धार्मिक क्षेत्रको विकासमा स्थानीय सरकार
०१ असोज २०७८
•
२ मिनेट पाठ
धार्मिक क्षेत्रको विकासमा स्थानीय सरकार
बर्फानी बाबा आश्रममा मन्दिरकाे शिलान्यान गर गरिँदै । तस्बिर: नागरिक
पछिल्लो समयमा जिल्लामा निकै चर्चामा आएको धार्मिक पर्यटकीय स्थल ‘बर्फानी बाबा’ आश्रमको विकासका लागि स्थानीय रूपमै पहल थालिएको छ। उक्त क्षेत्र बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ मा पर्छ। 




जिल्लाको पूर्वी दक्षिण क्षेत्रमा अवस्थित आश्रममा हिन्दु धर्ममा आस्था राख्ने व्यक्तिहरू पुग्नेगर्छन्। घना जंगल र चुरे पहाडको चुचुरोमा अवस्थित उक्त आश्रममा दर्शन र भाकल गर्नका लागि बाँकेसहित विभिन्न जिल्ला र छिमेकी मुलुक भारतबाट ठूलो संख्यामा हिन्दू धर्माबलम्वी पुग्ने गर्छन् ।

बर्फानी बाबाको आश्रमलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न मन्दिरसहितका संरचना निर्माण गर्न लागेको राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए। उनका अनुसार गाउँपालिकाले चालु आर्थिक वर्षको बजेटबाट १५ लाख रूपैयाँको लागतमा शिव मन्दिर निर्माण गर्ने तयारी गरेको छ।  

उक्त मन्दिर निर्माणका लागि अध्यक्ष थारुले आश्रममा पुगेर शिलान्यास गरेका छन्। यस्तै आश्रमसम्म पुग्ने बाटो निर्माण गर्न १० लाख रूपैयाँ खर्च गरिने गाउँपालिकाले जनाएको छ। बर्फानी बाबाको आश्रमको विकास गरी त्यहाँ धेरैभन्दा धेरै धार्मिक पर्यटकलाई ल्याउने गाउँपालिकाको योजना रहेको उनले बताए।  

उक्त स्थानमा बर्फानी नाम गरेका एक जना साधु बस्दै आएका छन्। उनी करिब दुई दशकभन्दा बढी समयदेखी त्यहाँ बस्दै आएका छन्। भगवान शिवको शक्तिले नै आफू यहाँ लामो समयदेखी बस्दै आएको बाबा बर्फानी बताउँछन्। त्यहाँ दर्शन गर्न जाने भक्तजनको सहयोगमा बाबाले भगवान शिवको मूर्ती प्रतिस्थापन गरेका छन् ।

सोही मूर्तिमा भक्तजनले पूजा गर्ने र भाकल गर्ने गरेको पाइन्छ। त्यहाँ भाकल गरेर फर्केपछि मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास छ। अध्यक्ष थारुले भने, ‘कसैले त्यहाँ पुगेर भाकल गर¥यो भने मनोकांक्षा पूरा हुने विश्वास पनि गरिन्छ ।’

धार्मिक रूपले महत्व बोकेको बर्फानी बाबा आश्रमको विकासका लागि शिव मन्दिर निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष थारुले जनाए। ‘त्यहाँ कुनैपनि संरचना बनेको अवस्था छैन, भक्तजनको सहयोगले ढुंगाको मूर्ति राखेर संरक्षण गरेको अवस्था छ,’ उनले भने ‘धार्मिक स्थल राम्रो ठाउँ हुँदा हुँदैपनि नेपाल सरकार र स्थानीय सरकारले भरपर्दो योजना वा कुनै चिज लगानी नगरेको कारणले गर्दा गाउँपालिकाले यसमा हात हालेको हो ।’ आश्रमलाई व्यवस्थित गरेर पर्यटकीय क्षेत्रका रूपमा विकास गरिने गाउँपालिकाको योजना छ ।

राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष कान्छा थारुले बर्फानी बाबा आश्रमको विकास हुन सकेमा त्यहाँ भारत लगायत विभिन्न ठाउँबाट हिन्दू धर्मावलम्वीहरू पुग्ने बताउँछन्। ‘आश्रममा सहज रूपमा पुग्ने बाटो निर्माण हुन सकेमा बर्फानी बाबाको आश्रममा पुग्न सहज हुन्छ, यसका लागि हामीले पनि आफ्नो तर्फबाट आवश्यक पहल गरेका छौं,’ उनले भने ।

राप्तीसोनारी ४ का स्थानीय समाजसेवी हरिभक्त ओलीले बर्फानी बाबा आश्रममा बस्न थालेका धेरैै लामो समय भइसकेपनि यसअघि त्यहाँ कसैले ध्यान नदिएको बताए। ‘गाउँपालिकाले आश्रमको विकासमा चासो दिएको छ, पहिलो चरणमा मन्दिरको काम सुरु हुँदैछ, यो एउटा खुसीको कुरा हो,’ उनले भने। 
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
५ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
यो पनि पढौँ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस