शहरी विकास मन्त्रालयले आर्थीक वर्ष २०८२-८३ का लागि सन्तुलित बजेट ल्याएको छ । बजेट भौगोलिक तथा जनसांख्यिक अनुपातका आधारमा सन्तुलित रहेको मन्त्रालय बताउँछ ।
शहरी विकास मन्त्रालयले आ.ब. २०८२-८३ को वार्षिक कार्यक्रम तयार गर्दा भौगोलिक तथा जनसांख्यिक आधारमा प्रादेशिक सन्तुलन समेत कायम गरिएको छ । त्यस्तै, अघिल्ला वर्षहरुमा शहरी विकास मन्त्रालयबाट त्यस ठाउँमा के कति लगानी भएको वा नभएको भन्ने आधारमा बजेट विनियोजन गरिएको छ ।
कुन प्रदेशमा कति बजेट ?
कोशी प्रदेशमा नेपालको कुल जनसंख्याको १७.०३ प्रतिशत जनसंख्याको बसोबास रहेको छ । शहरी विकास मन्त्रालयले कोशीमा १६.९ प्रतिशत बजेट विनियोजन गरेको छ ।यस्तै करिब २० प्रतिशत जनसंख्या रहेको मधेश प्रदेशमा करिव १२ प्रतिशत बजेट, २१ प्रतिशत जनसंख्या रहेको बागमती प्रदेशमा करिव २६ प्रतिशत बजेट, ८।४९ प्रतिशत जनसंख्या रहेको गण्डकी प्रदेशमा ११.२३ प्रतिशत बजेट, १७.५५ प्रतिशत जनसंख्या रहेको लुम्बिनि प्रदेशमा १६.३८ प्रतिशत बजेट, ५।८ प्रतिशत जनसंख्या रहेको कर्णाली प्रदेशमा ८.३ प्रतिशत बजेट र ९ प्रतिशत जनसंख्या रहेको सुदुरपश्चिम प्रदेशमा ९ प्रतिशत हाराहारी बजेट विनियोजन भएको छ ।
काठमाडौँ उपत्यकाको सन्दर्भमा कुरा गर्दा नेपालको कुल जनसंख्याको १०.२६ प्रतिशत मानिसहरु यस उपत्यकाका स्थायी बासिन्दा भएतापनि थप ९ प्रतिशत जति भाडामा बस्ने जनसंख्या जोड्दा करिब १९ प्रतिशत मानिसहरु यहाँ बसोबास गर्दछन् यति ठूलो जनसंख्या बसोबास गर्ने काठमाडौँ उपत्यकालाई बस्न योग्य बनाउने उद्धेश्यले यहाँका प्रदुषित नदिनालालाई पुनर्जिवन दिन, करिडोरका सडकहरु सुधार गरी मुख्य सडकहरुमा निजी सवारी साधनको चाप कम गर्न, हरित पार्कहरु विस्तार गर्न, पानी पर्दा ताल जस्तो बन्ने सडक तथा ढल सुधार गर्न करिब १६ प्रतिशत बजेट विनियोजन भएको छ ।
साथै शहरी विकास मन्त्रालय अन्तर्गतका महत्वपूर्ण निकायहरु जस्तै अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिस काठमाडौँ उपत्यका विकास प्राधिकरणस संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय, विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयबाट संचालन हुने कार्यक्रमहरु काठमाडौँ उपत्यका केन्द्रित रहेकोले पनि काठमाडौँ उपत्यकामा अन्य क्षेत्रभन्दा केही बजेट बढी देखिन गएको मन्त्रालय बताउँछ ।
काठमाडौ उपत्यका बाहेक बागमति प्रदेशका अन्य जिल्लाको जनसंख्या १०।२ प्रतिशत रहेकोमा १०।५ प्रतिशत बजेट बिनियोजन भएको छ । ‘शहरी विकास मन्त्रालयको बजेट भौगोलिक तथा जनसांख्यिक आधारमा प्रादेशिक सन्तुलन कायम हुने गरी विनियोजन गरिएको कुरा पुष्टि हुन्छ,’ मन्त्रालयका एक सहसचिवले भने ।
शहरी विकास मन्त्रालयको बजेट बजेट १ खर्ब १८ अर्ब ३४ करोड ४४ लाख रहेको छ ।
सहरी विकास मन्त्रालयले गत आर्थिक वर्ष २०८१/८२ मा बजेटमा उल्लेखित कार्यक्रम कार्यान्वयनमा वित्तीयतर्फ ५८ दशमलव छ प्रतिशत प्रगति हासिल गरेको छ ।
मन्त्रालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद मैनालीले मन्त्रालयले एक वर्षको अवधिमा सहरी विकास मन्त्रालयबाट नीतिगत, कानुनी, संस्थागत सुधार तथा पूर्वाधार क्षेत्रमा भएका प्रमुख कार्यहरूबारे जानकारी गराएका हुन् ।
प्रवक्ता मैनालीका अनुसार सो आवमा मन्त्रालयलाई रु ६८ अर्ब १४ करोड ३६लाख ६८ हजार १२३ बजेट विनियोजित भएकोमा वित्तीय प्रगति रु ३९ अर्ब ५६ करोड, ५२ लाख ७० हजार खर्च भएको छ ।
सो अवधिमा ९७, स्वास्थ्य भवन, पाँच सभाहल, २१ सरकारी कार्यालय, ५५ स्थानीय तहको प्रशासकीय भवन, ९७ विद्यालय भवन, ३२ पार्क, १३ बसपार्क, ५७ सार्वजनिक भवन, दुई दशमलव नौ किमी तटबन्ध, २२ वटा स्थानीय सडक पुल, २९६ किमी नाला, २७८ वटा झोलुङ्गे पुलको निर्माण सम्पन्न भएका छन् ।
प्रवक्ता मैनालीका अनुसार पहुँच सुधारका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण रहेको नेपालको सबैभन्दा लामो त्रिवेणी सुस्ता बहुत्तरी झोलुङ्गे पुल सञ्चालनमा आएको छ । त्यसैगरी २७८ किमि ग्रामीण सडक कालोपत्रे सडक ढलान र ६१८ किमि सहरी सडक कालोपत्रे तथा थप नौ वटा गापारनपा केन्द्रमा सडक पुर्याइएको छ ।
एक वर्षमा अन्तर्राष्ट्रियस्तरको त्रिवि क्रिकेट स्टेडियमअन्तर्गत प्यारापिट र फ्लडलाइट निर्माण कार्य अन्तिम चरणमा पुगेको तथा चार हजार ७४७ हेक्टरमा सिँचाइ सुविधा विस्तार भएको जानकारी दिइएको छ । हालसम्म ११ हजार वटा सुरक्षित नागरिक आवास निर्माण भइसकेको पनि बताइएको छ ।
शवदाह निर्माणअन्तर्गत यस आवमा एक वटा शवदाहको निर्माण कार्य सम्पन्न भएको छ भने थप तीन वटाको निर्माण भइरहेको तथा धरहरा परिसरमा निर्मित धरहरा, बेसमेन्ट पार्किङ, बगैँचा सर्वसाधारणको लागि खुला गरिएको मन्त्रालयले जनाएको छ ।
जाजरकोट र रूकुम पूर्वको भुकम्पबाट क्षतिग्रस्त सरकारी भवन तथा स्वास्थ्य संस्थाका भवन पुनर्निर्माण कार्यअन्तर्गत २३ वटा भवनको ठेक्का प्रक्रिया प्रारम्भ भएकोमा १७ वटा भवनको ठेक्का सम्झौता समेत सम्पन्न भई निर्माण कार्य भइरहेको पनि मन्त्रालयले जनाएको छ ।
त्यसैगरी चितवन सौराहा सभाहल सञ्चालन भएको तथा दमक व्यापारिक कम्प्लेक्स सर्वसाधारणका लागि खुला गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...