पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) जलजलेले चार दिनयता धमाधम क्लिङ्कर उत्पादन गरिरहेको छ। १० दिनअघि पहिलो पाईरिङ गरिएको उद्योग सुरुमा २४ घण्टा नचली मेसिन बिग्रेकोमा मर्मतपछि लगातार उत्पादन दिन थालेको हो।
पहिलो पटक बिग्रँदा १८ घण्टा लामो मर्मतपछि सुचारु भएको उद्योग फेरि केही घण्टा बिग्रेर तेस्रो पटक पाईरिङ गरेयता भने रोकिएको छैन। पहिलो फाइरिङको पाँच दिनदेखि लगातार क्लिङ्कर उत्पादन थालेको र अहिलेसम्म दुई हजार मेट्रिक टन उत्पादन भइसकेको प्रशासन महाशाखा प्रमुख गम्भीरजङ खत्रीले बताए।
उनका अनुसार पाँच दिनदेखि लगातार क्लिङ्कर उत्पादन हुने क्रम नरोकी जारी छ। ८ महिनाअघि ११ दिन चलेको उद्योग सरकारले निजीकरण गर्ने निर्णय गरेसँगै बन्द थियो। खत्रीले पहिलो पाईरिङको केही दिन बिग्रेर निकै सबक भए पनि चल्न थालेपछि सरार चलिरहेको बताएका छन्। क्लिङ्कर उत्पादन गर्न थालेको २४ घण्टामै १ हजार मेट्रिक टन उत्पादन दिएको उद्योगले पछिल्लो अर्को २४ घण्टामा थप १ हजार बढी क्लिङ्कर उत्पादन गरिसकेको छ।
खत्रीका अनुसार २ हजार मेट्रिक टन क्लिङ्कर भनेको ४० हजार बोरा सिमेन्ट हो। जसको अहिलेको कायम प्रतिबोरा ७ सय ५१ रुपैयाँ ५० पैसाको बजार मूल्य अनुसार ३ करोड बढी मूल्यको गैँडा छाप सिमेन्ट तयार भइसकेको खत्री बताउँछन्। ‘लामो समय बन्द भएर खिया लागेकाले होला पहिलो फाईरिङको ३–४ दिन मेसिन बिग्रेर निकै दुःख भयो, तर, मर्मत गर्दै पुनः फाईरिङ गर्दै चलाउन छाडिएन’ खत्री भन्छन् ‘तर, लगातार मर्मत गर्दै चलाउँदै गर्दा सामान्य अवस्थामा आएर उत्पादन दिइरहेको छ।’
क्लिङ्कर उत्पादन निरन्तर भईरहेपछि उद्योगले सिमेन्ट बिक्री गर्न थाल्ने तयारी गरेको छ। अव केहीदिनपछि नै बजारमा गैँडा छाप बिक्री गर्न थाल्ने खत्रीले बताए। गैँडा सिमेन्ट गुणस्तरमा दक्षिण एसियाकै राम्रो सिमेन्टको पहिचान बनाएकाले बजारमा यसको माग जहिल्यै उच्च हुने गरेको छ। गैँडा सिमेन्ट अन्य सिमेन्टहरुको भीडमा नामै काफी भएकाले बजारको कुनै समस्या नरहेको व्यापारीहरु बताउँछन्।
निजी कम्पनीका सिमेन्ट उत्पादन नहुदा स्थनीय बजारदेखि काठमाडौँ, विराटनगर, सप्तरी, सिराहा, वीरगञ्ज र पोखरासम्मको एकछत्र बजार कब्जा जमाएको गैँडा सिमेन्ट प्राईभेट सिमेन्टको दबदबामा पनि उत्तिकै लोकप्रिय रहेको त्रियुगा उद्योग बाणिज्य संघका उपाध्यक्ष दिनेश श्रेष्ठ बताउँछन्। उनका अनुसार एकदशक अघिसम्म गैँडाको बिकल्पमा कुनै सिमेन्टको नाम बजारमा उच्चारण हुदैनथ्यो। तर, पछिल्लो समय निजी सिमेन्टको बिगविगी तथा गैँडा उत्पादन कम हुन छाडे पनि ब्राण्ड अझै नखस्केको उनले बताए।
दशकयता धरासायी बन्दै गएको उद्योग ४ वर्षयता महाप्रबन्धक र सञ्चालक समिति अध्यक्षविहीन छ। गएको वर्षदिनयता वैशाख पहिलो साता ११ दिन चलेपछि सरकारले निजीकरण गर्ने निर्णय गरेसँगै पूर्णरुपमा रोकिएको उद्योग ८ महिनापछि भर्खर चल्न थालेको हो। उद्योग नचल्दा विगत ९ महिनायता कर्मचराीले तलबभत्ता खान पाएका छैनन्।
वैशाखमा ११ दिन चल्दा उत्पादित १ लाख बोरा सिमेन्ट बिक्री गरेर त्यहाँ कार्यरत २ सय २६ जना कर्मचारी र ५९ जना सुरक्षाकर्मीलाई ३ महिनाको तलबभत्ता खुवाइएको थियो। त्यही बेला कर्मचारीको विमा नवीकरणवापत अढाई करोड भुक्तानी दिनुका साथै कच्चा पदार्थ आपूर्तिकर्ताको बक्यौता रकम पनि केही लाख भुक्तानी गरिएको थियो। अहिले सञ्चालन गर्न आवश्यक कच्चा पदार्थ पनित्यही बेलाको बाँकी सिमेन्ट बेचेको रकमले खरिद गरिएको उद्योगले जनाएको छ।
यसअघिको काँग्रेस–एमाले गठबन्धन सरकारको वैशाख १५ गतेको मन्त्रिपरिषदले उदयपुर र हेटौँडा सिमेन्टसहित ७ वटा पूर्ण सरकारी स्वामित्वका उद्योगहरु निजीकरण गर्ने निर्णय गरेको थियो। उदयपुर र हेटौँडा सिमेन्ट, जनकपुर चुरोट कारखाना, गोरखकाली रबर, नेपाल मेटल कम्पनी, बुटबल धागो कारखाना र नेपाल ओरियन्ट म्याग्नेसाईट निजीकरण गर्ने निर्णय गरेको हो।
उदयपुर सिमेन्ट निजीकरण गर्ने निर्णयको जिल्लाबासीले चर्को विरोध गर्दै आएका छन्। सरकारको निर्णय लगत्तै उद्योगका कर्मचारी, मजदुर सङ्घ÷सङ्गठन, स्थानीय राजनीतिक दलहरु, नागरिक समाज, बुद्धिजीवि, सञ्चारकर्मी र युवा महिलाले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए। सर्वत्र विरोध भईरहेकै बेला पनि सरकारले उद्योगको मूल्याङ्कन प्रक्रिया अघि बढाईसकेको थियो। तर, जेनजेड आन्दोलनपछि केही समयका लागि सो प्रक्रिया रोकिएको बताइएको छ।
उदयपुर सिमेन्टलगायत उद्योगहरुको निजीकरण सवालमा सम्पत्ति मूल्याङ्कनको जिम्मा एसियाली विकास बैङ्क (एडिबी)को प्राविधिक टोलीले पाएको छ। टोलीले काम अघि बढाईसकेको उद्योगहरुको मूल्याङ्कन गरिसकेको र उदयपुर सिमेन्टको पनि छिट्टै गर्न आउने जनाइएको छ।
क्याप्सनः ८ महिना लामो बन्दपछि सुचारु भएको सरकारी स्वामित्वको उद्योग। तस्विरः महेश्वर