सुदूरपश्चिममा चिकित्सा शिक्षा विश्वाविद्यालय स्थापना हुँदै
०१ कार्तिक २०८०
•
५ मिनेट पाठ
सुदूरपश्चिममा चिकित्सा शिक्षा विश्वाविद्यालय स्थापना हुँदै
सरकारले सुदूरपश्चिममा चिकित्सा शिक्षासम्बन्धी विश्वविद्यालय सञ्चालन गर्नका लागि तयारी थालेको छ। कानुन अभावमा भौतिक संरचना तयार भए पनि विश्वविद्यालय स्थापना हुन सकेको थिएन।




सरकारले संसदमा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक ल्याएसँगै अब सुदूरपश्चिममा चिकित्सा शिक्षा विश्वविद्यालय स्थापना हुने भएको हो। अहिले त्रिभुवन विश्वविद्यालय र काठमाडांै विश्वविद्यालय सम्बद्ध २४ मेडिकल कलेज हाल सञ्चालनमा छन्।

संसद्को चालु अधिवेशनले विधेयक पारित नगरे पनि हिउँदे अधिवेशनमा यो विधेयक पारित गर्ने सरकारको तयारी छ। सुदूरपश्चिमको गोदावरी नगरपालिका–५, गेटामा केन्द्रीय कार्यालय रहने विश्वविद्यालय निर्माणका लागि सरकारले गत माघमा निर्णय गरेको थियो।

गत माघ २९ गते कैलालीमा निर्माण भइरहेको गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको थियो। मन्त्रिपरिषद्ले उक्त कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो।

सरकारले २०५६ सालमा सो ठाउँमा ७७ बिघा जमिन छुट्याएको थियो। २०६५ सालमा सम्भाव्यता अध्ययन गरी २०७१ सालमा शिलान्यास भएको थियो।
तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले आर्थिक वर्ष २०७२/७३ मा पूर्वाधार निर्माणका लागि बजेट छुट्याएका थिए। त्यसपछि २०७४ सालबाट पूर्वाधार निर्माण सुरु भएको हो। ६ सय शड्ढयाको अस्पताल र मेडिकल कलेजका लागि २८ वटा आधुनिक भवन निर्माण भइरहेको छ।

यो विश्वविद्यालयले पिछडिएको सुदूरपश्चिमको विकासमा पनि निकै ठूलो टेवा पुग्ने विश्वास गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार सोही संरचनामा शिक्षण अस्पताल सहितका प्राज्ञिक तथा स्वास्थ्य सेवातर्फका कार्यक्रम सञ्चालन हुनेछन्।

संसद्मा आएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक हप्ता दिनभित्रै राष्ट्रियसभाको विधायन समितिमा पुगेको छ। विधेयक संसद्बाट पारित भएमा चिकित्सा शिक्षासम्बन्धी एक मात्र विश्वविद्यालय हुनेछ।

विश्वविद्यालयलाई कसरी गुणस्तरीय र प्रभावकारी बनाउने विषयमा सांसदहरूले संशोधन राखेका छन्। राष्ट्रियसभामा सैद्धान्तिक छलफलका क्रममा सदस्यहरू देवेन्द्र दाहाल, पार्वती रावल थापा लगायतले चिकित्सा विज्ञानसम्बन्धी शिक्षण संस्थालाई एउटै छातामुनि ल्याउनुपर्ने बताएका थिए।

यो विधेयक पारित भएमा चिकित्सा शिक्षासँग सम्बन्धित शिक्षण संस्था र प्रतिष्ठानलाई एउटै छातामुनि ल्याउन सरकार सकारात्मक भएको शिक्षामन्त्री राईले बताएका छन्।

सैद्धान्तिक छलफलमा उठेका विषयमा जवाफ दिँदै उनले पठनपाठन भइरहेको मेडिकल कलेजलाई एकीकरण गर्न सकिन्छ वा एउटै छातामुनि ल्याउन सकिन्छ कि भन्नेतर्फ संसद्ले छलफल गरेर निर्णय गर्न सक्ने र त्यसलाई सरकारले सहयोग गर्ने बताए।

उनले उपकुलपतिलगायतका पदाधिकारी खुला प्रस्पर्धाबाट आउने व्यवस्थाले पठनपाठनलाई प्रभावकारी बताउने बताए। विधेयक छलफलका क्रममा आउने सुझाव तथा संशोधनले चिकित्सा शिक्षामा एसियाकै उत्कृष्ट विश्वविद्यालयका रूपमा स्थापित गराउन मद्दत पुग्ने आफूले विश्वास लिएको उनले बताएका थिए।

यस विश्वविद्यालयको उपकुलपति तथा अन्य पदाधिकारी खुला प्रतिस्पर्धाबाट गर्ने व्यवस्था विधेयकमा गरिएको नयाँ व्यवस्था हो। संचालनमा रहेका अन्य विश्वविद्यालयमा भने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको प्रत्यक्ष संलग्नतामा उपकुलपतिको नियुक्ति हुँदै आएका थिए।

उपकुलपतिको नियुक्तिबारे भनिएको छ, विश्वविद्यालय सभाको सदस्यको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति रहने छ।
उक्त समितिले खुला प्रतिस्पर्धाका लागि आह्वान गर्ने र परेको आवेदनमध्येबाट बढीमा सात र कम्तीमा तीन जना उम्मेदवारको संक्षिप्त सूची तयार गरी त्यस्ता उम्मेदवारको अन्तर्वार्ता लिने व्यवस्था गरिएको छ। समितिले सबैभन्दा योग्य दुईजनाको नाम सभामा सिफारिस गर्ने र सिफारिस भएकामध्येबाट एकजनालाई सभाले तीस दिनभित्र उपकुलपति नियुक्त गर्ने व्यवस्था विधेयकमा छ। उपकुलपतिमा स्वदेशी वा विदेशीमध्ये यो व्यत्ति उमेदवारको दाबेदार हुन पाउने व्यवस्था गरिएको छ।

सरकारले स्वास्थ्य विज्ञानका क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न विशिष्टीकृत विश्वविद्यालयका रूपमा स्थापना गर्ने र मेडिकल साइन्स पढ्न विदेशीलाई पनि आकर्षित गर्ने साेंच बनाएको छ।

अंग्रेजीमा ‘मार्टियर दशरथ चन्द युनिभर्सिटी अफ हेल्थ साइन्स भनिने यस विश्वविद्याललाई सरकारले स्वास्थ्य विज्ञान विश्वविद्यालय स्वशासित संस्थाका रूपमा विकास गर्न खोजेको छ। सभा, प्राज्ञिक परिषद्, कार्यकारी परिषद्, अनुसन्धान केन्द्र, स्कुल, शिक्षण संस्था र शिक्षण अस्पताल विश्वविद्यालयमा रहनेछन्। विश्वविद्यालयमा कुलपति, सहकुलपति, उपकुलपति, रजिष्ट्रार, डिन, प्रिन्सिपल, अस्पताल निर्देशक पदाधिकारीका रूपमा रहने छन्।

विश्वविद्यालयको सर्वोच्च निकायको रूपमा रहेको सभा १९ सदस्सीय हुने उल्लेख छ। जसमा कुलपति अध्यक्ष, सहकुलपति, सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, स्वास्थ्य विज्ञानसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने अन्य विश्वविद्यालयका उपकुलपतिमध्येबाट एकजना, शिक्षा सचिव, स्वास्थ्य सचिव, विश्वविद्यालयको केन्द्रीय कार्यलय रहेको स्थानीय तह प्रमुख, स्वास्थ्य विज्ञानको क्षेत्रमा विशेषज्ञता हासिल गरेका तीन जनालगायतका १९ जना हुनेछन्।

विश्वविद्यालय स्थापनाका लागि आवश्यक भौतिक पूर्वाधार विकासको अधिकांश कार्य सम्पन्न भइसकेको छ तर कानुन अभावमा उक्त विश्वविद्यालयको प्राज्ञिक कामकाज सुरु हुन सकेको छैन। विधेयक पारित हुनासाथ विश्वाविद्यालयले काम तुरुन्त सञ्चालन गर्ने योजना छ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
६ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
यो पनि पढौँ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस