उत्पादित विद्युतका असर र प्रभावबारे मध्य तमोरले लियो राय
१८ मंसिर २०७७
•
३ मिनेट पाठ
उत्पादित विद्युतका असर र प्रभावबारे मध्य तमोरले लियो राय
सरोकारवालाको राय लिन ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा आयोजित कार्यक्रम । तस्बिर: खगेन्द्र/नागरिक
विद्युत उर्जालाई राष्ट्रिय प्रणालीमा समाहित गर्न बनाइने २२० केभी डबल सर्किट प्रसारण लाइनका बारेमा निर्माणाधीन मध्य तमोर जलविद्युत आयोजनाले बिहीबार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा सरोकारवालाको राय लिएको छ।  




कोरोनाका कारण एकैठाउँ धेरै मानिस भेला हुन नहुने भएकोले आयोजनाले आयोजना प्रभावित क्षेत्रका दुई स्थान तथा फुङ्लिङ नगरपालिका गरी तीन स्थानमार्फत सरोकारवालाको सार्वजनिक राय तथा मत संकलन गरेको हो। सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडद्वारा प्रवद्र्धित मध्य तमोर जलविद्युत आयोजनाले उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा समाहित गर्दा प्रभावित क्षेत्रमा पर्ने समस्या, सम्भावना र चुनौती बारे प्रभावित क्षेत्रका समुदाय र सरोकारवालाको राय लिएको जनाएको छ। आफूहरुद्वारा उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा समाहित गर्दा त्यसबाट पर्ने भौतिक, रासायकिन, जैविक, सामाजिक, आर्थिक र साँस्कृतिक कित्ताहरुमा पर्ने सकारात्मक र नकारात्मक प्रभावहरुको पहिचान, अनुमान तथा परीक्षण गर्न सरोकारवालाको राय लिइएको बोर्ड सदस्य डाक्टर सुर्वण श्रेष्ठले जानकारी दिए।  

उनका अनुसार सरोकारवाला र प्रभावित क्षेत्रका बासिन्दाको रायले यो कार्यबाट समग्र वातावरणमा कुन किसिमको प्रभाव पर्न जान्छ भन्ने अध्ययन नतिजा आउने र त्यसलाई न्यूनीकरण र क्षतिपूर्ति समेत भरण गर्न सकिने स्तरको बन्छ। आयोजना सञ्चालनका कारण वातावरणमा पर्ने नकारात्मक प्रभाव हटाउन र सकारात्मक प्रभावलाई अभिबृद्ध गर्न योजना बन्ने भएकोले स्थलगत रुपमै सरोकारवालाको राय लिइएको श्रेष्ठले बताए। 

आयोजना प्रवन्धक डाक्टर मणिराज पोखरेलका अनुसार निर्माणाधीन मध्य तमोर जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत आयोजनाको स्वीचयार्ड रहेको स्थान मिक्वाखोला गाउँपालिकाबाट सुरु भइ फुङ्लिङ नगरपालिका–मेरिङ्देन गाउँपालिका–आठराइ त्रिबेणी गाउँपालिका हुँदै मैवाखोला गाउँपालिकाको निर्माणाधीन २२० केभी क्षमताको ढुङ्गेसाँघुस्थित सवस्टेशनसम्म पुर्‍याइने छ।  

यो प्रसारण लाइनको लम्बाइ करिव ९ किलोमिटर र २४ वटा टावर रहने भएका छन्। आयोजनाले प्रतिवर्ष ३ सय ५८ मेगावाट घण्टा जिद्युतीय उर्जा राष्ट्रिय प्रणालीमा समाहित गर्ने गरी प्रकृया बढाएको छ। एक टावरदेखि अर्को टावर बीचको औषत दूरी ३ सय ५० मिटर र राइट अफ वे ३० मिटर हुने समेत डाक्टर पोखरेलले जानकारी दिए। थुम्बा, खैरेनी, खुर्पादिन, नाङ्गे, हान्द्रुङ, दोभान, तिरितिरे र ढुङ्गेसाँघु गरी आयोजनाबाट नजिकका ८ वटा गाउँहरु रहने छन्। यो आयोजनाको कूल लागत २० करोड रुपैयाँ रहने भएको छ।  

आयोजनाको स्थायी संरचना बनाउन ०.०९ हेक्टर र अस्थायी संरचना बनाउन ३.२८ हेक्टर सरकारी वन क्षेत्र आवश्यक पर्ने अवस्था देखिएको छ। यस्तै स्थायी संरचना बनाउन ०.७५ हेक्टर र अस्थायी संरचना बनाउन १९.२ हेक्टर व्यक्तिगत जमिन आवश्यक पर्ने अध्ययन प्रतिबेदनले देखाएको छ। यो आयोजनाको वातावरणीय अवस्था हो। यस्तै आयोजनाको टावर फउण्डेसन र सवस्टेशनको इन्टरकनेक्सन वे लगायतका स्थायी प्रकृतिका संरचना निर्माण गरी सञ्चालन गर्न करिव ०.८४ हेक्टर र राइट अफ वे लगायतका कार्यमा १९.९८ हेक्टर जग्गा आवश्यक पर्ने भएको छ।  

स्थायी तथा अस्थायी रुपमा चाहिने आवश्यक जग्गा मध्ये वन क्षेत्र समेतको सरकारी जग्गा ३.३७ हेक्टर र निजी स्वामित्वको १८.९५ हेक्टर जग्गा आवश्यक पर्ने आयोजनाले जनाएको छ। आयोजनाले १ सय ७० घरधुरीका १ हजार १ सय १३ जनालाई प्रत्यक्ष असर गर्ने देखिएको छ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
५ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock २० मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
यो पनि पढौँ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस