अब दुर्गम रहेन म्याग्दीको कुइने
०२ वैशाख २०७९
•
४ मिनेट पाठ
अब दुर्गम रहेन म्याग्दीको कुइने
म्याग्दीको विकट रघुगङ्गा गाउँपालिका–८,का कुइनेका ८६ बर्से चन्द्रबहादुर छन्त्याललाई आफ्नो गाउँमा मोटर आउँछ भन्ने विश्वास पटक्कै थिएन।




किशोरावस्थामा गाउँबाट सदरमुकाम बेनीबजार पुग्न उनी दुई दिन खर्चन्थे। खाद्यान्न,नुनतेल लिन बेनी  हुँदै बटौली पुगेर फर्किदा महिना दिनसम्म यात्रा गर्नुपर्ने बाध्यता थियो। छन्त्यालजस्तै ८० बर्से शक्तमान छन्त्याल डाडाँपारिको सूर्यजस्तै अस्ताउने बेलामा गाउँघरमा सडक पुगेपछि फुरुङ्ग छन्। भोक–प्यासै दिनरात कयौं किलोमिटर हिंडेर चामल र नुन लिन बटौलीसम्म पुगेका छन्त्यालको घर नजिकैबाट सवारी साधनको ताँती देखेपछि मोटरमै पुगेर स्वागत गरे।

बुढेसकालमा गाउँमा विकास देख्ने अवसर पाएपछि गाउँका पुराना कलाकार टिकबहादुर विश्वकर्माले गीतबाटै गाउँमा पुगेकालाई न्यानो स्वागत गरे। करीब ५ वर्ष अगाडि छिमेकी वडा पाखापानीमा आयोजित स्वास्थ्य शिविरमा गाउँमा मोटरबाटो माग्दै आएका विश्वकर्माले सपना पूरा भएको बताए। ‘अहिले त गाउँमै मोटरबाटो आयो। विगतका दिन सम्झँदा सपनाजस्तै लाग्छ। अब मोटरमै शहर जान सकिन्छ’ विश्वकर्माले भने। उनले दुर्गम गाउँमा मोटरबाटो पुग्ने कल्पना पनि नगरेको बताए। गाउँका अधिकांश युवा रोजगारको खोजीमा पलायन भएपछि गाउँमा रहेका बुढापाकाले आफ्नै घरको झ्यालबाट देखिने सडकमा मोटर गुड्न थालेपछि निकै उत्साहित देखिन्छन्।

सडक सञ्जालमा जोडिएपछि सवारीसाधन र मोटरबाटो हेर्न पैदल यात्रा गरेर आसपासमा बस्तीसम्म पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ। स्थानीयले सडक उद्घाटन गर्न आएका अतिथिलाई विगत सम्झेर सुखको अनुभूति सुनाएका थिए। ‘बुढेकालमा ती दिन सपना जस्तै लागेको छ,‘हामीले धेरै प्रयोग गर्न नपाए पनि छोराछोरीलाई सजिलो भयो’ ७५ बर्से पलप्रसाद छन्त्यालले भने। दुःख पाएपछि हिंडेर गाउँबाट शहर झरेका छन्त्याल अहिले नुनतेल घरछेउमै पाउने बताए।

गाउँपालिका, गण्डकी प्रदेश सरकार, स्थानीयको श्रमदान र चन्दा संकलन गरी रघुगङ्गा–६ ठाडाखानीबाट धवलागिरि गाउँपालिकाको भेडीखाल्डा हुँदै कुइनेसम्मको १२ किलोमिटर लामो सडक निर्माण गरिएको वडा अध्यक्ष गमान छन्त्यालले बताए। ‘गाउँलेको ठूलो चाहना पूरा भएको छ,‘अब नियमित सडक सञ्चालन हुने गरी मर्मतमा समेत प्राथमिकता दिन्छौ’ अध्यक्ष छन्त्यालले भने। उनले सडक सञ्जालले कुइनेमा विकासको ढोका खुलेको बताए। हिउँ नै हिउँ रहेका डाँडाकाँडा र बर्खाको समयमा सास्ती हुने भए पनि  जनप्रतिनिधिले मर्मतसम्भार कोषबाट नियमित मर्मत गर्ने बताएका छन्।

थिरवाङ तारेबिसौना मोटरबाटो निर्माण समितिका अनुसार ९१ लाख १२ हजारको लागतमा उक्त सडक निर्माण गरिएको हो। सडक निर्माण गर्न गण्डकी प्रदेश सरकारको समपूरक बजेटबाट ५० लाख र गाउँपालिकाको रु ३३ लाख ५० हजार लगानी भएको उपभोक्ता समितिका अध्यक्ष चबहादुर छन्त्यालले बताए। स्थानीयवासीलाई आवतजावतका साथै कृषि उपज बिक्री वितरण गर्न तथा दैनिक उपभोग्य वस्तु ढुवानी गर्न सहज भएको छ।

सडक सञ्जालसँग जोडिएसँगै अब कुइनेबासीलाई सदरमुकाम बेनी पुग्न पाँच घण्टा मात्र लाग्नेछ। बेनीबाट कुइनेसम्मको सडकको दूरी ४२ किलोमिटर छ। उक्त सडकको हालै नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा र रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले संयुक्त रूपमा उद्घाटन गरेका थिए। सडक विस्तार गर्न  गाउँपालिका अध्यक्ष भण्डारीले १२ लाख ६० हजार, चित्रमान छन्त्यालले चार लाख ५० हजार र थमबहादुर छन्त्यालले तीन लाख ५० हजार सहयोग गरेका थिए। गाउँमा सडक पुगेपछि स्थानीयले नाचगान गरेर खुसीयाली मनाएका थिए।

रिङरोडमा जोडिँदै कुइने

कुनै समय गाउँमा सडक एकादेशको कथा जस्तै लाग्ने कुइने गाउँ एक वर्षभित्रै छिमेकी धवलागिरी–६,मल्कवाको सडक सञ्जालमा जोडिँदैछ। मल्कवाङको भेडिखाल्टासम्म पुगेको सडकलाई मल्कवाङ गाउँसम्म जोड्ने योजना अनुसार बजेट समेत विनियोजन भएको छ।

मल्कवाङबासीलाई कुइनेखानी हुँदै ठाडाखानीबाट सदरमुकाम जान सहज हुन्छ। मल्कवाङ–बेसी– दरबाङ हुदै कुइने समेत जान सकिन्छ। पश्चिम र उत्तरी म्याग्दी जोड्ने गरी जिल्लाका ६ वटा स्थानीय तहमध्ये पाँच वटामा उक्त सडक सञ्जालबाट सहजै आवतजावत गर्न सकिन्छ। छोटो रुटको प्रयोगले स्थानीय उत्पादनको बजारीकरण सहज हुने स्थानीयको भनाइ छ।

रिङरोडले जिल्लको अन्नपूर्ण गाउँपालिकाबाहेक सबै स्थानीय तहलाई छोएर सदरमुकाम बेनी पुग्न सकिने भएकाले पनि दुर्गमका बासिन्दालाई कृषि उपजको बजारीकरणमा समेत सहज हुन्छ। सडक सञ्जालको विस्तारले बहुमूल्य यार्सागुम्बा, जटामसी, पाँचऔले सहितका जडीबुटीको बिक्रीका साथै गाउँ आसपासमा अलपत्र अवस्थामा रहेका तामाखानी पुनः सञ्चालन हुनेछ। रिङरोडले जोडिने बस्ती तामाखानीका लागि प्रख्यात छन्। एक वर्ष अगाडीसम्म विकट र दुर्गमको परिचय बोकेको कुइने विकासको लहर छिरेपछि पुरानो चिनारी बदलिंदै छ। मुहार फेरिंदैछ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
५ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
यो पनि पढौँ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस