काठमाडौं–नेपाल विद्युत प्राधिकरणले विदेशी लगानीमा बन्ने जलविद्युत आयोजनापिच्छे वार्ताकाआधारमा अमेरिकी डलरमा विद्युत खरिद सम्झौता (पिपिए) गर्दै आएकोमा अब यस्तो समस्या हट्ने भएको छ ।संसदको सार्वजनिक लेखा समितिले नयाँ मापदण्ड तयार गरेकाले डलर पिपिए गर्ने बाटो खुलेको हो ।
समितिले सदस्य तथा सांसद विकास लम्सालको संयोजकत्वमा ६ सदस्यीय उपसमिति गठन गरेर जलविद्युत नीति र विद्युत खरिद सम्झौता सम्बन्धी अध्ययन गरेको थियो । उपसमितिलेतयार गरेको प्रतिवेदनमा अर्थतन्त्रले धान्न सक्ने गरी वैदेशिक लगानीका आयोजनामा पिपिए गर्न सकिने उल्लेख छ ।
२५ मेगावाटसम्मका आयोजना निर्माण गर्न स्वदेशी लगानीकर्तालाई प्रोत्साहन गर्ने नीति अवलम्बन गर्नुपर्ने र त्योभन्दा बढी क्षमताका आयोजनाको हकमा विदेशी मुद्रा अर्थात डलरमा पिपिए गर्न सकिने निष्कर्ष निकालेको छ । ठूला आयोजनाको पिपिए गर्ने ‘वर्किङ गाइडलाइन’ बनाउन ऊर्जा मन्त्रालय, नेपाल राष्ट्र बैंक, प्राधिकरण, विद्युत विकास विभागलगायत निकाय सम्मिलित समिति ३ महिनाभित्र गठन गर्नुपर्ने पनि उपसमितिको निष्कर्ष छ ।
प्रतिवेदन संसदबाट पारित भएपछि यसैलाई डलर पिपिएको आधार बन्ने संयोजक लम्सालले बताए । ‘विगतमा खिम्ती र भोटेकोसीमा हचुवामा पिपिए भएको देखियो, जसका कारण राज्यले अर्बौं रुपैयाँ नोक्सानी बेहोर्नुप¥यो,’ उनले मंगलबार नागरिकसँग भने, ‘अब यही प्रतिवेदन कानुनमा परिमार्जन गरी काम गर्न उचित देखिन्छ ।’समितिका सभापति जनार्दन शर्माले भने उपसमितिले तयार गरेको प्रतिवेदनमाथि थप छलफल गरेर संसदमा पेश गरिने जानकारी दिए ।
विदेशी लगानीका आयोजनामा परिवत्र्य मुद्रामा पिपिए गर्नुअघि विनिमय दरमा हुने परिवर्तनले विदेशी मुद्रातर्फको दीर्घकालनि दायित्व बढ्नेतर्फ ध्यान दिनुपर्ने उल्लेख छ । २०६८ सम्म डलरमा भुक्तानी गर्ने सम्झौता गरिएका आयोजनाको विद्युत खरिद मूल्य २०७२ फागुनसम्म ३३.७ प्रतिशतले बढेकाले यो पक्ष ध्यानमा राखेर भविष्यमा काम गर्नुपर्ने पनि प्रतिवेदनमा छ ।
सरकारले २०७२ फागुन ७ मा ‘ऊर्जा संकट निवारण तथा विद्युत विकास दशक’ घोषणा गरी विदेशी लगानीका आयोजनाको हकमा १० वर्ष वा लगानी फिर्ता नहुँदासम्म डलरमा पिपिए गर्ने निर्णय गरेको छ । पिपिए गर्दा यो मापदण्डलाई समेत आधार मान्नुपर्ने उपसमितिको निष्कर्ष छ । प्राधिकरणले स्वदेशी निजी क्षेत्रले निर्माण गर्ने २५ मेगावाटसम्मका आयोजनाको पिपिए गर्दा पोस्टेट दर (बर्खामा ४.८० र हिउँदमा ८.४० प्रतियुनिट) मा गर्ने निर्णय गरिसकेको छ ।
विदेशी लगानीका आयोजनामा अहिलेसम्म डलरमा पिपिए गर्ने वा नगर्ने भन्ने विवाद चल्दै आएको छ । यही कारण आधा दर्जन आयोजना निर्माणमा जान सकेका छैनन् । कार्ययोजनाले मापदण्ड तय गरेपछि विदेशी लगानीकर्तानेपालमा आउन सक्ने लम्सालको तर्क छ । ठूला जलाशय आयोजना निर्माण गर्न विदेशी लगानीसमेत आवश्यक पर्ने हुँदा ऊर्जा संकट निवारणमा पनि यसलाई प्राथमिकता दिइएको छ ।
नेपाली मुद्रा कमजोर हुँदा वा डलरमा भुक्तानी दिँदा हुने जोखिम नेपाल विद्युत प्राधिकरण र लगानीकर्ता वा आयोजना प्रवद्र्धकले समानरुपले बेहोर्नुपर्ने ऊर्जा संकट निवारण कार्ययोजनामा समेटिएको छ । उपसमितिको प्रतिवेदनमा २५ मेगावाटमाथिका विदेशी लगानीका आयोजनामा प्रतियुनिट कतिमा पिपिए गर्ने र वार्षिक वृद्धिदर कति राख्ने भन्ने उल्लेख छैन ।
प्राधिकरणले २५ मेगावाटसम्मका स्वदेशी लगानीका आयोजनामा पोस्टेट दर दिएर ५ पटकसम्म वार्षिक ३ प्रतिशत वृद्धिदर तोकेको छ । यस्तै, २५ देखि १ सय मेगावाटसम्म सोही दर र प्रतिशतमा ८ पटकसम्म वृद्धिदर तोकेको छ । डलरमा पिपिए गर्दा समितिले यी सबै पक्ष स्पष्ट पार्नुपर्नेमा प्राधिकरण र मन्त्रालयलाई पन्छाएको छ ।
प्राधिकरणले २०५२ माघमा ६० मेगावाटको खिम्तीसँग प्रतियुनिट ५.९५ सेन्टमा पिपिए गरेको थियो । त्यसयता ६ आयोजनासँग डलरमा विद्युत किन्ने सम्झौता भएको छ । ती हरेकसँग सम्झौता गर्दा आयोजनापिच्छे वार्ताका आधारमा दर तोकिएको थियो ।यसरी पिपिए हुँदा ऊर्जा मन्त्री, प्राधिकरणका कार्यकारी निर्देशक तथा उच्च अधिकारीको मिलेमतोमा हुँदै आएको छ । यस्तो मिलेमतोलाई निरुत्साहित गर्नकै लागि मापदण्ड तय गरिएको समितिको ठहर छ ।
मन्त्रालयले लामो समयदेखि यससम्बन्धी मापदण्ड तथा कानुन बनाउने भने पनि अहिलेसम्म पूरा गरेको छैन । पटक–पटक फेरिने मन्त्री, सचिव र अन्य अधिकारीका कारण पनि मन्त्रालयले डलर पिपिएको स्पष्ट आधार तयार गर्न सकेको छैन । उपसमितिले तय गरेको प्रतिवेदनलाई नै मन्त्रालयले ‘फलो’ गर्नुपर्ने सांसद लम्लासको भनाइ छ ।
प्राधिकरणले खिम्तीको पिपिए गर्दा ९७ प्रतिशत डलर ३ प्रतिशतमात्र नेपाली रुपैयाँमा भुक्तानी गर्ने व्यवस्था गरेको थियो । तर, भोटेकोसीमा भने शतप्रतिशत नै डलरमा भुक्तानी गर्ने गरी सम्झौता भएको थियो । यस्तै, माथिल्लो मस्र्याङ्दीमा खिम्तीकै दर र आधार अपनाइएको छ । यस्तै, काबेलीमा ६० प्रतिशत डलर र ४० प्रतिशत नेपाली रुपैयाँ छ भने तल्लो सोलुमा केही सुधार गरेर ५५ प्रतिशत डलर र ४५ प्रतिशत नेपाली रुपैयाँमा भुक्तानी दिने सम्झौता छ ।
प्राधिकरणले लिखु–४ र बेलफीसँग भने फल ब्याक पिपिए गरेको थियो । ढल्केबर–मुजफ्फरपुर ४ सय केभी अन्तरदेशीय प्रसारण लाइन वा माथिल्लो तामाकोसी जलविद्युत आयोजना जुन अघि सम्पन्न हुन्छ सोही मितिसम्ममात्र पिपिए गरिएको थियो । यी दुवै आयोजनाको पिपिए म्याद सकिए पनि प्राधिकरणलेगत साता यसलाई दीर्घकालीन बनाउने निर्णय गरेको छ ।