दीर्घकालीन महत्वका योजनाहरुलाई तोकिएकै मितिमा पूरा गर्नूः उर्जामन्त्री श्रेष्ठ
११ भदौ २०७८
•
२ मिनेट पाठ
दीर्घकालीन महत्वका योजनाहरुलाई तोकिएकै मितिमा पूरा गर्नूः उर्जामन्त्री श्रेष्ठ
कर्णाली प्रदेशको जलस्रोत तथा उर्जा विकास मन्त्री दीनबन्धु श्रेष्ठ र मन्त्रालयका सचिवसहित कार्यालय प्रमुखहरुबीच कार्य सम्पादन करार सम्झौता भएको छ। शुक्रबार मन्त्री श्रेष्ठ र कार्यबहाक सचिव धर्मेन्द्रकुमार झाबीच कार्य सम्पादन करार सम्झौता गरिएको हो। यस्तै मन्त्री श्रेष्ठको उपस्थितिमा सचिव झा र जिल्लाका कार्यालय प्रमुखहरुबीच कार्य सम्पादन सम्झौता भएको जलस्रोत तथा उर्जा विकास मन्त्रालयले जनाएको छ।




‘मन्त्रालयले लिएको लक्ष्य र योजनाहरुलाई समयमै सम्पन्न गर्नका लागि सचिव र १० वटै जिल्लाका कार्यालय प्रमुखहरुसँग कार्य सम्पादन सम्झौता गरिएको हो,’ जलस्रोत तथा उर्जा विकास मन्त्री श्रेष्ठले भने, ‘सम्झौता अनुसार काम सम्पन्न गर्ने कार्यालयलाई पुरस्कार र नगर्नेलाई सजायको व्यवस्था गरिएको छ।’

कार्यक्रममा मन्त्री श्रेष्ठले सम्झौताले जिम्मेवारी बोध गराउनुका साथै पुरस्कार र सजायको व्यवस्था हुने बताए। ‘सम्झौताको कार्यान्वयन गर्नु मन्त्री, सचिव, महाशाखा प्रमुख, कार्यालय प्रमुख सबैको जिम्मेवारी र दायित्व हो,’ मन्त्री श्रेष्ठले भने, ‘कर्णालीकै उत्कृष्ट मन्त्रालय बनाउका लागि तपाईँहरु सबैको भूमिका महत्वपूर्ण रहन्छ। मलाई साथ दिनुस। सेवामा गुणस्तरता र काममा प्रभावकारिता देखाउनुहोस्।’

उनले दीर्घकालीन महत्वका योजनाहरुलाई सम्झौता अनुसार तोकिएकै समयमा मितव्ययिता, परदर्शिता, प्रभावकारी ढंगले पूरा गर्न पनि निर्देशन दिए। ‘यो सम्झौतालाई प्रक्रियागत ढंगले नबुझ्नुहोला,’ मन्त्री श्रेष्ठले भने, ‘कसरी परिणाममुखी बनाउन सकिन्छ, त्यसतर्फ केन्द्रित हुनुहोला।’ मन्त्री श्रेष्ठले मन्त्रालयका कार्यक्रमहरु कार्यान्वयन गर्दा आइपर्ने समस्याको समाधान गर्न आफू सधैं तयार रहेको बताए। ‘सम्झौतामा पुरस्कृत र कारबाही दुबैको व्यवस्था गरिएको छ,’ उनले भने।

मन्त्री श्रेष्ठले जलविद्युतका कार्यक्रमहरुलाई अघि बढाउन र जनतालाई उज्यालो प्रदान गर्नेतर्फ ध्यान दिन कार्यालय प्रमुखहरुलाई निर्देशन दिए। ‘कर्णाली जलस्रोतको धनी छ, तर यहाँका नागरिकहरु अझै अध्याँरोमै छन्।’ उनले भने, ‘साना तथा लघु जलविद्युतको सम्भाव्यता अध्ययन गरेर जनतालाई अध्याँरोबाट मुक्ति दिनका लागि तपाईँहरु अघि बढ्नुहोस्।’

मन्त्रालयका सचिव झाले कार्य सम्पादन करार सम्झौता अनुसार आफू र मातहतका कार्यालय प्रमुखहरुले काम गर्ने प्रतिबद्धता जनाए। ‘नयाँ मन्त्रालय भएकाले शून्यबाट काम गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘उत्कृष्ट र उदाहरणीय मन्त्रालय बनाउनका लागि क्षमता, विवेक र कर्णालीको आवश्यकता अनुसार काम गर्छौं।’

सिनियर डिभिजनल इन्जिनियर (डिसिई) गोपाल शर्माले टार सिँचाइ आयोजना, बस्ती उज्यालो कार्यक्रम, जलविद्युत आयोजना, सिँचाइ, खानेपानी लगायतका नागरिकहरुलाई प्रत्यक्ष फाइदा पुग्ने योजनाहरुलाई समयमै र प्रभावकारी ढंगले काम गर्न आफूहरु लागिरहेको बताए। उनले कामलाई सहज बनाउने, काम गरिसकेपछि मूल्याङ्कन गर्न सकिने सूचक र मानकहरु राखेर कार्य सम्पादन करार सम्झौता गरिएको बताए।

‘सम्झौतामा चालू आर्थिक वर्षभरी गरिने कामहरुको लिष्टिङ गरेका छौं,’ उनले भने, ‘तोकिएको समय र सीमाभित्र रहेर सम्झौता अनुसार कामहरु गर्नेछौं।’
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
५ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock २० मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
यो पनि पढौँ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस