मलेखु–मुग्लिन सडक विस्तार अघि बढ्यो
३२ जेष्ठ २०८०
•
३ मिनेट पाठ
मलेखु–मुग्लिन सडक विस्तार अघि बढ्यो
पृथ्वीराजमार्ग अन्तर्गत मलेखु–मुग्लिन (३८.८ किलोमिटर) सडक खण्डको स्तरोन्नतिको काम अगाडि बढेको छ। यो सडक खण्डको स्तरोन्नतिको जिम्मेवारी पाएको निर्माण कम्पनीले साइटमा खटिएर निर्माणको कामलाई अघि बढाएको छ। नागढुंगा–नौबिसे–मलेखु–मुग्लिन सडक विस्तार अन्तर्गतको यो खण्डको स्तरोन्नति गर्न शर्मा–जेडआईसी संयुक्त उपक्रम (जेभी) ले ठेक्का पाएको हो।




यो सडक खण्डको ठेक्का सम्झौता २२ नोभेम्बर २०२२ मा भएको थियो । निर्माण कम्पनी साइटमा परिचालन भने ३० डिसेम्बर २०२२ मा भएको थियो। नागढुंगा– मुग्लिन सडक योजना पश्चिम खण्डका प्रमुख किरण कार्कीले निर्माण कम्पनीले आवश्यक साइट निर्माण गरेर फिल्डमा खटिसकेको बताए।

‘निर्माण कम्पनीले ठेक्का सम्झौतापछि आवश्यक क्याम्प तथा अन्य संरचना तयार पारेर फिल्डमा परिचालन भइसकेको छ,’ उनले भने, ‘अहिलेसम्म सडक विस्तार आयोजनाको एक प्रतिशत भौतिक प्रगति भइसकेको छ।’ ठेक्का सम्झौता अनुसार यो सडक स्तरोन्नतिको काम ३० डिसेम्बर २०२५ भित्र निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ। यो सडक खण्ड ४ अर्ब ८० करोड लागतमा ठेक्का सम्झौता भएको हो। यो सडक खण्डमा आधा दर्जन पुल निर्माण गरिनेछन्।

योजना प्रमुख कार्कीले निर्माण कम्पनीले ३ वर्ष भित्रै मलेखु–मुग्लिनसम्मको सडक स्तरोन्नतिको काम सम्पन्न गर्नुपर्ने समयसीमा तोकिएको जानकारी दिए। ‘निर्माण कम्पनीले तीन वर्षभित्रै दुई लेनसहितको सडक चौडा गर्ने जिम्मेवारी पाएको छ,’ उनले भने ‘छनोट भएको कम्पनीले सो सडक खण्ड ५ वर्षसम्म नियमित मर्मतसम्भार पनि गर्नुपर्नेछ।’ यो सडक खण्ड बजारक्षेत्रमा ६ लेनका सडक स्तरोन्नति गरिनेछ।

त्यसैगरी अन्यन्तै साँघुरो भएको खण्डमा भने दुई लेनको विस्तार गरिनेछ।’ यो सडक खण्ड विस्तार गर्न साढे ६ अर्ब रूपैयाँ अनुमान गरिएकोमा ठेकेदार कम्पनीले ४ अर्ब ८० करोड लागतमा ठेक्का हात पारेको हो। संघीय सरकारले नागढुंगा–नौबिसे–मलेखु–मुग्लिन सडक खण्डलाई तीन खण्डमा विभाजन गरेर सडक स्तरोन्नतिको काम गर्दै आइरहेको छ।

निर्माण कम्पनीले हालसम्म मोविलाइनजेसन रकमसहित १५ प्रतिशत रकम बुझिसकेको छ। कुनै पनि निर्माण कम्पनीले अहिले १० प्रतिशत मोविलाइनजेसन बापत लिन पाउँछन्। चितवनतर्फ १७ किलोमिटर र धादिङतर्फ २२ किलोमिटर सडक स्तरोन्नति हुनेछ। सडक विस्तार र स्तरोन्नतिपछि न्युनतम नौ मिटर कालोपत्र हुनेछ। बजारक्षेत्रमा भने चारदेखि छ लेनको सडक निर्माण गरिनेछ। बजारक्षेत्रमा फुटपाथ, डिभाइडर र बत्तीको पोल लगायतका संरचना निर्माण गरिनेछन्। योजना कार्यालयका अनुसार यो खण्डमा गोमती, चरौंदी, खटौटी, हुग्दी, मौवा र बारबाङ खोलामा नयाँ पुल बन्नेछन्। खटौटीमा पुल निर्माण कार्य अघि बढी सकेको छ।

यो खण्डमा १० ठाउँमा आकाशे पुल निर्माण गरिनेछन। मलेखु, शीतलबजार, बेनीघाट, विशालटार, मझिमटार, फिस्लिङ, कुरिनटार, लेवाटार, रमाइलोडाँडा र मुग्लिनमा आकाशे पुल निर्माण गरिने बताइएको छ। योजना अन्तर्गतका साइटमा अहिले क्लियरेन्सका काम अघि बढाइएको छ। यो खण्डमा करिब तीन सय ५० रुख काटिने छन्।

‘अहिले सडकको दायाँबायाँ रिटेनिङ वाल तथा डे«नेज लगायतका संरचना निर्माणको काम भइरहेको छ,’ उनले भने, ‘अहिले पहाड काट्नेभन्दा पनि नदी किनारमा पर्खाल उठाउने कुरालाई प्राथमिकता दिएका छौं।’ नौबिसे–मुग्लिन खण्डमा ९६ किलोमिटर सडक पर्छ तर पहिलो खण्ड नागढुंगा–नौबिसे १२.२६ किलोमिटर र दोस्रो खण्ड नौबिसे–मलेखु ४३.५४२ किलोमिटरको स्तरोन्नतिको काम अगाडि बढाइएको हो। मलेखु–मुग्लिनमा भने ३८.८ किलोमिटर पर्दछ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
५ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
यो पनि पढौँ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस