सरकारले वृद्ध भत्ता दिने उमेर बढाएको छ । अब ७० वर्षमा मात्र सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् ।
दलहरूले सस्तो लोकप्रियताका लागि प्रतिस्पर्धात्मक रूपमा सामाजिक सुरक्षा भत्ता बढाएर राज्यले धान्न नसक्ने अवस्था आएपछि सरकारले उमेर बढाएको हो । अहिलेसम्म वृद्ध भत्ता पाउने उमेर ६८ वर्ष थियो । अर्थमन्त्री विष्णु पौडेले आगामी आवको बजेटबाट बढाएर ७० वर्ष पु¥याएका हुन् ।
आर्थिक क्षेत्र सुधारका लागि सुझाव दिन बनाइएको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले ज्येष्ठ नागरिकलाई ७० वर्षमा मात्रै सामाजिक सुरक्षा भत्ता दिन सरकारलाई सुझाएको थियो ।
विगतमा ७० वर्षको उमेरमा सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था रहेकोमा २०७९ सालको निर्वाचनअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले ६८ वर्षमै जेष्ठ नागरिकलाई भत्ता दिन सुरु गरेको थियो ।