कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि ल्याएको बजेट प्रदेश सभाबाट पारित भएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो ।
कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाले पारित गरियोस् भनी प्रस्ताव गरेको आर्थिक वर्ष २०८२-०८३ को सेवा र कार्यका लागि कोशी प्रदेश सञ्चीत कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा बनेको विधेयक २०८२ प्रदेशसभाले बहुमतले पारित गरेको छ ।
यस्तै कोशी प्रदेशको अर्थसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ भने सर्वसम्मतले पारित गरेको छ । बजेट पारित भएसँगै सरकारलाई साउन १ गतेदेखि बजेट कार्यान्वयनको बाटो खुलेको छ ।
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट प्रदेशसभामा असार १ गते प्रस्तुत गरेको थियो ।