अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा र आन्तरिक विमानस्थल १८ सञ्चालन हुने
०३ वैशाख २०७९
•
५ मिनेट पाठ
अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा र आन्तरिक विमानस्थल १८ सञ्चालन हुने
अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ १५ गतेदेखि चौबीसै घण्टा सञ्चालनमा आउने भएका छन्। बढ्दो हवाई उडान चाप व्यवस्थापनका लागि नियामक नेपाल नागरिक उड्डययन प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई चौबीसै घण्टा सञ्चालन गर्ने तयारी गरेको हो।




त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)सहित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि अब चौबीसै घण्टा सञ्चालन हुने प्राधिकरणले जनाएको छ। प्राधिकरणका महानिर्देशक इञ्जिनियर प्रदीप अधिकारीले जेठ १५ गते गणतन्त्र दिवसका दिनदेखि टिआइएलाई चौबीसै घण्टा सञ्चालन गर्न लागिएको जनाए। उनले  कोभिड महामारीपछि बढेको हवाई चापलाई व्यवस्थापन गर्न काठमाडौंको विमानस्थललाई चौबीसै घण्टा सञ्चालन गर्ने निर्णय भएको बताए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको विशेष चासो र सक्रियतामा मुलुकको हवाई उड्डयन क्षेत्रमा सुधारात्मक प्रयास भइरहेको छ। त्यसैको प्रतिफलस्वरूप तीन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशैभरका विमानस्थलको पूर्वाधार विकास र सेवा सुदृढीकरणका लागि प्राधिकरण लागिपरेको प्राधिकरणले जनाएको छ।

विमानस्थलको आधुनिकीकरण र व्यवसायीकरणका लागि पर्यटनमन्त्री आलेले सहजीकरण गरिदिएका छन्। मन्त्री आलेकै पालामा टिआइए २४ घण्टा सञ्चालनमा आउन लागेको हो। ‘पर्यटनमन्त्री आलेको बोर्ड बैठकमा पटकपटकको निर्देशन बमोजिम प्राधिकरणले आन्तरिक गृहकार्य गरेर यो योजना सार्वजनिक गरेको हो’,सञ्चारकर्मीसँग कुरा गर्दै महानिर्देशक अधिकारीले भने।

कोभिडपछि अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक विमानस्थलमा उडान चाप बढेको छ। उडान चाप बढ्नु सुखद् पक्ष पनि हो। हवाई यातायातको बढोत्तरी मुलुकको अर्थतन्त्रका लागि पनि धेरै राम्रो अवसर भएको प्राधिकरणको बुझाइ छ। साथै यसको व्यवस्थापनमा चुनौती उत्तिकै छन्। त्यसैले विमानस्थलको प्रभावकारी व्यवस्थापनका लागि आफूहरू जुटिरहेको महानिर्देशक अधिकारीले बताए।

उनेले भने, ‘अन्तर्राष्ट्रिय र आन्तरिक सबै विमानस्थलमा व्यापक पूर्वाधार सुधार र सेवा स्तरीकरणको खाँचो छ। नेपालको आकाश सुरक्षित रहेको सन्देश पनि दिनु छ, आज टिआइएमा कुनै अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्ने इच्छा देखाएमा स्लट दिन सक्दैनौं।’

यसअघि २०७५ जेठमा तत्कालीन पर्यटनमन्त्री स्व रवीन्द्र अधिकारीले टिआइए २१ घण्टा सञ्चालनमा ल्याएका थिए। बिहान ६ देखि राति १२ बजेसम्म १८ घण्टा सञ्चालन हुँदै आएको उक्त विमानस्थललाई तीन घण्टा थपेर २१ घण्टासम्म सञ्चालनमा ल्याएका थिए। यद्यपि टिआइएको धावनमार्गको जीर्णोद्धारको काम सुरु भएपछि पुनःउडान सञ्चालन अवधि घटेको थियो। त्यसपछि कोभिडका कारण देशभर बन्दाबन्दी लागू भएपछि अन्तर्राष्ट्रिय र आन्तरिक उडान कटौती हुँदै जाँदा विमानस्थल सञ्चालन समय घटाइएको थियो।

कुल ९२ लाख यात्रु क्षमताको टिआएमा सन् २०१८ मा ७२ लाख हवाई यात्रुले सेवा लिएका थिए। कोभिड महामारी नभएको भए विमानस्थलको क्षमताले यात्रु धान्नसक्ने अवस्था थिएन। काठमाडौं विमानस्थलको विकल्पका रूपमा पनि गौतम बुद्ध विमानस्थललाई हेरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अब चौबीसै घण्टा सञ्चालन हुने प्राधिकरणले जनाएको छ।

गौतम बुद्धको विमानस्थलको नयाँ धावनमार्ग वैशाख ८ गतेदेखि सञ्चालन

प्राधिकरणले यही वैशाख ८ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग सञ्चालनमा ल्याउने भएको छ। महानिर्देशक अधिकारीले विमानस्थलको पुरानो एक हजार ५ सय मिटर लामो धावनमार्ग बन्द गरेर अन्तर्राष्ट्रियतर्फको ३ हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालन गर्न लागेको हो। ‘अब पाइलटले वैशाख ८ गतेपछि भैरहवाको पुरानो धावनमार्गलाई चिन्ने छैनन्, हामीले नयाँ विमानस्थलसँग सम्बन्धित हवाई रुट, धावनमार्ग, नेभिगेसन, उडान व्यवस्थापन प्रणाली, विमानस्थलमा रहेका सुविधाबारे विस्तृत प्राविधिक जानकारी एयरर्‍याक (एरोनटिकल इनर्फमेसन रेगुलेसन एन्ड कन्ट्रोल) मा प्रकाशन गरी सक्यौ’, महानिर्देशक अधिकारीले भने।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग वैशाख ८ गतेदेखि सञ्चालन हुने भए पनि अहिले अन्तर्राष्ट्रिय उडान भने आगामी जेठ २ गते बुद्ध जयन्तीबाट हुने प्राधिकरणले जनाएको छ।

अब विदेशी जहाजले काठमाडौं विमानस्थल बन्द भएको अवस्था वा अन्य कुनै आकस्मिक कारणमा भैरहवा विमानस्थलमा अवतरण गर्न सक्नेछन्। महानिर्देशक अधिकारीका अनुसार फागुन पहिलो सातादेखि नै विमानस्थलको टावर सञ्चालनमा आइसकेको छ। न्यारोबडी र वाइडबडीका लागि भैरहवाको धावनमार्ग तयार भएको छ। यो विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न भइसकेको छ।

आन्तरिक उडान राति १२ बजेसम्म सञ्चालन हुने

रात्रिकालीन उडानयोग्य पूर्वमेचीदेखि सुदूरपश्चिम धनगढीसम्मका विमानस्थमा अब राति १२ बजेसम्म सेवा सञ्चालन हुने भएको छ। नियामक प्राधिकरणले भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थललाई बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालनमा ल्याउने निर्णय गरेको हो।

यसले काठमाडौं विमानस्थलको विद्यमान उडान चाप पनि व्यवस्थापन हुने तथा कोभिड कहरपछि जुर्मुराउँदै गरेको पर्यटन क्षेत्रलाई राहत पुग्ने प्राधिकरणको विश्वास छ। प्रादेशिक रूपमा आर्थिक गतिविधि बढ्नेछन्।

उडान चापले यात्रा डिले हुँदा घण्टौंसम्म यात्रुले विमानस्थलमा निकै सास्ती व्यहोर्दै आएका छन्। उडान ढिलाइ भएकाले घण्टौं यात्रुले विमानस्थलको भुइँमा बस्नुपर्ने, बालबालिकाले व्यहोर्नुपर्ने सास्ती हटेर जाने बताइन्छ। रात्रि उडानका लागि नेपालमा उडान भर्ने आन्तरिक र अन्तर्राष्ट्रिय एयरलाइन्ससँग छलफल भइसकेको प्राधिकरणले जनाएको छ।

देशभरका विमानस्थलमा आधुनिक टर्मिनल भवन

प्राधिकरणले देशैभरका आन्तरिक विमानस्थलको पुरानो टर्मिनल भवन भत्काएर नयाँ आधुनिक सुविधासम्पन्न र व्यावसायिक बनाउने घोषणा गरेको छ।

महानिर्देशक अधिकारीले ७० वर्षभन्दा बढी पुराना देशभरका टर्मिनल भवन भत्काएर दुई वर्षभित्र नयाँ अत्याधुनिक भवन बनाइने बताए। उनले भने,‘तराई क्षेत्रका विमानस्थलमा बनाइएका टर्मिनल भवन ७० देखि ७५ वर्ष पुराना भइसके मर्मत गरेर चलाउन सम्भव छैन। पानी चुहिने, यात्रु क्षमता र सुविधा पनि अहिलेको समय अनुसार नभएकाले सबै भवन तत्काल विस्थापन गर्दैछौं।’ 
अर्को समाचार
जहाज नउड्ने अन्तर्राष्ट्रिय विमानस्थल
०७ चैत्र २०८०
•
५ मिनेट पाठ
जहाज नउड्ने अन्तर्राष्ट्रिय विमानस्थल
सरकारले गौतमबुद्ध र पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई उडान गराउन नसक्दा पर्यटन क्षेत्र समस्याग्रस्त बनेको छ। राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत ठूलो लगानीमा निर्माण भएका यी दुई अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नियमित गर्न नसक्दा पर्यटन क्षेत्रको लय बिग्रिरहेको गुनासो सरोकारवालाको छ।




‘जबसम्म विदेशी मुलुकसँग अन्तर्राष्ट्रिय हवाई कनेक्टिभिटी गर्न सकिँदैन, तबसम्म नेपालको पर्यटनले सोचेअनुरूपको गति लिन सक्दैन’, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले भने, ‘स्वाभाविक रूपमा आउने पर्यटकले मुुलुकको पर्यटनको विकास सम्भव छैन। त्यसैले सरकारले अन्तर्राष्ट्रिय हवाई कनेक्टिभिटी बढाउन जरूरी छ।’

अध्यक्ष शर्माले छिमेकी मुलुक भारतमा जति पनि हवाई उडान भइरहेका छन्, ती नेपालको पर्यटनका लागि पर्याप्त नभएको बताए। सरकारले चीन र भारतको प्रत्येक अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई कनेक्टिभिटी विस्तार गर्नु अहिलेको प्रमुख अवश्यकता भएको उनको बुझाइ छ।

‘भारतका केही सहरमा हुने अन्तर्राष्ट्रिय उडानले मात्र नेपाल आउने पर्यटकको लय धान्न सक्दैन, शर्माले भने, ‘अन्य मुलुकमा पनि हवाई कनेक्सन छिटो गनुप¥यो।’ उनले चीन र भारत मात्र नभएर युरोप अमेरिकालगायतका मुलुकसँग पनि कूटनीतिक पहल गरेर हवाई उडानका लागि पहल गर्नुपर्ने बताए।

सरकारले अहिले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान र अवतरण गर्ने विमानलाई विमानस्थलको सेवा शुल्कमा शतप्रतिशत छुट दिएको छ। अन्तर्राष्ट्रिय उडानका लागि प्रोत्साहन गरिएको अवस्थामा कुनै पनि अन्तर्राष्ट्रिय हवाई कम्पनीले नियमित उडान गरेका छैनन्। मुलुकमा पर्यटनको अथाह सम्भावना हुँदा पनि विदेशी पर्यटकको आकर्षण नेपालतर्फ बढाउन समस्या भइरहेको छ।

‘विदेशी पर्यटक मुलुक घुम्न आउन चाहे भने हामीसँग पर्याप्त अन्तर्राष्ट्रिय उडान छन्, तर वर्षमा ३०-३५ लाख पर्यटकलाई सेवा, सुविधा दिन र सबै सिजन पर्यटनको गतिविधि गर्न सक्ने क्षमता भएर के गर्नु ? सरकारले नेपाल घुम्न आउन चाहने पर्यटकलाई सहज हवाई टिकट पाउने व्यवस्थासम्म पनि गर्न सकेको छैन’, अध्यक्ष शर्माले भने, ‘अन्तर्राष्ट्रिय उडानका लागि सरकारको कूटनीतिक पहल नै पुगेन। यो सरकारको कमजोरी हो। सरकारले यसलाई सम्बोधन गर्न नसक्दा पर्यटन व्यवसायी निराश भइसकेका छन्। सबैभन्दा पहिले सरकारले विभिन्न मुलुकसँग कनेक्टिङ फ्लाइट गर्नुपर्‍यो।’

मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको २२ महिना भइसक्यो। गत वर्ष जेठ २ गते बुद्धजयन्तीको अवसर पारेर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थलको उद्घाटन गरेका थिए।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल। फाइल तस्बिर : नागरिक
नेपाल वायु सेवा निगमको न्यारोबडी जहाजले गौतमबुद्ध विमानस्थलबाट ‘प्रोमोसनल सेड्युल फ्लाइट’ गरेको थियो। त्यसपछि कुबेतको अलजजिरा एयरवेजले पहिलो व्यावसायिक उडान गरेको थियो। कुबेत–भैरहवा उडान गरिरहेको एयरलाइन्सले केही समय अन्तर्राष्ट्रिय उडान गरेको थियो, तर विभिन्न कारण देखाएर अलजजिराले केही समयपछि उडान बन्द गरेको थियो।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लुम्बिनी प्रदेशको पर्यटनको मुख्य आधार किल्लाका रूपमा मानिएको छ। सञ्चालनमा आइसकेको करिब २ वर्ष हुन लाग्दा समय–समयमा चार्टर्ड फ्लाइटबाहेक नियमित अन्तर्राष्ट्रिय उडान गर्न सकेको छैन।

यस्तै तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको झन्डै डेढ वर्ष पुगिसकेको छ। गौतबुद्धमा जस्तै पोखरा विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय हवाई उडान हुन सकेका छैनन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले भव्य समारोहबीच उद्घाटन गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सोही समारोहमा हिमालय एयरलाइन्सले न्यारोबडी विमानबाट डेमो फ्लाइट गरेको थियो। विमानस्थल सञ्चालनमा आएको १५ महिना पुगिसक्दा पनि अझै अन्तर्राष्ट्रिय उडान नियमित हुन भने सकेको छैन।

यसबीचमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट लगभग ६÷७ वटा मात्र अन्तर्राष्ट्रिय उडानहरू भएका छन्। गत असार ६ गते चीनको सिचुआन एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।

विमानस्थल सञ्चालनमा आएपछि हिमालय एयरलाइन्सले गरेको डेमो उडानबाहेक यात्रुसहितको पहिलो अन्तर्राष्ट्रिय अवतरण सिचुआनको थियो। त्यसको दुई महिनापछि भदै २२ मा भुटानबाट उडेको ड्रुक एयरको जहाज पोखरामा अवतरण हुने सिचुआनपछिको दोस्रो अन्तर्राष्ट्रिय अवतरण थियो। सो अवतरणलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको पहिलो व्यावसायिक उडान पनि भनेको थियो।

क्रमिक रूपमा कात्तिक २२ गते चीनको दुईवटा कार्गो जहाज र कात्तिक २४ गते हिमालयन एयरलाइन्सको जहाज गरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ६-७ वटा जहाज मात्र अवतरण गरेका छन्। अर्बौं लगानी गरेर निर्माण गरिएका अन्तर्राष्ट्रिय विमानस्थलहरू अन्तर्राष्ट्रिय उडानको डेमो, आपतकालीन र चार्टर्ड उडानका लागि मात्र प्रयोग भइरहेकाले पर्यटन व्यवसायीहरू मारमा परेका छन्।

दुवै विमानस्थलबाट सरकारले पटकपटक अन्तर्राष्ट्रिय उडानका लागि कूटनीतिक पहल भइरहेका छन् भनेर सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्। यसैक्रममा प्रधानमन्त्री दाहालले गत पुस ११ गते आफ्नो कार्यकालको एक वर्ष पुगेको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै ठूलो खर्च भएको भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालन गर्न पहल भइरहेको बताएका थिए।

सोही बेला उनले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट छिमेकी मुलुकका नजिकका विमानस्थलसम्म कम उचाइमा उडान गर्ने साना विमान सञ्चालनको पनि पहल भइरहेको बताएका थिए। त्यो पहलले अझै साकार हुने अवसर पाएको छैन।

प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले पनि विमानस्थलमा अन्तर्राष्ट्रिय उडान बढाउन भारतसँग सरकारले वार्ता गर्न आवश्यक रहेको बताउँदै आएका छन्।
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस