मध्यपहाडी राजमार्गको उद्गम बिन्दु गणेशचौकमा सुरुभयो बैंकिङ सेवा
२८ मंसिर २०७७
•
२ मिनेट पाठ
मध्यपहाडी राजमार्गको उद्गम बिन्दु गणेशचौकमा सुरुभयो बैंकिङ सेवा
मध्यपहाडी राजमार्गको उद्गम बिन्दु पाँचथरको याङ्वरक गाउँपालिका वडा नं ६ गणेशचौकमा ग्लोवल आइएमइ बैंकले शाखा रहित बैंकिङ सेवा सुरु गरेको छ। पाँचथरको याङ्वरक र हिलिहाङ गाउँपालिका ग्लोवल आइएमइ बैंक ताप्लेजुङ शाखाको कार्यक्षेत्रमा पर्छ। ग्लोवलले २३२ औं शाखाको रुपमा गणेशचौकमा शाखा रहित बैंकिङ सेवा सुरु गरेको हो। याङ्वरक गाउँपालिका उपाध्यक्ष कमला योङहाङले शाखा रहित बैंकिङ सेवाको शुभारम्भ गरिन्।  




नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता समेत अनिवार्य बैंकिङ् प्रणालीमार्फत बितरण गर्ने गरी स्थानीय तहलाई परिपत्र गरेको अवस्था गणेशचौकमा सुरु भएको बैंकिङ सेवा प्रभावकारी हुने उनको बिश्वास छ। उनका अनुसार याङ्वरक गाउँपालिकाले यसअघि नै सामाजिक सुरक्षा भत्ता बैंकमार्फत नै वितरण गर्न पालिका भित्रका सबै वडाहरुलाई परिपत्र गरिसकेको छ। गणेशचौक पाँचथर र ताप्लेजुङका याङरुप क्षेत्र प्रवेश गर्ने मुख्य नाका भएकोले प्रभावकारी बैंकिङ सेवा वितरण हुने हो भने यसले आम नागरिकलाई ठूलो मद्दत पुर्‍याउने उनले बिश्वास लिइन्।  

गाउँपालिका भित्र करिव दर्जन हाराहारीमा जलबिद्युत परियोजना समेत सञ्चालन भइरहेको, मध्यपहाडी लोकमार्गको उद्गम बिन्दु र पाँचथर तथा ताप्लेजुङका एक एक दर्जन हाराहारी गाउँपालिकाका जनता प्रत्यक्ष लाभाविन्त हुने ठाउँ भएकोले गणेशचौकमा बैंकिङ सेवाको प्रवल सम्भावना रहेको उनको ठम्याइ छ। तर सेवा प्रभाव चुस्त, सहज र प्रभावकारी हुनुपर्ने उनले बताइन्। उनले त्यहाँ शाखा रहित बैंकिङ सेवा सञ्चालन प्रतिनिधि रहेका घनेन्द्र काफ्लेलाइ शाखा रहित बैंकिङ सेवा सञ्चालन प्रमाणपत्र हस्तान्तरण गरिन् ग्लोवल आइएमइ बैंक ताप्लेजुङ शाखाका प्रवन्धक सुवास पराजुलीले गणेशचौकमा शाखा रहित बैंकिङ सेवा सञ्चालनका लागि चाहिने उपकरण काफ्लेलाई हस्तान्तरण गरे।  

कार्यक्रममा याङ्वरक गाउँपालिका वडा नं ६ का वडाध्यक्ष ताराबहादुर योङहाङले प्रभावकारी बैंकिङ सेवाका लागि ग्लोवल आइएमइ बैंकलाइ शुभकामना दिए। याङ्वरक वडा नं ६ का वडासदस्यहरु याम काम्वाङ र खड्गकुमारी सापकोटा, गणेशचौक बजार व्यवस्थापन समितिका अध्यक्ष मानप्रकाश खेवाङ, सचिव सारध्वोज योङहाङ, स्थानीय समाजसेवी जसबहादुर खेवाङ र लेकप्रकाश खेवाङ र शिक्षक कृष्णप्रसाद काफ्लेले बैंकिङ सेवा प्रभावकारी भए आम नागरिकका लागि सहज हुने भन्दै यस प्रकृयामा मेहनेत लगाउन ग्लोवल आइएमइ बैंक ताप्लेजुङ शाखाको ध्यानाकर्षण गरे। शाखाका कर्मचारी हिमालय भट्टराई सेवा प्रभावकारी र जनसापेक्ष बनाउन आफूहरुले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन्।  

ग्लोवल आइएमइ नेपालका ‘क’ वर्गका बाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी ग्राहक र चुक्तापूँजी भएको बैंकको रुपमा परिचित रहेको छ। यसको चुक्तापूँजी करिब १८ अर्ब ९७ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ। २० लाख भन्दा बढी यसका ग्राहक छन्। २६४ वटा शाखा र ४७ वटा एक्टेन्सन एण्ड रेभिन्यू काउन्टर रहेको बैंकले जनाएको छ। ग्लोवल आइएमइ चालू आर्थिक बर्षको पहिलो चौमासिकमै सबैभन्दा बढी मुनाफा आर्जन गर्ने बाणिज्य बैंकको रुपमा दर्च भएको छ। यसअघि ग्लोवल आइएमइले पाँचथरकै हिलिहाङ गाउँपालिका वडा नं २ सिहाँपुरमा समेत शाखा रहित बैंकिङ सेवा सुरु गरिसकेको छ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
५ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
यो पनि पढौँ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस