पोखरालाई तराई जोड्ने हवाई उडान कत्तिको फलदायी ?
२० फागुन २०७७
•
५ मिनेट पाठ
पोखरालाई तराई जोड्ने हवाई उडान कत्तिको फलदायी ?
पोखरा–सिमरा–पोखरा रुटमा आगामि चैत १५ देखि हवाई उडानको तयारी छ । यती एयरलाइन्सले सातामा तीनदिन (आइतबार, बुधबार र शुक्रबार) यो रुटमा उडान गर्दैछ । वीरगञ्ज नाका हुँदै भित्रिएका भारतीय पर्यटकलाई पोखरा ल्याउने लक्ष्य अनुसार यो रुटमा उडानको तयारी थालिएको हो । भारतीय पाहुनाको संख्यामा वीरगञ्ज क्षेत्रका आन्तरिक पाहुना पनि थपिँदा यात्रु अभाव नहुने एयरलाईन्सको बुझाई छ ।




पोखरा–नेपालगञ्ज रुटमा केहीदिन अघिदेखि हवाई उडान सुरु भएको छ । नेपालगञ्ज र आसपासका क्षेत्रका पर्यटकलाई पोखरा ल्याउन र पोखरा भेगका पर्यटकलाई नेपालगञ्ज सहित पश्चिम क्षेत्रका गन्तव्यमा घुमघाममा पठाउने पहलस्वरुप दुई सहरबीच हवाई सेवा थालिएको हो । सिता एयरको डोर्नियर जहाजबाट यो रुटमा चार्टर उडान थालिएको छ । यो उडान सातामा दुईदिन (आइतबार र शुक्रबार) भइरहेको छ ।  

पोखरा–विराटनगर पनि बुद्ध एयरले उडान थालेको थियो । सातामा तीनदिन भइरहेको यो उडान कोरोना भाइरस संक्रमणको त्रासले लकडाउन गरिएसँगै रोकिएको थियो । बुद्धले पोखरा–विराटनगर रुटमा पिकअप लिँदै गर्दा लकडाउन भएपछि उडान रोकिएको भएपनि अब कहिले सुरुवात हुने भन्ने यकिन छैन । तर, पोखरा–विराटनगरको हवाई उडानमा पनि यात्रुको खासै अभाव त्यो बेला थिएन । पोखरा–विराटनगर रुटमा उडानको अर्काे तालिका नबनेपनि यात्रुको माग रहेको सुरुवाती चरणको उडानले पुष्टि गरिसकेको छ ।  

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा)का गण्डकी अध्यक्ष सञ्जयकान्त सिग्देल भन्छन्, ‘पोखरालाई तराईका सहरसम्म जोड्ने गरि हवाई उडान संचालन गर्दा यात्रु अभाव हुने अवस्था छैन । किनकी तराईका अधिकांश विमानस्थल नजिक भारतीय सहर छन् । ती सहरबाट भारतीय पाहुना आउन थाल्ने र त्यसैमा आन्तरिक पाहुना पनि थपिँदा उडान नियमित हुने उनले बताए । ‘हालै सुरु भएको पोखरा–नेपालगञ्जको उडानले आगामि दिनमा अरु सम्भावना रहेको बुझाउँछ । नेपालगञ्जका स्थानीय बढी नै खुसी छन्,’ सिग्देल भन्छन, ‘भारतको नाका खोल्ने हो भने भारतीय पाहुना आउनेछन्, र त्यसमा आन्तरिक पनि थपिँदा यात्रु अभाव नहुने प्रष्ट हुनेछ ।’  

तराईका अधिकांश गन्तव्यमा गर्मि हुने हँुदा सितलको खोजिमा पनि पाहुना पोखरा आउने उनले बताए । ‘पोखराको मौसम घुमघामका लागि उपयुक्त छ । कुनैपनि मौसममा यहाँ घुम्न आउन सकिन्छ,’ उनले भने, ‘त्यसैले पनि तराईका गन्तव्यमा उडान गर्दा पाहुना आउजाउ बढ्ने पक्का छ ।’ एयरलाइन्सका पदाधिकारी पनि पोखरालाई तराईका गन्तव्यमा जोड्दा पर्यटनमा लाभ पुग्ने बताउँछन् । पोखराबाट बिराटनगर, सिमरा, नेपालगञ्ज, भैरहवा, भरतपुरसम्म नियमित उडान गर्न सक्ने हो भने पोखरालाई आन्तरिक पर्यटनबाटै लाभ पुग्ने उनीहरुको भनाई छ । बुद्ध एयरका पोखरास्थित स्टेशन म्यानेजगर गौतम बराल भन्छन, ‘कोरोनाले गर्दा केही अप्ठेरो पारेको हो । नत्र पोखरा –विराटनगर रुटमा हवाई उडानले पिकअप लिँदै थियो । यस्तै अवसर अन्यत्रका गन्तव्यमा पनि छ ।’

बरालका अनुसार पोखरा–भैरहवा सुरुवाती चरणमा बुद्धले दिनमा एउटा मात्र उडान राखेको थियो । त्यो उडान अहिले बढेर सातामा १० वटामा उक्लेको छ । भारतीय पाहुना आउन थाल्दाको दिन दैनिक दुईवटाको दरले उडान गर्नुपर्ने अवस्था आउने सम्भावना रहेको बरालले बताए । ‘पोखरा–भैरहवा चल्तीकै रुटमा पर्न थालेको छ । अहिले भारतीय पाहुना रोकिएकोले मात्र अप्ठेरो भएको हो, भारतीय पाहुना आउन थालेको दिन उडान थपिनेमा हामी विश्वस्त छौ,’ उनले भने, ‘अहिले आन्तरिकको भरमा त सातामा १० वटा उडान भइरहेको छ भने भारतीय पाहुना थपिँदा उडान पनि बढ्नेछन् ।’  

आन्तरिक यात्रुको भरमा पर्यटन क्षेत्र चलायमान भएको अर्काे प्रमाण हो–पोखरा– भरतपुर हवाई उडान । निजी गाडीमा यात्रा गर्नेले पोखरा–भरतपुर तीनघण्टामा सहजै पुरा गर्छन । तर, यो छोटो रुटमा पनि अहिले दैनिक एउटा उडान भईरहेको छ । ‘पोखरा–भरतपुर तीनघण्टाको स्थलयात्रा भएपनि आन्तरिक यात्रुकै कारण दैनिक एउटा उडान सम्भव भएको हो,’ बुद्धका बराल भन्छन, ‘त्यसैले पोखरालाई तराईका ठुला सहरका गन्तव्यलाई हवाईयात्राले जोड्दा पर्यटनमा राहत मिल्नेछ ।’
यती एयरलाइन्सका प्रवक्ता सुर्दशन बर्ताैला पनि पोखरालाई सुगम गन्तव्यका सहरमा हवाई सञ्जालले जोड्ने प्रयासमा निजी हवाई कम्पनि लागिपरेको बताउँछन् । किनकी अहिले तत्काल तेश्रो मुलुकका विदेशी पाहुना आउने सम्भावना नरहेको र आन्तरिक तथा भारतीयको भरमा मात्र चलायमान हुनुपर्ने बाध्यताले पनि हवाई सञ्चाल जोड्नु आवश्यक रहेको उनी बताउँछन् । ‘हामीले पनि पोखरा–भैरहवा उडान थालेको हौ, तर, रोकियो, अबपनि योजना बनाएका छौ । पोखरामा जेटस्ट्रिम जहाज राखेर नियमित उडानको योजना छ,’ बर्ताैलाले भने, ‘भरतपुरसम्मको योजना बनाएका छौ ।’

बर्ताैलाका अनुसार भारतीय पर्यटकलाई आउजाउमा सहज हुने अवस्था हुँदाका दिन तराईका गन्तव्यका रुटमा यात्रु अभाव हुनेछैन । ‘अहिले नाका बन्द भएर मात्र हो, नत्र भारतीय पर्यटन बजार भने नियमित हुन्छ । बरु, आन्तरिक बजार सिमित हुन्छ,’ उनले भने, ‘तराईका अधिकांश विमानस्थल नजिक भारतीय सहर छन् । ती भारतीय सहरका पाहुनालाई नेपाल भिœयाएर पोखरा पु¥याउनका लागि पनि हवाई सञ्जाल चाहिन्छ ।’  

‘पोखरालाई तराईका गन्तव्य जोड्दा पर्यटनमै लाभ पुग्ने हो । तराईका सबै गन्तव्यमा पोखरालाई जोड्न सके पर्यटकको आउजाउ बढाउन सकिन्छ । तराईका धेरै गन्तव्य कुनै न कुनै रुपमा भारतीय सहरसँग नजिक छन्,’ उनले भने, ‘त्यसैले अब एयरलाइन्सले नयाँनयाँ गन्तव्यमा जानैपर्छ । अबको बजार भने भारतीय र आन्तरिक हुन् । तेश्रो मुलुकका विदेशीको तत्काल सम्भावना छैन ।’ उनले हवाई उडानमा निरन्तरता चाहिने पनि बताए । ‘एकैदिनको उडानले प्रयाप्त यात्रु पाइने होइन, सम्भावनायुक्त सहरका लागि केही समय नियमित उडान गरेर यात्रुलाई उडानबारे जानकारी दिनुपर्छ,’ उनले भने ।  

पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदी पोखरालाई सम्भावना भएका तराईका सबै गन्तव्यसम्म जोड्ने प्रयास भईरहेको बताउँछन् । ‘बिराटनगर, सिमरा, भरतपुर, भैरहवा, नेपालगञ्ज, भद्रपुर यात्रुले माग गरेका रुट हुन् । ती रुटसम्म पोखरालाई पु¥याउने प्रयासको थालनी भएको छ,’ सुवेदी भन्छन, ‘तराईका गन्तव्यसम्म उडान सहज छ भन्ने पोखराबाट भरतपुर र भैरहवासम्मका उडानले पुष्टि गरेको छ । नेपालगञ्जमा पनि सम्भावना देखिएको छ ।’ पश्चिम नेपालका पर्यटकीय क्षेत्र जोड्न सकिने भएकोले नेपालगञ्ज धेरै नै सम्भावना रहेको उनले बताए ।  

‘तराईका रुटमा भारतीय पाहुना आउनासाथ अझै राम्रो चल्नेछ । तराईका रुटमा अहिले नेपालीको भरमा त माग छ, भने भारतीय थपिँँदा त पक्का सहज हुनेछ । अहिले नेपालीले मात्र धानेका छन्,’ सुवेदीले भने, ‘केही समय आन्तरिक यात्रुको भरमा थेग्ने हो भने पोखरासँग हवाई सञ्जाल जोडिएका तराईका गन्तव्यका उडानले यात्रु अभाव खेप्नुपर्ने छैन ।’
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
५ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
यो पनि पढौँ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस