संघीय व्यवस्था कार्यान्वयन संगै गाउँमा पुगेका सिंहदरबारको पहिलो प्राथमिकता सडक बन्यो। यहाँका अधिकांस स्थानीय तहले पहिला वर्षलाई सडक वर्षको रुपमा मनाए। हरेक बस्तीमा सडक पुगेको खण्डमा अन्य विकास पनि सहजै रुपमा लैजान सकिन्छ भन्ने मान्यता थियो। गाउँगाउँमा सडक पुगे।
सडक खन्ने क्रममा जमिन धुजाधुजा भयो। तर ती सडक अहिले चल्न सकेका छैनन्। स्थानीयतहले गाउँमा सडक पुर्याउनुलाई निकै ठूलो उपलब्धि ठानेका छन्। स्थानीयले सडक गाउँमा पुगेर पनि सेवा पाउन नसकेको भन्दै दुःख पोख्छन्।
अधिकाँस सडक पहिरो संगै बगेर गइसकेका छन्। जुम्लाका एक नगरपालिकासहित ८ गाउँपालिकाका ६० वटा वडा सडकले जोडिएका छन्। तर स्थानीयलाई पैदल यात्रा नै गरिरहनु परिरहेको छ। न सडकमा गाडी चल्छन्, नत सडक स्तराेन्नती नै हुन सकेका छन्। उल्टै बनेका सडक बर्षाका कारण बिग्रँदै जान थालेका छन्।
जिल्लाको सिँजा गाउँपालिकामा ३३ गाउँ छन्। सबै गाउँमा सडक पुगेको छ। तर बर्षायाममा सडक बन्द नै हुन्छ। हिलोले सडक जाम गर्छ। ठाउँठाउँमा पहिरो जान्छ। नियमित रुपमा गाउँका सडकमा गाडी गुड्न सक्दैनन्। दैनिक उपभोग्य बस्तु खरिद गर्न हिँडेर नजिकैको बजारमा पुग्नु पर्ने बाध्यता कायमै छ।
गाउँपालिकाका प्रवक्ता नविन शमार्ले हरेक गाउँ सडकले जोडिएको बताए। उनले भने,‘सडकले सुविधा दिन सकेको छैन। हरेक गाउँसंग जोडिएको छ। गाउँका सडक स्तराेन्नती कार्यमा गाउँपालिका जुटेको छ। ’अधिकांस गाउँमा अहिले पनि नियमित गाडी गुडिरहेको बताउँछन्। गाउँमै दैनिक उपभोग्य सामान लिएर ट्याक्टर पुगेका छन्। एम्बुलेन्स पुग्छन्। बिरामी ओसारपसारमा सहजता भएको छ। पहिलो वर्ष सडक वर्षका रुपमा मनाएको सिँजा गाउँपालिकाले अहिले हरेक सडक ग्राभेल हुनुपर्ने अवधारणा अघि सारेको छ।
सडक पुगेपछि गाउँमा सरकारी सुविधा प्रदान गर्न पनि सहज भएको छ। जिल्लाको कनकासुन्दरी गाउँपालिकाले पनि सडकलाई प्राथमिकता दियो। सडक पुगेको खण्डमा स्थानीय उत्पादन बजारसम्म लैजान र बजारदेखि दैनिक उपभोग्य सामान गाउँ पुर्याउन सहज हुने अपेक्षा गरिएको थियो। तर अहिले गाउँमा खनिएका सडक प्रयोगमा आउन सकेका छैनन्। जसका कारण स्थानीयले गाउँमा सडक पुगेको अनुभूति गर्न सकेका छैनन्। चल्ने सडक निकै थोरै भए तर नचल्ने सडक गाउँभरी छन्।
यहाँका हरेक धार्मिक पर्यटकीय क्षेत्रसम्म पुग्ने समेत सडक खनिएका छन्। प्रमुख प्रशासकीय अधिकृत नैनसिंह बुढाले गाउँगाउँमा सडक पुगेको बताए। गाउँगाउँमा ट्र्याक खोलिएका छन्। तर स्तराेन्नती नहुँदा नियमित सवारीसाधन गुड्न सक्ने अवस्था छैन।
जुम्लाको तातोपानी गाउँपालिका सुर्की, ताम्ती र थलाले गाउँमा सडक पुग्न सकेको छैन। त्यहाँका ३६ गाउँमध्ये ३ गाउँमा सडक पुग्न सकेको छैन। अहिले सडक खन्ने कार्य चलिरहेको छ। जुम्लाको तिला गाउँपालिकाका ४ गाउँमा सडक पुग्न सकेको छैन।
जिल्लाको गुठिचौर, पातारासी, चन्दननाथ गाउँपालिकाका सबैजसो वडामा सडक पुगेका छन्। कतै पुल नहुँदा सडक सञ्चालनमा आउन सकेका छैनन्। कतै सडक भत्किएर सञ्चालन हुन सकेका छैन। गाउँगाउँमा सडक छ। तर सडकले दिने सुविधा पुग्न सकेको छैन।
स्थानीय तहले पहिलो वर्षलाई सडक वर्षको रुपमा मनाएका थिए। तर सडकलाई मात्र प्राथमिकता दिनु भन्दा पुलपुलेसा र सडक ग्राभेललाई चासो दिन नसकेकाले समस्या भइरहेको छ। सडक नागरिकको नजरमा देखिएको छ। तर नागरिकले सुविधा प्राप्त गर्न सकेका छैनन्। गाउँमा सडक छन्। स्थानीयले गाउँमा गरेको उत्पादन बजारसम्म पुग्न सकेको छैन।
सडक खन्ने नाममा प्राकृतिक सुन्दरता माथि हमला भइरहेको छ। जताततै डोजरले सडक खन्ने काम हुँदा जमिन थर्किएर पहिरोको संभावना उच्च छ। जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा सडकले सेवा दिन नसकेको बताए। उनले भने,‘सडक बनेको छ। स्तराेन्नती गरिएका छैनन्। पुल पुलेसा निर्माण हुन सकेका छैनन्। कच्ची सडक दिनहुँ बिग्रन्छन्। गाउँका सिंहदरबारले गाउँमा सडक पुर्याउनुलाई ठूलो उपलब्धि भनेका छन्। तर स्थानीयले सडक पुगेको आभाष गरिरहेका छैनन्।’
सडकमा गाडी नगुडेपछि सडक छ भन्नुको अर्थ रहेन। जिल्लाका दर्जन बढी गाउँमा सडक पुग्न सकेको छैन। उपप्रमुख बुढाले थपे,‘सडक पुग्नु स्थानीयतहको उपलब्धि हो। तर पुलपुलेसाको कुनै व्यवस्थापन नगरीकन गरिएको यो विकास राम्रो पनि देखिँदैन। प्रदेशको रकमले सडक खनेका छन्। मापदण्ड अनुसारको सडक खनिएका छैनन्। सडक छन्, सञ्चालनमा छैनन्। विकासका लागि सडक भन्दा पनि कार्यकर्ताको भरणपोषण्को लागि सडक खनिएका जस्ता छन्। यहाँका सबै सडक सेवा नदिने सडक नै हुन्।’
गुठिचौर गाउँपालिका अध्यक्ष हरीबहादुर भण्डारी गाउँमा सडक पुग्दा स्थानीय खुसी भएको बताउँछन्। उनले भने,‘गाउँमा सडक खनिएका छन्। एक गाउँले अर्को गाउँलाई जोड्ने काम गरिएको छ। तर स्तरउन्नती नहुँदा राम्रो संग सञ्चालनमा आउन सकेको छैन।’ अब विद्युत र भौतिक पूर्वाधार प्राथमिकतामा रहेकोमा जोड दिए।