आउँदो आइतबारबाट गोरखाभित्र सार्वजनिक यातायात चल्ने भएको छ। जिल्लास्तरीय कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले जिल्लाभित्र सार्वजनिक सवारी साधन संचालन गर्न दिने निर्णय गरेको हो। गत वैशाख २२ गतेदेखि बन्द गोरखाका यातायात दुई महिनापछि सञ्चालनमा आउन लागेको हो।
‘सिट क्षमता अनुसार, स्वास्थ्य मापदण्ड पालना गरी चालक, सह चालक र यात्रुले अनिवार्य सुरक्षाका उपाए अपनाउनुपर्ने गरी जिल्लाभित्र यातायात चल्न दिने निर्णय गरेका हौँ’, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले भने। स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरे नगरेको निरन्तर अनुगमन भने प्रहरीले गर्ने र नियम उल्लंघन गर्नेलाई कारबाही गर्ने उनले बताए। जिल्ला बाहिर लामो दूरीका सवारी साधन भने तत्काल नचल्ने भएको छ।
सर्वसाधारण नागरिकको भिड हुने भन्दै सेवा बन्द गरिएको मालपोत, नापी र जिल्ला प्रशासन कार्यालयले पनि सेवा सुचारु गर्ने भएको छ। अत्यावश्यक काम नरोक्ने गरी स्वास्थ्य मापदण्ड अपनाएर सेवा सुरु गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए।
खाद्यान्न, तरकारी लगायतका पसल बिहान ५ देखि ११ र फेन्सी, इलेक्ट्रोनिक्स लगायतका पसल बिहान १० देखि दिउँसो २ बजेसम्म खुल्न पाउने निर्णय प्रशासनले गरेको छ।