वर्षायामले रोकिएको हट एयर बेलुनको उडान पुनः सुरु
२९ भदौ २०८०
•
१ मिनेट पाठ
वर्षायामले रोकिएको हट एयर बेलुनको उडान पुनः सुरु
वर्षायामका कारण झन्डै साढे तीनमहिना रोकिएको हट एयर बेलुनको उडान पुनः सुरु भएको छ। पोखराको पर्यटन क्षेत्रको आकर्षक प्रडक्ट मानिएको बेलुनको उडान साहसिक पर्यटकले रुचाउने गर्छन।  




हट एयर बेलुन संचालक बेलुन नेपालका अध्यक्ष बिक्रम बाडेका अनुसार विहीबारबाट पोखरामा बेलुन उडान सुरु भएको छ। ‘साहसिक पर्यटकले रुचाएको प्रडक्ट हो। वर्षायामका कारण झन्डै साढे तीनमहिना रोकियो, अब फेरि सुरु भएको छ,’ बाडेले भने। 

बेलुन नेपालले अब पोखरामा दुइवटा बेलुनमार्फत पर्यटकलाई आकाशमा सयर गराउने उनले बताए। ‘८ र ६ जना पर्यटक अट्ने बेलुन हामीसँग छन, तिनै बेलुनमा राखेर पाहुनालाई पोखराको आकाशमा सयर गराउँछौं,’ उनले भने, ‘पाहुना बढ्नासाथ उडानमा समस्या हुँदैन।’ साहसिक पर्यटकको आगमन बढ्दै जाने र पर्यटकीय सिजन सुरु भएकोले पनि दुइवटा बेलुन प्रयोग गर्ने उनले बताए ।

हट एयर बेलुनमा उड्ने पर्यटकले पोखराको दृश्यावलोकन गर्छन। फेवातालको सिरानक्षेत्रको पामेमा सञ्चालित बेलुनमा एकपटकको उडानमा आन्तरिक पर्यटकले नौ हजार पाँचसय रुपैयाँ, सार्क मुलुकका पर्यटकका लागि एकसय अमेरिकी डलर र विदेशी पर्यटकका लागि १ सय ३० अमेरिकी डलर शुल्क लिने उनले बताए।  

करिब ६ हजार फिट माथिसम्म बेलुन सयर गर्दा माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमाल, पूर्ण आकारको फेवाताल, पुम्दीकोट महादेव मन्दिर, सराङकोट मान्द्रेढुंगाबाट उडेका प्याराग्लाइडिङ र पोखरा उपत्यकाको दृश्यावलोकन गर्न सकिने उनले बताए। कम्पनीले बेलुन उडानका लागि अमेरिकी र भियतनामी गरी दुईजना पाइलट पनि राखेको छ।  

बाडेका अनुसार बिहान र बेलुका गरी दुई पटक उडान गरिन्छ। बिहान पाँचदेखि ८ र बेलुकी ४ देखि ६ बजेसम्म उडान गरिने उनले बताए। ‘सनराईज र सनसेट’ देखाउने गरि अहिले उडानको तालिका बनाएको पनि उनले बताए।  
अर्को समाचार
बेलुन महोत्सवमा १५ मुलुकका पाइलट आउने
०६ पौष २०८१
•
३ मिनेट पाठ
बेलुन महोत्सवमा १५ मुलुकका पाइलट आउने
पोखरामा पहिलो पटक हुन थालेको अन्तर्राष्ट्रिय बेलुन महोत्सवमा दर्जन बढी मुलुकका पाइलट पनि सहभागि हुने भएका छन्। पोखराको साहसिक पर्यटनलाई प्रर्वद्धन गर्न आयोजित महोत्सवका लागि विदेशी पाइलट पोखरा आइसकेका छन् । नेपालमै पहिलोपटक पोखरामा बेलुन महोत्सव संचालन हुँदैछ।  




बेलुन साहसिक पर्यटकीय गतिविधि गराउने पर्यटकीय प्रडक्ट हो। बेलुन नेपालले सन् २०१८ देखि पोखरामा हट एयर बेलुनमार्फत पर्यटकलाई पोखराको आकासमा सयर गराउँदै आएको छ। योपटक भने पर्यटन प्रर्वद्धन गर्ने उद्देश्य सहित महोत्सव आयोजना गरिएको हो। पोखरा पर्यटन परिषद् (पिटिसी) र बेलुन नेपाल प्रालिको संयुक्त आयोजनामा हुन थालेको महोसव पुस ९ देखि १७ गतेसम्म आयोजना हुने आयोकले बताएको छ।  

बेलुन नेपालका अध्यक्ष बिक्रम बाडेले पोखरामा साहसिक खेलकुदको माध्यमबाट पर्यटन प्रर्वद्धन गर्न महोत्सव आयोजना गरिएको बताए। उनका अनुसार १५ देशका बेलुन उडान गर्ने पाइलट पोखरा आइसकेका छन्। नेपालका समेत गर्दा १७ वटा बेलुन पोखराको आकाशमा यो अवधिमा बिहान र बेलुकीको समयमा एकैपटक उडान भर्नेछन् । फेवातालको सिरान क्षेत्रको पामेको आकाशमा यो महोत्सव हुनेछ।

‘पोखराको आकाशमा एकैपटक १७ वटा बेलुन उडाएर बेलुनमय बनाउने प्रयास गर्दैछौ। पहिलो पटक पोखरामा हुन थालेकोले यो महोत्सव सबैका लागि नौलो बन्नेछ,’ शनिबार आयोजित पत्रकार भेटघाटमा उनले भने, ‘नेपाली नागरिकका लागि यो महोत्सव नितान्त नौलो पनि रहेको छ। यसले पोखरामा पर्यटन प्रर्वद्धन गर्न सघाउने अपेक्षा छ । बेलुनमा रमाउनका लागि आन्तरिक पाहुना पोखरा आउने अपेक्षा छ।’ हट एयर बेलुनमा एकपटकमा ८ जनासम्म पर्यटक उड्न सक्छन्।  

पामेको आकाशमा बेलुन उडान गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जमिनको सतहदेखि ५ हजारफिट उचाइसम्म मात्र उड्न पाउनेगरि सीमा तोकिदिएको छ। अरुबेला ब्यावसायिक उडानका बेला बेलुन नेपालले यो आकाशमा नौहजार फिटसम्म उड्न पाउँछन। तर, यो बेला एकैपटक धेरै संख्यामा उडान गर्ने भएकोले उचाई ५ हजार फिटमा सीमित गरिएको छ।  
प्राधिकरणका पोखरास्थित प्रबन्धक योगेन्द्र कुँवरले बेलुनको उडानका लागि नौ दिन अवधिका लागि पामेको आकाशमा नोटाम (नोटिस टु एयर म्यान) जारि गरिएको बताए। पामेको आकाश प्याराग्लाईडिङको अवतरण क्षेत्र पर्ने, हेलिकप्टर र पश्चिमतर्फबाट आउने जहाजको हवाई रुट पर्ने भएकोले पनि नोटाम जारि गरिएको उनले बताए। ‘हवाई रुटका हिसाबले पामेको आकाश संवेदनशील हो। तर, नोटाम जारी गरेकोले समस्या छैन,’ कुँवरले भने।

अध्यक्ष बाडेका अनुसार बेलुनमा सयर गर्दा नेपालीले प्रतिव्यक्ति ११ हजार शुल्क तिनुपर्छ। त्यस्तै सार्क मुलुक र चीनका पर्यटकले प्रतिव्यक्ति १ सय २० र अरु मुलुकका विदेशीले १ सय ५० अमेरिकी डलर शुल्क तिर्नुपर्छ। बेलुनको उचाईमा पुगेपछि उत्तरतर्फको हिमाली श्रृंखला, पोखरा सहर, फेवाताल सहितका फेवातालको सिरान क्षेत्रको पञ्चासे क्षेत्र समेत अवलोकन गर्न पाइने भएकोले यो उडान निकै नै आकर्षण पनि रहेको उनले बताए।  

उनका अनुसार महोत्सव अवधिमा बिहान ६ देखि ९ बजे र बेलुकी ४ देखि ६ बजेसम्म बेलुन उडान हुनेछ। चिसो मौसममा बेलुन उडान सहज हुने भएकोले बिहानी र बेलुकीको समय उपयुक्त हुने उनले सुनाए। क्रिसमस र अंग्रेजी नयाँ वर्षका अवसरमा पोखरामा हुने सडक महोत्सवमा पर्याप्त पाहुना आउने भएकोले पनि बेलुन उडानको प्रवद्र्धन हुने पनि उनले बताए।  

परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखराका पर्यटक भित्रिने नयाँ बहाना बेलुन महोत्सव भएको बताए। ‘पोखरा पर्यटनको राजधानी भएको र पहिलो पटक महोत्सव हुँदै गर्दा कतिपय पर्यटकका लागि नौलो प्रडक्ट पनि रहनेछ,’ उनले भने, ‘विश्वमा बेलुन उडान हुने देशमा नेपाल पनि थपिएको छ। अब त महोत्सवका लागि पनि नौलो गन्तव्य बनेको छ। नेपाल आएका विदेशी पाइलटले स्वदेश फर्केपछि पोखराको सौन्दर्यताबारे प्रचार गर्ने भएकोले त्यसको समग्र लाभ पर्यटनमा पर्छ।’

परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले बेलुन महोत्सवले पोखराको पहिचान अझ फराकिलो हुने बताए। पोखरालाई मात्र नभई समग्र नेपालको पर्यटन क्षेत्रलाई यो महोत्सले थप उचाइँमा पुर्याउने श्रेष्ठले बताए। ‘पोखराको आकाशमा सयर गर्ने अर्काे एउटा प्रडक्ट भित्रिएको छ। यसले आगामि दिनमा थप साहसिक पाहुना पोखरा भित्र्याउन सघाउनेछ,’ उनले भने।  
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस