ताप्लेजुङ बहुउद्देश्यले गर्‍यो साढे ५५ लाख बढी सञ्चालन बचत
०८ पौष २०७७
•
२ मिनेट पाठ
ताप्लेजुङ बहुउद्देश्यले गर्‍यो साढे ५५ लाख बढी सञ्चालन बचत
ताप्लेजुङ बहुउद्देश्य सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/०७८ मा ५५ लाख ८४ हजार ५९ रुपैयाँ सञ्चालन बचत गरेको छ। २ करोड २७ लाख २३ हजार ११३ रुपैयाँ कूल सञ्चालन आम्दानी भएकोमा १ करोड ७१ लाख ३९ हजार ५४ रुपैयाँ सञ्चालन खर्च भइ साढे ५५ लाख बढी रकम सञ्चालन बचत भएको संस्थाका कोषाध्यक्ष खड्गबहादुर मोक्तानले जानकारी दिए।  




संस्थाले आर्थिक वर्ष २०७७/०८८ मा अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा भन्दा निकै कम मात्र कारोवार गरेको जनाएको छ। आर्थिक वर्ष २०७६/०७७ मा भने ६३ करोड ७५ लाख बराबरको कारोवार भएकोमा यसवर्ष निकै कम कारोवार भएको भनेपनि कोषाध्यक्षको प्रतिबेदनमा कारोवार रकम खुलाइएको छैन। संस्थाले आर्थिक वर्ष २०७६/७७ को ४ महिना बाँकी छंदै कोरोना भाइरसका कारण देश नै लकडाउन भएको अवस्थाले समयमा लगानी नहुनु, बचत संकलन ठप्प हुनुजस्ता कारणबाट ब्याज र अन्य शुल्क असुलीमा समेत प्रभाव परेको जनाएको छ। आम्दानी कम भएको तर खर्च नघटेका कारण चालू आवमा संरक्षित पूँजीकोष र शेयर लाभाँस कोष समेत गरी १४ प्रतिशत मात्र लाभाँस वितरण गर्ने जनाएको छ।  

गत वर्ष शेयर लाभाँस १८ प्रतिशतसम्म रहेको थियो। यस अनुसार १०० ले भाग जाने अंक सम्बन्धित शेयर सदस्यकै शेयर मापन गरी बाँकी रकम सम्बन्धित सदस्यकै बचत खातामा जम्मा गर्ने प्रस्ताव गरेको छ। संस्थाले प्रदान गर्दै आएको महिला छात्रबृति कार्यक्रम प्रभावकारी नभएको भन्दै नयाँ थप छात्रबृत्ति कार्यक्रमलाई स्थगित गर्ने तयारी गरेको छ। ऋण लगानीको सबै उद्देश्य कर्जामा बार्षिक १४ प्रतिशत र मासिक रुपमा ब्याज बुझाए १३ प्रतिशत छुट दिने सहकारी संस्थाको योजना रहेको छ।  

संस्थाका अध्यक्ष टामन सिग्देलका अनुसार ऐच्छिक बचत, पर्व बचत, सवारी साधन खरिद र लुगा तथा गहना खरिद बचतमा ५ प्रतिशत ब्याजदर तोकिएको छ। यसैगरी सुत्केरी बचतमा ६ प्रतिशत, नियमित कृषि सामग्री खरिदमा ७.५ प्रतिशत र र बाल बचतमा ६.५ प्रतिशत ब्याजदर तोकिएको छ। आवधिक बचतको ब्याजमा भने ६ महिनेका ७ प्रतिशत, १ वर्षेका लागि ८,२ वर्षेका लागि ८.५,३ वर्षेका लागि ९,४ वर्षेका लागि ९.५ र ५ वर्षे वा सो भन्दा बढीका लागि १० प्रतिशत ब्याजदर तोकिएको छ।  

संस्थाले सहकारी संस्था एकीकरण कार्यक्रम गर्न र संस्थाको बिनियम, कार्यक्षेत्र लगायत संस्थाको सम्पूर्ण नीतिलाई मान्ने गरी घाटामा नरहेको र संकटमा नपरेको संस्था बिलय हुन आएमा साधारणसभाबाट अनुमोदन हुने गरी एकीकरण गर्न सञ्चालक समितिलाई अधिकार दिने तयारी समेत गरेको छ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
५ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५४ सेकेन्ड अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरले बेलिब्रीज पुनर्जडानका लागि ठेक्का लगाउने काम अन्तिम चरणमा पुगिसकेको जनाएको छ।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
यो पनि पढौँ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस