सञ्चालन नहुँदै जीर्ण बन्यो एक करोडको नाचघर
११ फागुन २०७८
•
३ मिनेट पाठ
सञ्चालन नहुँदै जीर्ण बन्यो एक करोडको नाचघर
घोराही उपमहनगरपालिकाको घोरदौरागाउँलाई पर्यटकीय क्षेत्रका रूपमा विस्तार गर्ने योजनाअनुसार तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारले नाचघर निर्माण गर्ने योजना बनायो। जसलाई साँस्कृतिक डबली नाम दिइयो।




आर्थिक वर्ष २०७६/०७७ मा एक करोड ५० लाख रूपैयाँ बजेट विनियोजन गरियो। योमध्ये ४४ लाख ४७ हजार रूपैयाँ मात्रै खर्च भयो। डबली निर्माणको जिम्मा पाएको वन कार्यालयका अनुसार उक्त समयमा कोरोनाको महामारीका कारण काम हुन सकेन त्यस कारण सबै रकम खर्च भएन।

गत वर्षमा पुनः नाचघर निर्माणको लागि प्रदेश सरकारले थप १ करोड २० लाख रूपैयाँ बजेट विनियोजन गर्‍यो। वन कार्यालयले लगाएको ठेक्का मार्फत् गतवर्ष नाचघर निर्माणका लागि ६२ लाख रूपैयाँ खर्च भयो। यसरी कुल १ करोड ६ लाख ४७ हजार रूपैयाँ लागतमा उक्त नाचघर निर्माण गरिएको थियो।

वन कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले भने, ‘पहिलो वर्ष ४४ लाख ४७ हजार र अर्को वर्ष ६२ लाख रकम नाचघर निर्माणमा खर्च भएको छ ।’ तर एक करोड बढीको लागतमा बनेको नाचघर अहिले भताभुंग बन्दैछ।

निर्माण भएको नाचघर हेर्दा उक्त लागत निकै अस्वाभाविक देखिन्छ। साँस्कृतिक नाचघर नजिकै बसोबास गर्दै आएका टेकबहादुर पुनले भने, ‘यो नाचघरभन्दा त पानीको व्यवस्था गरिदिएको भए हुने थियो, नाचघरको हालत हेर्नुस् त, कि त राम्रो बनाउनु पर्ने।’ भिरालो जमिन एक्सकाभेटर प्रयोग गरेर मैदान बनाइएको थियो।

पश्चिम तर्फको खाल्डोदेखि मैदान बनाइएको जमिन सतह बराबर गर्नका लागि वाल उठाइएको छ। घर भर्खंरै निर्माण सम्पन्न भएको थियो। गएको बर्खाको झरीलाई नाचघरको वालले थेग्नै सकेन। नाचघरको एकातर्फको वाल भत्कियो।

वाल उठाउने क्रममा दुईवटा कोठा निर्माण गरिएका छन्। दुई कोठा नाच्ने कलाकारहरूको ‘ड्रेस चेन्ज’ का लागि बनाइएका ‘डेसिङ रूम’ हुन्। त्यहीँ वालमाथि नाच्नका लागि स्टेज निर्माण गरिएको छ। निर्माण भएको नाचघरको छानो अहिले उस्तै बेहाल अवस्थामा छ। हावाले छानोको भित्री भागमा प्रयोग गरिएका काठ छिन्नभिन्न छन्। गत माघमा हावाले छानो लथालिंग बनाइदिएको छ।

दर्शक बस्नका लागि जिल्ला बाहिरबाट ढुंगा खरिद गरेर ल्याइएको थियो। बाहिरबाट ढुंगा खरिद गरेर ल्याइएका कारण नाचघर निर्माणमा लागत बढी भएको निर्माण पक्षको दाबी छ। ‘दर्शक बस्ने पेटीमा प्रयोग गरिएका ढुंगा जिल्ला बाहिर रुकुम, रोल्पा र प्यूठानबाट ल्याइएका हुन्,’ वन कार्यालयका एक अधिकृतले भने, ‘ढुंगा खरिद र ढुवानीमा पनि महंगो पर्न गयो।’ दर्शक बस्नका लागि पेटी निर्माण गरिएको ठाउँमा छानो भने छैन। नाचघरदेखि पूर्वतर्फको भिरालो जमिनका कारण बर्खामा उक्त नाचघरसम्म भेल बगेको छ।

प्रदेशका पर्यटनसँग सम्बन्धित योजना सञ्चालनका लागि बाँकेको नेपालगञ्जमा पर्यटन डिभिजन कार्यालय स्थापना भएको छ। सोही कार्यालयले यस्ता योजना सञ्चालन गर्छ। तर यो कार्यालयको योजना सूचीमा घोरदौराको नाचघर छैन। कार्यालयका प्रमुख माधव ज्ञवालीले उक्त नाचघर बारे आफूलाई कुनै जानकारी नभएको बताए। ‘त्यो काम वनले ठेक्का मार्फत लगाएको हो,’ उनले भने ‘हाम्रो योजनाभित्र परेको छैन, यसर्थ त्यो आयोजना बारे मैले केही भन्न सकिन।’

कार्यालयको योजना सूचीमा उक्त नाचघर नपरेका कारण आफूहरूले उक्त आयोजनाप्रति ध्यान नदिएको उनले बताए। ‘हाम्रो योजना सूचीमा नै नपरेको योजनालाई हामीले हेर्ने कुरै हुँदैन नि,’ ज्ञवालीले भने ‘यो वर्ष १० लाख रूपैयाँ विनियोजन भएको र उक्त रकम लिन नमानेको भन्ने सुनेको चाहीँ हो, तर हामीसँग कुनै समन्वय भने भएको छैन।’
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
५ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
यो पनि पढौँ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस