पाथिभरा क्षेत्रकाे लिफ्टिङ प्रविधि खानेपानी आयोजना अघि बढ्ने
०९ भदौ २०७८
•
३ मिनेट पाठ
पाथिभरा क्षेत्रकाे लिफ्टिङ प्रविधि खानेपानी आयोजना अघि बढ्ने
पाथिभरा क्षेत्रमा लिफ्टिङ प्रविधिमार्फत खानेपानी पुर्‍याउन ट्याङ्की बनाइदैं। तस्बिर: नागरिक
जग्गा सम्वन्धी विवाद समाधान भएपछि ताप्लेजुङको पाथिभरा क्षेत्रमा लिफ्टिङ प्रविधिको खानेपानी आयोजनामा अघि बढ्ने भएको छ। खानेपानी आयोजनाको निर्माण कम्पनी प्रेरा–बिष्णु जेभी इलाम र पाथीभरादेवी दर्शन केबलकार प्रालिबीच मुहान नजिक बनेको ट्याङकी निर्माणको विषयमा जग्गामा विवाद थियो। खानेपानी आयोजनाको निर्माण कम्पनी र पाथीभरादेवी दर्शन केबलकार प्रालि विवाद समाधान गर्दै आयोजना अघि बढाउन सहमत भएका छन्। 




संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलाम,पाथिभरा ताप्लेजुङ खानेपानी तथा सरसफाइ उपभोक्ता समिति,निर्माण व्यवसायी प्रेरा–बिष्णु जेभी इलाम र पाथिभरादेवी दर्शन केबलकार प्रालिका प्रतिनिधिबीच विवाद समाधानका लागि ५ बुदें सहमति बनेको छ। सहमति अनुसार जग्गा विवादका कारण निर्माण भई सकेको ५० घनमिटरको आरसीसी ट्याङ्की र पम्प हाउस पुनःनिर्माणका लागि पाथिभरादेवी दर्शन केबलकार प्रालिले जग्गा उपलब्ध गराउने भएको छ। उक्त संरचना बनाउन प्राविधिक बिशिष्टतामा फरक नपर्ने गरी नक्सा र बीओक्यूमा उल्लेख भए बमोजिमको परिमाणमा आरसीसी ट्याङ्कीको १.६० मिटर सम्मको उचाइ पाथीभरादेवी दर्शन केबलकार प्रालिकातर्फबाट कात्तिक १५, २०७८ सम्ममा निर्माण गरिदिने सहमति पनि बनेको छ।

सहमति अनुसार ट्याङ्कीको १.६० मिटर भन्दा माथिको बाँकी संरचना र पम्प हाउसको निर्माण निर्माण व्यवसायीले गर्ने भएका छन्। उक्त कार्य सम्पादन भइसकेपछि विवादित जग्गामा निर्माण भएको ५० घनमिटरको आरसीसी ट्याङ्की र पम्प हाउस पाथिभरादेवी दर्शन केबलकार प्रालिले व्यवस्थापन गर्ने भएको छ। ट्याङ्कीको १.६० मिटर सम्मको उचाइको संरचना बनाउन पाथिभरादेवी दर्शन केबलकार प्रालिलाइ आवश्यक पर्ने प्राविधिक सहयोग संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामले उपलब्ध गराउने भएको छ। सहमति पत्रमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामकातर्फबाट आयोजना प्रमुख सुरतलाल चौधरी र इञ्जिनियर रुपक पराजुली,उपभोक्ता समितिकातर्फबाट अध्यक्ष गोपाल न्यौपाने र कोषाध्यक्ष तेजबहादुर खत्री भट्टराई, निर्माण व्यवसायीका प्रतिनिधि नन्दकुमार ओझा, पाथिभरादेवी दर्शन केबलकार प्रालिकातर्फबाट प्रतिनिधि मणिशंकर पोमू तथा साक्षीको रुपमा पाथिभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समिति सदस्य सुरेश लिम्बूले हस्ताक्षर गरेका छन्।

फुङ्लिङ नगरपालिका–११ फावाखोलास्थित डढेली खोल्सीनजिक निर्माण भएको ट्याङ्की र पम्प हाउस निर्माणको बिषयमा निर्माण कम्पनी प्रेरा–बिष्णु जेभी इलाम र पाथिभरादेवी दर्शन केबलकार प्रालिबीच जग्गा विवाद थियो। खानेपानी आयोजना निर्माण गर्ने पक्षले आफ्नो स्वामित्वमा रहेको जग्गा अनाधिकृत रुपले प्रयोग गरेको पाथिभरादेवी दर्शन केबलकार प्रालिको दाबी थियो। असोज १८,२०७७ मा ठेक्का सम्झौता गरेर काम सुरु भएको यो आयोजनामार्फत पाथिभरा देवी मन्दिर क्षेत्रमा लिफ्टिङ प्रविधिद्वारा खानेपानी पुर्‍याउन सुरु भए सुरु भएको आयोजना हो।  

पाथिभरा ताप्लेजुङ सहलगानी खोनपानी आयोजनाको सम्झौता रकम ५ करोड ४६ लाख ६४ हजार ३ सय ५५ रुपैँया रहेको छ। आउँदो १४ चैत सम्ममा आयोजना सम्पन्न गर्नुपर्ने समयसीमा छ। कुल लागतको ७० प्रतिशत नेपाल सरकार र ३० प्रतिशत पाथीभरा ताप्लेजुङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले बेहोर्ने २०७७ असार १० गते दुवै पक्षबीच भएको सम्झौता पत्रमा उल्लेख छ। आयोजनाको २० प्रतिशत श्रमदान रकम १ करोड ६४ लाख ४ सय ३२ रुपैँया रहेको छ। यसैगरी उपभोक्ता समितिले आयोजनाको १२.६१ प्रतिशत अर्थात् १ करोड ३ लाख ६७ हजार ४ सय ८३ रुपैयाँ उपभोक्ता संस्था र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको खातामा दाखिल गर्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ। आयोजनाको कुल लागत स्टिमेट ८ करोड २२ लाख १६ हजार ३ सय ६० रुपैँया रहेको छ।  
अर्को समाचार
बजेट अभावले एक सय ३१ खानेपानी योजना अलपत्र
१६ माघ २०८०
•
३ मिनेट पाठ
बजेट अभावले एक सय ३१ खानेपानी योजना अलपत्र
जिल्लामा चालु वर्ष निर्माण सम्पन्न हुने झन्डै एक सय ३१ खानेपानी आयोजना बजेट अभावका कारण अलपत्र परेका छन्। क्रमागत ५८ वटा खानेपानी योजनामा यस वर्ष आएको बजेटभन्दा बढी रकमको काम विगत वर्षमै उपभोक्ता समितिले सम्पन्न गरिसकेका छन् तर रकम भने पाउन सकेका छैनन्।




क्रमागत ५८ वटा योजनामा विगतका वर्षमै रु १० करोड ५१ लाखको काम सम्पन्न भए पनि रकम अभावले विगत वर्षको पनि रकम भुक्तानी गर्न नसकिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख इन्जिनियर रामभरोस यादवले बताए।

चालु वर्षमा विभिन्न विभिन्न आयोजनाका लागि रु ११ करोड ६५ लाख आएको छ। गत बर्षमै काम गरेका ५८ योजनाको रकम भुक्तानी गर्नका लागि रु १० करोड ५१ लाख बाँकी भएकाले योजनाहरु अलपत्र परेका हुन्। जिल्लामा रहेका सबै योजना सम्पन्न गर्न रु तीन अर्बभन्दा बढी लाग्छ तर खानेपानी योजनाका अघिल्लो वर्षमा भएका कामको पनि रकम भुक्तानी गर्न नसकिएपछि समस्या सिर्जना भएको उक्त कार्यालयले जनाएको छ।

अघिल्ला वर्षहरुमा सम्पन्न भएका योजनाको भुक्तानीका लागि आवश्यक बजेट निकासा गर्न लुम्बिनी प्रदेश सरकारको खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयमा पटकपटक पत्राचार गर्नाका साथै मन्त्रालयमै गएर ध्यानाकर्षण गराउँदा पनि रकम निकासा हुन नसकेको प्रमुख यादवको भनाइ  थियो।  रकम पाउन नसकेपछि गाउँका योजनाहरु अलपत्र छन्।

खानेपानी योजनाको काम गाउँका उपभोक्ताहरु मिलेर   गरेकामा रकमको अभावका कारण पूरा गर्न नसक्दा निर्माणाधीन आयोजना अलपत्र परेका हुन्। केही संरचना जीर्ण बनेको शीतगङ्गा–१० का हिम्मत पोख्रेलले बताए। 

जिल्लामा साना र ठूला गरी झन्डै एक सय ३१ खानेपानीका आयोजना प्रदेश सरकारमार्फत निर्माणाधीन अवस्थामा छन्। डिभिजन प्रमुख यादवले भने, “अधिकांश खानेपानी योजनाको लागत रु एक करोडभन्दा बढी हुन्छ तर बजेट रु चार/पाँच लाख मात्रै विनियोजन हुनेगर्छ। थोरै पैसाले काम हुन सक्दैन खानेपानीको ट्याङ्की बनाउँदा बनाउँदै बीचमा छोड्न पनि मिल्दैन पाइप पनि बीचमा छोड्न मिल्दैन उपभोक्ताले  छिटो काम गरेर खानेपानी खान चाहन्छन् तर  बजेट कम भएपछि उपभोक्ताले केही बढी काम गरे पनि अहिले बजेट नआएपछि धेरै योजना अलपत्र परेका हुन्।”

अर्घाखाँची र प्यूठानमा खानेपानी आयोजनामा गर्नुपर्ने निर्माणका संरचनाहरु बनिसकेकाले कामको रकम भुक्तानीका लागि सचिवस्तर तथा मुख्यमन्त्रीस्तरमा पटक–पटक छलफल भए पनि निष्कर्षमा पुग्न नसकिएको वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालयका महाशाखा प्रमुख इन्जिनियर गुणानिधि पोख्रेलले बताए। उनले भने, 'समस्या कसरी समाधान गर्ने, रकम भुक्तानी कसरी गर्ने भन्ने विषयमा पटकपटक छलफल गरेका छौँ तर निचोडमा पुग्न सकिएको छैन्।'

लुम्बिनी प्रदेश सरकारबाट बजेट उपलब्ध नहुँदा आयोजनाका काममा असर परेको विषयलाई लिएर जिल्लाका राजनीतिक दलका नेताहरुले समेत मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको ध्यानाकर्षण गराएको नेपाली कांग्रेसका जिल्ला सचिव कृष्णप्रसाद खनालले बताए।

खानेपानी डिभिजन कार्यालयका सूचना अधिकारी गोविन्दप्रसाद आचार्यका अनुसार सबै आयोजना सम्पन्न गर्न चालु वर्षको दररेटअनुसार करिब तीन अर्ब बजेट आवश्यक पर्दछ। मन्त्रालयबाट आउने बजेट बर्सेनि घट्दै आएको छ।

प्राप्त स्रोतका अनुसार सबै आयोजना आर्थिक वर्ष २०७९/८० मा सम्पन्न हुनुपर्ने हो। आयोजनाको लागत अनुमानका आधारमा काम गर्न बर्सेनि कम्तीमा रु ५० करोड रकम आवश्यक पर्ने भए पनि चालु आर्थिक वर्षमा झन्डै रु १३ करोड मात्रै आएको छ। चालु आवमा आवश्यक बजेटको पाँच प्रतिशत बजेट पनि उपलब्ध छैन। हामीले सबै काम द्रुतगतिमा गर्छौं भनेर मात्रै भएन। रकम अभावले काम रोकिएका छन् । सबै आयोजना पाइपलाइनमै छन्। बजेट अभावका कारण काम अघि बढाउन नसक्दा थुप्रै आयोजना सम्पन्न नहुँदै भग्नावशेषमा परिणत हुने अवस्था आएको डिभिजन प्रमुख यादवको भनाइ थियो। रासस
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस