अन्तर्राष्ट्रिय विमानस्थलको उडान सामान्य
१२ असार २०७८
•
१ मिनेट पाठ
अन्तर्राष्ट्रिय विमानस्थलको उडान सामान्य
मनसुनी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा बदली र वर्षा भइरहेको छ।  




मनसुनी वायुका कारण देशका धेरैजसो स्थानमा सामान्यदेखि पूर्ण बदली रहनाका साथै धेरै स्थानमा अहिले सामान्यदेखि हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँमा आज बिहानदेखि निरन्तर वर्षा भइरहेको छ। काठमाडौँको आकाशलाई पूर्ण रुपमा बादलले ढाकेको छ।  

प्रतिकूल मौसमका बाबजुद पनि मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडान सामान्य रुपमा सञ्चालन भइरहेको छ। अन्तर्राष्ट्रियतर्फ कुनै पनि उडान अवरोध नभएको विमानस्थल कार्यालयले जनाएको छ। आन्तरिकतर्फ केही गन्तव्यको उडान सामान्य प्रभावित भएको छ।  

निरन्तरको वर्षा र बदलीले भिजिबिलिटी कमजोर हुँदा आन्तरिक उडानमा केही असहजता आए पनि अहिले क्रमशः सुधारोन्मुख छ। अन्तर्राष्ट्रिय उडानको भिजिबिलिटी दुई हजार ५०० रहेको छ। त्यो उडानका लागि उपयुक्त हुन्छ। अन्तर्राष्ट्रिय उडानतर्फ अधिकांश बिहानीको समयमा भएका छन्। काठमाडौँ अवतरण गर्ने जहाज बिहानै आइसकेका र साँझपखका उडान मात्र भएकाले कुनै अवरोध नभएको विमानस्थलले जनाएको छ। आन्तरिकतर्फ सीमित सङ्ख्यामा चार्टर्ड र उद्धार उडान मात्रै भइरहेको छ।  

सरकारले यही असार १७ देखि मुलुकको आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरिसकेको छ। अन्तर्राष्ट्रिय उडानमा पनि असार १० गते बिहीबारदेखि कतिपय गन्तव्यमा केही उडान सङ्ख्या थप गरिएको छ। कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले गत वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको थियो। आन्तरिक उडान वैशाख २० र अन्तरराष्ट्रिय उडान वैशाख २३ गते रातिदेखि स्थगन गरिएको थियो। रासस
अर्को समाचार
जहाज नउड्ने अन्तर्राष्ट्रिय विमानस्थल
०७ चैत्र २०८०
•
५ मिनेट पाठ
जहाज नउड्ने अन्तर्राष्ट्रिय विमानस्थल
सरकारले गौतमबुद्ध र पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई उडान गराउन नसक्दा पर्यटन क्षेत्र समस्याग्रस्त बनेको छ। राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत ठूलो लगानीमा निर्माण भएका यी दुई अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नियमित गर्न नसक्दा पर्यटन क्षेत्रको लय बिग्रिरहेको गुनासो सरोकारवालाको छ।




‘जबसम्म विदेशी मुलुकसँग अन्तर्राष्ट्रिय हवाई कनेक्टिभिटी गर्न सकिँदैन, तबसम्म नेपालको पर्यटनले सोचेअनुरूपको गति लिन सक्दैन’, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले भने, ‘स्वाभाविक रूपमा आउने पर्यटकले मुुलुकको पर्यटनको विकास सम्भव छैन। त्यसैले सरकारले अन्तर्राष्ट्रिय हवाई कनेक्टिभिटी बढाउन जरूरी छ।’

अध्यक्ष शर्माले छिमेकी मुलुक भारतमा जति पनि हवाई उडान भइरहेका छन्, ती नेपालको पर्यटनका लागि पर्याप्त नभएको बताए। सरकारले चीन र भारतको प्रत्येक अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई कनेक्टिभिटी विस्तार गर्नु अहिलेको प्रमुख अवश्यकता भएको उनको बुझाइ छ।

‘भारतका केही सहरमा हुने अन्तर्राष्ट्रिय उडानले मात्र नेपाल आउने पर्यटकको लय धान्न सक्दैन, शर्माले भने, ‘अन्य मुलुकमा पनि हवाई कनेक्सन छिटो गनुप¥यो।’ उनले चीन र भारत मात्र नभएर युरोप अमेरिकालगायतका मुलुकसँग पनि कूटनीतिक पहल गरेर हवाई उडानका लागि पहल गर्नुपर्ने बताए।

सरकारले अहिले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान र अवतरण गर्ने विमानलाई विमानस्थलको सेवा शुल्कमा शतप्रतिशत छुट दिएको छ। अन्तर्राष्ट्रिय उडानका लागि प्रोत्साहन गरिएको अवस्थामा कुनै पनि अन्तर्राष्ट्रिय हवाई कम्पनीले नियमित उडान गरेका छैनन्। मुलुकमा पर्यटनको अथाह सम्भावना हुँदा पनि विदेशी पर्यटकको आकर्षण नेपालतर्फ बढाउन समस्या भइरहेको छ।

‘विदेशी पर्यटक मुलुक घुम्न आउन चाहे भने हामीसँग पर्याप्त अन्तर्राष्ट्रिय उडान छन्, तर वर्षमा ३०-३५ लाख पर्यटकलाई सेवा, सुविधा दिन र सबै सिजन पर्यटनको गतिविधि गर्न सक्ने क्षमता भएर के गर्नु ? सरकारले नेपाल घुम्न आउन चाहने पर्यटकलाई सहज हवाई टिकट पाउने व्यवस्थासम्म पनि गर्न सकेको छैन’, अध्यक्ष शर्माले भने, ‘अन्तर्राष्ट्रिय उडानका लागि सरकारको कूटनीतिक पहल नै पुगेन। यो सरकारको कमजोरी हो। सरकारले यसलाई सम्बोधन गर्न नसक्दा पर्यटन व्यवसायी निराश भइसकेका छन्। सबैभन्दा पहिले सरकारले विभिन्न मुलुकसँग कनेक्टिङ फ्लाइट गर्नुपर्‍यो।’

मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको २२ महिना भइसक्यो। गत वर्ष जेठ २ गते बुद्धजयन्तीको अवसर पारेर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थलको उद्घाटन गरेका थिए।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल। फाइल तस्बिर : नागरिक
नेपाल वायु सेवा निगमको न्यारोबडी जहाजले गौतमबुद्ध विमानस्थलबाट ‘प्रोमोसनल सेड्युल फ्लाइट’ गरेको थियो। त्यसपछि कुबेतको अलजजिरा एयरवेजले पहिलो व्यावसायिक उडान गरेको थियो। कुबेत–भैरहवा उडान गरिरहेको एयरलाइन्सले केही समय अन्तर्राष्ट्रिय उडान गरेको थियो, तर विभिन्न कारण देखाएर अलजजिराले केही समयपछि उडान बन्द गरेको थियो।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लुम्बिनी प्रदेशको पर्यटनको मुख्य आधार किल्लाका रूपमा मानिएको छ। सञ्चालनमा आइसकेको करिब २ वर्ष हुन लाग्दा समय–समयमा चार्टर्ड फ्लाइटबाहेक नियमित अन्तर्राष्ट्रिय उडान गर्न सकेको छैन।

यस्तै तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको झन्डै डेढ वर्ष पुगिसकेको छ। गौतबुद्धमा जस्तै पोखरा विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय हवाई उडान हुन सकेका छैनन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले भव्य समारोहबीच उद्घाटन गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सोही समारोहमा हिमालय एयरलाइन्सले न्यारोबडी विमानबाट डेमो फ्लाइट गरेको थियो। विमानस्थल सञ्चालनमा आएको १५ महिना पुगिसक्दा पनि अझै अन्तर्राष्ट्रिय उडान नियमित हुन भने सकेको छैन।

यसबीचमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट लगभग ६÷७ वटा मात्र अन्तर्राष्ट्रिय उडानहरू भएका छन्। गत असार ६ गते चीनको सिचुआन एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।

विमानस्थल सञ्चालनमा आएपछि हिमालय एयरलाइन्सले गरेको डेमो उडानबाहेक यात्रुसहितको पहिलो अन्तर्राष्ट्रिय अवतरण सिचुआनको थियो। त्यसको दुई महिनापछि भदै २२ मा भुटानबाट उडेको ड्रुक एयरको जहाज पोखरामा अवतरण हुने सिचुआनपछिको दोस्रो अन्तर्राष्ट्रिय अवतरण थियो। सो अवतरणलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको पहिलो व्यावसायिक उडान पनि भनेको थियो।

क्रमिक रूपमा कात्तिक २२ गते चीनको दुईवटा कार्गो जहाज र कात्तिक २४ गते हिमालयन एयरलाइन्सको जहाज गरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ६-७ वटा जहाज मात्र अवतरण गरेका छन्। अर्बौं लगानी गरेर निर्माण गरिएका अन्तर्राष्ट्रिय विमानस्थलहरू अन्तर्राष्ट्रिय उडानको डेमो, आपतकालीन र चार्टर्ड उडानका लागि मात्र प्रयोग भइरहेकाले पर्यटन व्यवसायीहरू मारमा परेका छन्।

दुवै विमानस्थलबाट सरकारले पटकपटक अन्तर्राष्ट्रिय उडानका लागि कूटनीतिक पहल भइरहेका छन् भनेर सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्। यसैक्रममा प्रधानमन्त्री दाहालले गत पुस ११ गते आफ्नो कार्यकालको एक वर्ष पुगेको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै ठूलो खर्च भएको भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालन गर्न पहल भइरहेको बताएका थिए।

सोही बेला उनले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट छिमेकी मुलुकका नजिकका विमानस्थलसम्म कम उचाइमा उडान गर्ने साना विमान सञ्चालनको पनि पहल भइरहेको बताएका थिए। त्यो पहलले अझै साकार हुने अवसर पाएको छैन।

प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले पनि विमानस्थलमा अन्तर्राष्ट्रिय उडान बढाउन भारतसँग सरकारले वार्ता गर्न आवश्यक रहेको बताउँदै आएका छन्।
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
यो पनि पढौँ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस