बूढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले डुबान क्षेत्रका बासिन्दाको माग र गुनासोलाई आयोजना कार्यालयले बेवास्था गरेको बताएको छ। सरोकार समितिका संयोजक हरेराम ढकालले सोमवार एक बिज्ञप्ती जारी गर्दै आयोजनाले खातामा पठाएको मुआब्जा रकम सम्बन्धित बैंकले बिभिन्न बहानामा रोकेको बताएका छन्।
मुआब्जा रकम बैंक खातामा दाखिला भएको १५ दिन भन्दा बढी हुँदा पनि बैैंकले प्रयोग गर्न नदिनुमा आयोजना कार्यालयका जिम्मेवार अधिकारी र बैंक कर्मचारीको मिलेमतोमा कमिसनको खेल भएको हुन सक्ने उनले बताए। ‘बैंकहरुको यो रबैया भयो’ उनले भने ‘डुवानबासीले आफ्नो चाहना अनुसार रकम प्रयोग गर्न पाउनुपर्छ।’
मुआब्जा पाएकाहरुले आफ्नो घर, गोठ, संरचना र बोटविरुवाको के कति दररेट अनुसार कति मुआब्जा पाएको हो भनी सोधखोज गर्दा आयोजना कार्यालयले बिवरण नदिएको गुनासो स्थानीयले गरेका छन्। ‘के कति दररेटमा कति मुआब्जा आएको हो भनी जानकारी दिन अस्वीकार गर्नु आयोजनाको गैरजिम्मेवारीपन हो’ बिज्ञप्तीमा भनिएको छ। साथै सरोकार समितिले घरगोठ, बोटबिरुवाको मुआब्जा पाउन बाँकी भएकालाई तत्काल दिनुपर्ने माग गरेको छ।
मुआब्जा दिने क्रममा आफ्नो घर, गोठ, संरचना र बोटविरुवा छुटपुट भएको अवस्थामा पनि डुवानबासीलाई चुप बस्न बाध्य पारिएको सरोकार समितिका संयोजक ढकालले बताए। घर, गोठ, संरचना र बोटविरुवाको मुआब्जा दिन छुटेको भए मुआब्जा पाउने सुनिश्चित गर्न पनि राष्ट्रिय सरोकार समितिले माग गरेको छ।
बूढीगण्डकी जलविद्युत आयोजना मुआब्जा, वातावरण, पुनर्बास तथा पुनस्र्थापना इकाइका प्रमुख जगतकुमार श्रेष्ठले काम गर्दागर्दै झुटो आरोप लगाइएको बताए। ‘कसरी हुन्छ छिटो जनताले मुआब्जा पाउन् भनेर अहिले पनि त्यसैमा काम गरिरहेका छौँ’ उनले भने ‘असार भित्र मुआब्जा पठाउने र साउन लागेपछि बिवरण हेर्न मिल्ने ब्यवस्था गर्दैछौँ।’
बैंकमा भएको ढिलाईबारे गुनासो आएको र इकाईले सहज तरिकाबाट मुआब्जा रकम पाएकाहरुलाई पैसा दिन बैंकलाई सुझाब दिएको उनले बताए। ‘बैंक संगको मिलेमतोमा कमिसनको खेलको आरोप लगाइएको छ, आरोप लगाएकाहरुले पुष्टि गर्नुपर्यो, झुटो आरोप लगाउनु भएन, काम गर्दागर्दै यस्तो आरोप लाग्नु दुःखद भयो।’ इकाई कार्यालयले लामो समयदेखि रोकिएको मुआब्जा निर्धारण र बितरणको काम तीन महिना भित्र गरेको बताउँदै उनले निरन्तर काम भईरहेको बताए।