्षण गरेको छ। अबको चुनौती क्षतिग्रस्त संरचना उठाउनु मात्र होइन, भविष्यमा त्यस्तै विपद् आउँदा कम क्षति हुने समाज र पूर्वाधार निर्माण गर्नु पनि हो।

अन्तर्राष्ट्रिय जलवायु वित्त प्राप्त गर्नु उपलब्धि हो तर त्यसको वास्तविक सफलता प्रभावित नागरिकको जीवनमा आएको परिवर्तनले मापन गर्नेछ। तीन महिना बितिसक्दा पनि अनिश्चिततामा रहेका नागरिकलाई अब आश्वासन होइन, परिणाम चाहिएको छ। पुनःस्थापना र पुनर्निर्माणमा हुने ढिलाइ, अव्यवस्था र कमजोर तयारीले उनीहरूमाथि अर्को विपद् थपिनु हुँदैन।
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
यो पनि पढौँ
महिला श्रमको अवमूल्यन
नागरिक नागरिक • · ०८ मंसिर २०८३ · ३ मिनेट पाठ
भूमिहीनलाई भूमिको स्वामित्व
नागरिक नागरिक • · ०४ मंसिर २०८३ · ४ मिनेट पाठ
गाँजा तस्करीको जालो
नागरिक नागरिक • · ०७ मंसिर २०८३ · ४ मिनेट पाठ
भूमिहीनलाई भूमिको स्वामित्व
नागरिक नागरिक • · ०४ मंसिर २०८३ · ४ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस