भेरीगंगा नगरपालिका–६ लेखझिग्नीका मानबहादुर बरालमगरले तीन वर्षसम्म मलेसियामा पसिना बगाए। गाउँमा रोजगार थिएन्। सडक पहुँच नहुँदा गाउँको उत्पादन बजारसम्म पुर्याउन समस्या हुन्थ्यो। डोकोमा बोकेर ११ मिलोमिटर टाढा जहरेसम्म गाउँको उत्पादन पुर्याउँदा मूल्य पाउदैनथ्यो। उत्पादनले बजार नपाउने भएपछि गाउँका जमिन बाँझै हुन्थे। अघिल्लो वर्ष लेखझिग्नीमा सडक पुग्यो। सडकसँगै गाउँ समृद्धिको मार्गमा अघि बढेको छ।
‘फेरि मलेसिया जाने सोचका साथ गाउँ आएको थिएँ,’ मानबहादुरले भने, ‘सडक पुगेसँगै गाउँमै संभावना देखेपछि मलेसिया जाने सोच परिवर्तन गरेँ।’ उनले अहिले गाउँमा कृषि फर्म सुरु गरेका छन्। यही वर्ष उनले ३० क्वीन्टल अदुवा उत्पादन गरे। खोरमा ३६ वटा बाख्रा पालेका छन्। बाँझो जमिनभरी टिमुर र सुन्तला लगाएका छन्। ‘मलेसियामा भन्दा राम्रो कमाई अहिले गाउँमै भइरहेको छ,’ उनले भने, ‘तरकारी बेचेरै महिनाको ३०–३५ हजार रुपैयाँसम्म कमाउँछु।’
लेखझिग्नीका नरबहादुर थापा रोजगारीका लागि कालापहाड (भारत) जान्थे। दैनिक मजदुरी गरेर जम्मा गरेको पैसाले पाँच जनाको परिवार पाल्न हम्मेहम्मे हुन्थ्यो। सडक पुगेसँगै उनको कालापहाड यात्रा रोकिएको मात्रै छैन्, आन्दानीको स्रोत पनि बढेको छ। उनले बाख्रापालन व्यवसाय गरेका छन्। उच्चमूल्यका कृषिबस्तु कुरिलो, अदुवा, बेसार खेती गरेका छन्। तरकारी बेचेर छोराछोरीलाई शहरमा पढाउन सक्ने भएका छन्। ‘बारीमा उत्पादन भएको तरकारी लिन दैनिक गाडी आँगनमै आइपुग्छ,’ उनले भने, ‘बजार खोज्दै शहर पस्नु परेको छैन्।’
सडक पुगेपछिको अवस्थाका बारेमा कुरा गर्दै स्थानीयहरु।लेखझिग्नीमा केही वर्षअघिसम्म चाँडपर्वबाहेक अरु बेला लोग्ने मानिस भेट्न गाह्रो हुन्थ्यो। अधिकांस कमाउनका लागि कालापहाड जान्थे। केही खाडी मुलुक पुग्थे। अहिले यहाँका सबै युवाहरु गाउँमै छन्। प्रत्येक घरले केही न केही व्यवसाय गरेका छन्। सल्यानसँग सीमा जोडिएको लेखझिग्नीमा सडकसँगै विद्युत पुगेको छ। ‘यहाँका कोही पनि युवाहरु रोजगारी खोज्दै गाउँ छोडेर जानुपर्ने बाध्यता अहिले हटेको छ,’ वडाध्यक्ष बलबहादुर खड्काले भने, ‘सबै व्यवसायसँग जोडिएका छन्, स्वरोजगार बनेका छन्।’
सल्यानको कालीमाटी गाउँपालिका–६ काफलनेटीका शंकर खत्रीले स्थानीय उत्पादन बजारसम्म पुर्याउन र बजारको उत्पादनलाई गाउँमा सस्तोमा पाउन सडकले सघाएको बताए। ‘सडक नहुँदा पनि हामी सुर्खेतसँग निर्भर थियौं, अहिले सडक आउँदा धेरै सहज भएको छ,’ खत्रीले भने, ‘लेखझिग्नीसम्म पुगेको सडक र विद्युतलाई गाउँसम्म पुर्याइदिए अझ सहज हुने थियो।’
भेरीगंगा नगरपालिकाका उपमेयर रेणु आचार्य सडकसँगै लेखझिग्नी समृद्धितर्फ अग्रसर भएको बताइन्। ‘चुनावी अभियानका क्रममा लेकझिग्नीमा सडक र विद्युत पुर्याउने बाचा गरेका थियौं, स्थानीय सरकारले त्यसलाई पूरा गरेको छ,’ उपमेयर आचार्यले भनिन्, ‘सडक र विद्युत पुगेसँगै लेखझिग्नीको मुहार फेरिएको छ।’ लेखझिग्नी मात्रै होइन्, सडकले सल्यानको कालीमाटी गाउँपालिकामा छ वटा गाउँलाई पनि जोडेको छ। सल्यानी भूगोल भएपनि एकराते, बोसाखारी, कबुलीपाटा, काफलनेटीलगायत गाउँका नागरिकहरुलाई लेखझिग्नीको सडकले सहज बनाएको छ।
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।
सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए।
राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...